×

NMB BANK
NIC ASIA

अब मोबाइल एपबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने

जेठ २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहानेहरुको भाषा परीक्षा यसवर्षदेखि सीबीटी (कम्प्युटर बेस टेस्ट/युबिटी) अर्थात कम्प्युटर प्रविधिबाट हुने भएको छ । अघिल्लो पटकसम्म पेपर बेसमा हुने परीक्षा अब कम्प्युटर प्रविधिबाट हुने भएसँगै परीक्षार्थीको सहजताका लागि टपिकईपिएस वेभसाइट र मोबाइल एप्लिकेशन सञ्चालनमा आएको छ ।

Sagarmatha Cement
Muktinath Bank

टपिक इपिएस डटकम (topikeps.com) वेभसाइट र टपिक इपिएस नामको मोबाइल एप्लिकेशनबाट परीक्षार्थीले प्रश्नपत्रको असीमित अभ्यास गर्न पाउने भएका छन् । इपिएस टपिकको यसवर्षको कृषि समूह अन्तर्गतको परीक्षा यही महिनाको १९ गतेबाट सुरु भैसकेको छ भने उत्पादन मुलक तर्फको परीक्षापनि छिट्टै सुरु हुनेछ। दक्षिण कोरिया सरकारले तोकेको परीक्षाको मापदण्ड अनुसार यसवर्षदेखि पढ्ने र सुन्ने विधिमा मात्र कम्प्युटर प्रविधिमार्फत परीक्षा हुन्छ । परीक्षा हुने विधि अनुसार नै टपिक इपिएस मोबाइल एप र वेभसाइटमा परीक्षार्थीले अभ्याँस गर्नसक्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टपिक इपिएस एप र वेभसाइटमा प्रयोगकर्ताले साइनअप गरेसँगै उनीहरुले परीक्षणका निम्ति निःशुल्क प्रश्नपत्र अभ्यास गर्न पाउँछन् भने सशुल्क रुपमा प्रश्नपत्रहरुको सेट खरिद गरी असीमित अभ्याँस गर्न पाउने वेभसाइट र मोबाइल एप्लिकेशनको निर्माता कम्पनी माकुरा क्रियसन्स प्रालिका प्रबन्ध निर्देशक स्वागत भेटुवालले जानकारी दिए । उनका अनुसार यस प्रविधि सामान्य प्रयोगकर्ताले मात्र नभई विभिन्न इन्स्टिच्युटहरुले पनि प्रयोग गर्नसक्नेछन् । इन्स्टिच्युटहरुले यस वेभसाइट र मोबाइल एप्लिकेशनमा आफ्नो साखाको सम्बन्धनलिएर खातामा लगईन गरि विद्यार्थीहरुलाई अभ्यास गराउनसक्ने छन् । इपिएस टपिक डटकम वेभसाइट र मोबाइल
एप्लिकेशनमा कोरिया सरकारले लिने परीक्षाको ढाँचामा नै परीक्षाको अभ्याँस गर्नसकिने भएकाले यो प्रभावकारी हुनसक्ने विश्वभाषा क्याम्पसका कोरियन भाषाका अध्यापक थानेश्वर बञ्जाडेले बताए । कम्प्युटर/युबिटी प्रविधिमा अभ्याँस गर्दा परीक्षाका बेलामा झनै सहज हुने बञ्जाडेको भनाइ छ।


Advertisment
Nabil box
Kumari

यस मोबाइल एप र वेभसाइटको निर्माण माकुरा क्रियसन्स प्रालि र हिमालयन ग्रुप अफ इन्स्टिच्युटले संयुक्त रुपमा निर्माण गरेको हो । इपिएस टपिकको वेभसाइट र एण्ड्रोइड एप सञ्चालनमा आइसेकेको छ भने आइओएस एप्लिकेशन भने केहीदिनमै सञ्चालनमा आउने निर्माणपक्षले जानकारी दिएको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x