कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
जेठ २३, २०७९
सरकारले आगामी आर्थिक वर्षको बजेटमा गेम चेन्जर आयोजनालाई कुल लागतको १ प्रतिशतभन्दा पनि कम रकम विनियोजन गरेको छ । राष्ट्रिय योजना आयोगले (गेम चेन्जर) रूपान्तरणकारी आयोजनाका रूपमा सिफारिश गरेका आयोजना आगामी बजेटको प्राथमिकतामा परेको छैन । आयोगले ५/७ वर्षभित्रै पूरा गर्दा आर्थिक रूपान्तरण हुने दाबी गरेका परियोजनामा गर्नुपर्ने खर्च भने न्यून मात्रामा मात्रै छ ।
आयोगले तयार पारेको नेपालको १५ औं पञ्चवर्षीय योजनामा देशको विकासमा आमूल परिवर्तन गर्ने सूचीमा ती आयोजना छन् । ती परियोजना पूरा हुँदा देशमा आर्थिकदेखि सामाजिक परिवर्तन आउने दाबीसहित आयोगले सिफारिश गरेका विभिन्न क्षेत्रका १८ वटा आयोजना छन् ।
यसमध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रसारण लाइन आयोजनाको लागत नै उल्लेख भएको छैन । अन्य १७ वटा आयोजनाका लागि कुल २३ खर्ब २० अर्ब २८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोगले सरकारलाई सिफारिश गरेका यी आयोजना चालू आर्थिक वर्षभित्र पूरा हुनेदेखि आगामी ६ वर्ष (आव २०८५/८६)भित्र पूरा हुनेसम्मको समयसीमा भित्रका छन् । यी आयोजनालाई चालू आर्थिक वर्षदेखि नै कार्यान्वयन शुरू गर्न बजेट विनियोजन हुन थालेको पनि छ । तर, ती आयोजनाले अपेक्षाकृत प्रगति गरेका छैनन् भने सरकारले दिएको बजेट पनि न्यून मात्रै छ । आगामी आवका लागि विनियोजन बजेट पनि कुल लागतको ०.७९३४ प्रतिशत मात्रै छ ।
सरकारले गेम चेन्जर आयोजनाका लागि जम्मा २३ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को व्यय अनुमानको विवरण (रातो किताब)मा उल्लेख छ ।
चालू आर्थिक वर्षभित्रै पूरा हुने आयोजनाको पनि सन्तोषजनक प्रगति भएको देखिएको छैन भने तोकिएको समयमा सक्ने गरी सरकारी कार्यक्रम तथा बजेट पनि आएको छैन । सरकारले चालू आवमा नै सक्ने भनेर तय गरेका गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक आयोजनाको लागत २२ अर्ब रुपैयाँ तय गरेको छ । यो आयोजना निर्माण सकिएको छैन भने आगामी आवका लागि बजेट १ अर्ब ८५ करोड रुपैयाँ मात्रै छुट्याइएको छ ।
सरकारले पछिल्लो समय प्राथमिकता दिएर अगाडि सारेको राष्ट्रिय परिचय पत्र चालू आवभित्रै सक्ने समय सीमा तय गरेको थियो । यो आयोजना पूरा गर्न २० अर्ब ८५ करोड रुपैयाँ बजेट लाग्ने अनुमान छ ।
यो परियोजना कार्यान्वयन हुँदा नागरिकको एकीकृत परिचय पत्र बन्ने हरेक सरकारी कामकाजमा एउटै परिचयपत्रले पुग्ने भनिएको छ । तर, यसलाई प्राथमिकताका साथ कार्यान्वयन शुरू नहुँदै बजेटको प्राथमिकतामा भने परेको देखिएन । यो आयोजनाका लागि सरकारले राष्ट्रिय परिचयपत्र विभागबाट खर्च गर्नेगरी जम्मा २ अर्ब २४ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ ।
बजेटले आगामी आवका लागि स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजनालाई प्राथमिकता दिएको छैन । यो आयोजनासँग मिल्ने गरी स्वास्थ्य सेवा सुधार कार्यक्रमका नाममा ४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सवा ५१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रमलाई पनि बजेट दिएको छैन । यो परियोजनासँग पनि मिल्ने कार्यक्रमका नाममा सरकारले आगामी आवका लागि ६० करोड विनियोजन गरेको छ । उक्त आयोजना आव २०८०/८१ मै सकिने राष्ट्रिय योजना आयोगको १५ औं पञ्चवर्षीय योजनामा उल्लेख छ ।
आयोगले तयार पारेको सूचीमा अधिकांश आयोजना आव २०८०/८१ भित्र सकिने समयसीमा छ । तर, यिनै आयोजनाका लागि विनियोजित बजेटको आकार भने न्यून छ । सरकारले विनियोजन गरेको बजेट अनुसार यस्ता आयोजना प्राथमिकतामा नपरेको र लागतको तुलनामा न्यून बजेट विनियोजन भएकाले पनि तोकिएको समयमा पूरा हुँदैनन् ।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल अध्ययन गरेर र प्रभावकारिता अनुमान गरेर आएका यस्ता गेम चेन्जर आयोजनाभित्र धेरै कार्यक्रम समावेश भएको बताउँछन् ।
ती आयोजना कुनै न कुनै रूपमा पूरा भइरहेको उनको भनाइ छ । यी आयोजनालाई बजेटले सिधा सम्बोधन नगरेर अरू कार्यक्रमसँग जोडेर सम्बोधन गरिरहेको हुँदा ठ्याक्कै त्यही नाममा बजेटमा नआएको हुनसक्ने फुँयालले बताए । राष्ट्रिय गौरवका आयोजना नामै बजेटमा समावेश भएर आउने भएपनि गेम चेन्जर भने अरूसँग जोडिएर आउने आयोजना भएको उनले बताए ।
डिजिटल नेपाल, औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र, औद्योगिक ग्रामभित्र धेरैवटा कार्यक्रम परेका छन् । बहुआयामिक क्षेत्रलाई समेटर आएका यी आयोजनाभित्रै गेम चेन्जर भएकाले कतिपयको प्रगति अपेक्षाभन्दा बढी भइरहेको छ भने कतिपयको न्यून प्रगति भएको हुनसक्ने फुँयालको भनाइ छ ।
योजना आयोगले गेम चेन्जर हुन आवश्यक पर्ने मापदण्ड तोकेको र यसको प्रभावकारिता पनि अध्ययन गरेको बताएको छ । यी आयोजना पूरा हुँदा उत्पादकत्व बढ्ने, लाभ पाउने जनसंख्याको अनुमान गरिएको, आर्थिक वृद्धिको योगदान, आयोजना निर्माण भएपछि रोजगारी पनि बढ्नेसहितका प्रशस्त आधारमा केन्द्रित भएर हेरिएको पनि योजना आयोगको दाबी छ ।
एउटै काम धेरै ठाउँबाट हुने आधार यो परियोजनामा रहेको आयोगकै अधिकारी बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, जग्गा सुदृढीकरण आयोजना, डिजिटल नेपाल, सार्वजनिक शिक्षा सबलीकरण तथा प्राविधिक तालिम कार्यक्रम एउटा ठाउँमा मात्रै केन्द्रित हुने कार्यक्रम होइन । यी आयोजनामा विभिन्न क्षेत्र र चरणमा काम हुन्छन् भने एउटा आयोजना पूरा हुन धेरैवटा काम पूरा गरेर जानुपर्ने आयोजना गेम चेन्जरको सूचीमा छन् ।
हेर्नुहोस्, गेम चेन्जर आयोजनाको बजेट :
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...