×

Nic Asia
Dabur
Prabhu Bank

संघीय चुनावको पूर्व तयारी

‘हेभी वेट’हरूको जिल्ला गुल्मीमा तालमेलको गृहकार्य, लीलामणि पौड्याल पनि लड्दैछन् चुनाव ?

काठमाडाैं | जेठ २६, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा नभएपनि नेताहरूले निर्वाचन क्षेत्र छान्न भित्रभित्रै दौडधूप शुरू गरेको छन् । प्रमुख दलका नेताहरूले यसअघि आफूले प्रतिस्पर्धा गरेको क्षेत्रमा जित्ने सुनिश्चितता र अनुकूल हुने क्षेत्रको खोजी गरिरहेका छन् । 

yONNEX
Frooti
Appy

केन्द्रीय स्तरका ‘हेभी वेट’ नेता रहेको गुल्मी जिल्लामा अहिलेको सत्ता गठबन्धनका नेताहरू तालमेल गरेर अगाडि बढ्ने तयारी गरेका छन् । कात्तिक–मंसिरमा हुने चुनावका लागि केन्द्रमा सहमति भइनसक्दै गुल्मीमा भने तालमेलको मोटामोटी खाका बनीरहेको छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर राम्रो स्थान बनाएका दलहरूले मंसिरको चुनावको तयारी गरेका छन् । 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्ट तथा नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी र नेकपा एसकी सचिव रामकुमारी झाँक्री प्रतिनिधि सभातर्फ उठ्ने सम्भावना छ । 


Advertisment
Lokantar App
Saurya island

नेकपा माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, पूर्व मुख्यसचिव लीलामणि पौड्याल पनि उम्मेदवार बन्ने चर्चा छ ।

स्थानीय तह निर्वाचनमा रुरुक्षेत्र गाउँपालिकामा गठबन्धनका उम्मेदवार यदु ज्ञवालीलाई जिताउन भूमिका खेलेपछि लीलामणि पौड्याल सक्रिय राजनीतिमा आएर प्रत्यक्ष चुनाव लड्ने चर्चा व्यापक बनेको हो । 

JYOTI
Vianet communication

क्षेत्र नम्बर १ प्रदीप ज्ञवाली भर्सेस चन्द्र भण्डारी

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीबीच नै मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ । ज्ञवाली २०७४ सालमा गुल्मी क्षेत्र नम्बर १ बाट चुनाव जितेका बहालवाला सांसद हुन् । 

ज्ञवालीले २०६४ सालको संविधान सभा निर्वाचन र २०५ सिट छँदा २०५६ सालमा गुल्मी २ बाट चुनाव जितेका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा चन्द्र भण्डारी विजयी भएका थिए । २०७४ सालमा माओवादीसँग चुनावी तालमेल गर्दा ज्ञवालीले ३७ हजार ८ सय १४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २ सय ५६ मत प्राप्त गरेका थिए । 

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गुल्मीमा नेपाली कांग्रेसले ५, माओवादी केन्द्रले ४ स्थान जित्दा नेकपा एमाले ३ स्थानमा खुम्चिएको छ । 

ज्ञवालीको पालिका रुरुक्षेत्रमा एमाले पराजित भएको छ भने भण्डारीको पालिका छत्रकोटमा कांग्रेस पराजित भएको छ । क्षेत्र नम्बर १ का लागि निर्णायक मानिएको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका खिलध्वज पन्थी रेसुङ्गाको मेयर निर्वाचित हुनु भण्डारीको सबल पक्ष हो । नेपाली कांग्रेसको गढ मानिएको रेसुङ्गा २०७४ सालमा एमालेले जितेको थियो ।

गत मंसिरमा सम्पन्न कांग्रेसको महाधिवेशनमा कांग्रेस उपसभापतिका प्रत्यासी रहेका भण्डारीले निर्वाचन क्षेत्र परिवर्तन गर्ने चर्चा पनि छ । 

भण्डारी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही २ बाट उठ्ने चर्चा चलेको छ । २०६४ सालदेखि पौडेलले लगातार चुनाव जित्दै आएको बुटवलमा झर्न भण्डारी त्यति रुचीकर छैनन् । 

बुटवल उपमहानगरपालिका सहित रुपेन्देही २ का अधिकांश पालिकामा कांग्रेस विजयी भएकाले भण्डारीलाई चुनाव लड्न कांग्रेसका जिल्लास्तरीय नेताहरूले प्रस्ताव गरेका छन् ।

स्वयं भण्डारीले भने यसबारे आफूले केही नसोचेको बताए । ‘सांसद रहँदा या नरहँदा मैले गुल्मीको विकासका लागि काम गरिरहेको छु । म सांसद रहेको बेला शुरू गरेका केही आयोजनाको कामलाई पूरा गर्ने मेरो चाहना छ,’ भण्डारीले लोकान्तरसँग भने, ‘म कहाँबाट उठ्ने भन्ने निर्णय पार्टीले गर्ला ।’ सालझण्डी–ढोरपाटन सडक र रुरुक्षेत्रको विकासलाई भण्डारीले चुनावी एजेण्डा बनाउँदै छन् ।

