×

NMB BANK
NIC ASIA

राजनीति

गठबन्धनबाट धोका भएको नेकपा एसको निष्कर्ष, सूचना संकलनका लागि सातै प्रदेशमा शीर्ष नेता खटाइयो

जेठ २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनमा गठबन्धनबाट अपेक्षाकृत सहयोग नभएको निष्कर्ष निकालेको छ । नेकपा एसले चुनावको समीक्षा गर्नका लागि सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ । 

Muktinath Bank

काठमाडौंमा शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढंगले समिक्षा गर्न सही सूचनाको आवश्यकता रहेको निष्कर्ष निकाल्दै त्यसको संकलनका लागि सबै प्रदेशमा १÷१ जना सचिवालयका सदस्यहरुलाई खटाउने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५ दिन भित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । 
बैठकमा गठबन्धन भित्र पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भिर ढंगले छलफल गरिएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘स्थानीय तह निर्वाचनको समग्र समिक्षा, गठबन्धन भित्र पनि हाम्रो पार्टी र अन्य पार्टीहरुको भूमिका र आगामी दिनमा कस्तो कार्ययोजनाका साथ अघि बढने भन्ने विषयमा घनिभूत छलफल भएको छ’ तुलाधरले भने, ‘सबै सूचनाहरु प्राप्त नभएकाले सात वटै प्रदेशमा सचिवालयका सदस्यहरुलाई पाँच दिन भित्र त्यसको गम्भिर समिक्षा हुने गरी आवश्यक सूचना संकलन गर्न खटाउने निर्णय गरिएको छ ।’

Vianet communication
Laxmi Bank

बैठकमा नेताहरुले गठबन्धनमा आवद्ध अन्य दलहरुले आफ्नो पार्टीलाई निर्वाचनका बेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । अध्यक्ष माधव नेपालले गठबन्धनबाट इमान्दारीपूर्वक सहयोग नहुदा पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न नसकेको बताएका थिए । 

बैठकपछि एसका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताए । 
खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै सो निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गरे । 

आफूहरुको असन्तुष्टि सत्तारुढ दलहरूको बैठकमा राखिएको र आन्तरिक रुपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने खनालले बताए । दलहरुबीच चुनावी गठबन्धनको चर्चा चलिरहेको समयमा तत्काल वामपन्थी दलहरुबीचको एकता आवश्यक भएपनि तत्कालै त्यो सम्भावना भने नभएको उनले बताए ।

‘बामपन्थीहरुबीच एकता हुनुचाहिँ वस्तुगत आवश्यकता हो । तर यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरु अहिले वामपन्थी एकताको पक्षमा देखिनु हुन्न । यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यक्ता भएपनि त्यो सम्भावना चाँही निकै कमजोर छ’ खनालले भने । वैशाख ३० गते सम्पन्न निर्वाचनमा एसले एक महानगर, एक उपमहानगर सहित २० पालिकामा जित हासिल गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x