चन्द्र भण्डारीले गुल्मीको निर्वाचन क्षेत्र छाड्ने अवस्थामा चन्द्र केसी गुल्मी १ बाट कांग्रेसको उम्मेदवार बन्न सक्छन् । गुल्मी जिल्लाको जिविस सभापति भइसकेका केसी कांग्रेसका पुराना नेता हुन् । उनले १ वा २ जुन क्षेत्रबाट भएपनि आफू उम्मेदवार हुन पाउनुपर्ने भनी लबिङ गरिरहेको चर्चा छ ।

२०७४ सालको चुनावमा उनी क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए । २०५६ सालको संसदीय निर्वाचनमा केसी प्रदीप ज्ञवालीसँग भिडेका थिए । कांग्रेसले प्रतिनिधि सभामा टिकट पाउँदा प्रदेश सभामा भने दुवै सीट माओवादीले दाबी गर्ने सम्भावना छ ।

विगतमा प्रतिनिधि सभाका दुवै सीट छाड्दा समानुपातिकतर्फ भोट कम आएकाले प्रदेश सभाका दुवै सीटमा माओवादीले दाबी गर्ने तयारी गरेको हो । 

गोकर्ण विष्ट भर्सेस रामकुमारी झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट सचिव गोकर्ण विष्ट उठ्दै छन् । २०६४ सालमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा सागरसँग पराजित हुनुबाहेक विष्ट २०५६ सालदेखि निरन्तर यो क्षेत्रका सांसद हुन् । २०७४ सालको चुनावमा कांग्रेसका चन्द्र केसीलाई पराजित गरेर विष्ट सांसद बनेका थिए । केसीले २० हजार १ सय भोट ल्याउँदा गोकर्णले ३४ हजार ६ सय भोट पाएका थिए । 

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा भने गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादी हावी भएको छ । 

विष्टसँग प्रतिस्पर्धाका लागि शहरी विकास मन्त्री रहेकी रामकुमारी झाँक्री उठ्ने सम्भावना प्रबल छ ।

नेकपा एसले पार्टी पदाधिकारीलाई प्रत्यक्षतर्फ चुनाव उठाउने तयारी गरेकाले झाँक्री गुल्मीबाट चुनाव लड्ने सम्भावना बढेको हो । स्वयं झाँक्रीले पनि आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएकी थिइन् । 

गत वर्ष असोजमा पार्टीको सचिव चुनिएलगत्तै गुल्मी–काठमाडौं सम्पर्क मञ्च गठन कार्यक्रममा झाँक्रीले प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेकी थिइन् ।

मन्त्री बनेपछि झाक्रीले जिल्लाको भ्रमण गर्दा चुनावमा उठ्ने संकेत गरेकी थिइन् । 

पार्टीले मन्त्रीबाट फिर्ता बोलाएको तनावमा रहेकी झाँक्री अहिले केही बोलेकी छैनन् ।

काठमाडौं शंखमूलकी बासिन्दा झाँक्री काठमाडौं १ बाट चुनाव लड्न चर्चा पनि चलेको थियो । स्थानीय तह निर्वाचनपछि काठमाडौंमा स्वतन्त्रको हावा चलिरहेकाले उनी गुल्मी जाने सम्भाबना प्रवल रहेको नेकपा एसका नेताहरू बताउँछन् । अखिलको अध्यक्ष बनेर राजनीति गरेकी झाँक्रीले केही समय भूगोलमा पनि राजनीति गरेकी छिन् । उनले यसअघि एमालेबाटै प्रत्यक्ष चुनाव लड्न टिकट मागेकी थिइन् । टिकट नपाएपछि समानुपातिकबाट सांसद बनेकी थिइन् । 

गुल्मीमा नेकपा एसको संगठनात्मक प्रभाव नरहेपनि गठबन्धन गर्दा ‘हेभी वेट’ उम्मेदवारको रूपमा झाँक्रीले टिकट पाउने सम्भावना बढेको हो । 

नेकपा माओवादी गुल्मीका एक नेताले क्षेत्र नम्बर २ बाट झाँक्री उठ्ने सम्भावना प्रबल रहेको बताए । सोहीअनुसार आफूहरूले रणनीति बनाइरहेको उनले सुनाए । 

गोकर्ण विष्टको पालिकासहित त्यो क्षेत्रका अधिकांश क्षेत्रमा कांग्रेस र माओवादी विजयी भएका छन् । 

प्रत्यक्ष चुनाव लड्लान् लीलामणि ? 

प्रतिनिधि सभाको सीट कांग्रेस र नेकपा एसले लिँदा एमालेभन्दा धेरै सीट जितेको माओवादीले के गर्ला ? माओवादीले प्रतिनिधि सभाको सीटमा किन दाबी नगर्ला र ? भन्ने प्रश्न पनि छ । 

कतिपयले नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौड्याल नै प्रत्यक्ष चुनाव लड्ने आकलन गरिरहेका छन् । चीनका लागि नेपाली राजदूतबाट फिर्ता भएपछि उनी अधिकांश समय जिल्लामा बस्दै आएका छन् ।

उनी जिल्लामा सक्रिय भएकाले धेरैले पौडेल प्रत्यक्ष चुनाव लड्ने आकलन गरेका हुन् । 

माओवादी नेताहरूले भने पौडेलले प्रतिनिधि सभामा चुनाव लड्ने चासो नदेखाएको बताए । 

‘प्रतिनिधि सभामा चुनाव लड्न उहाँले खासै चासो देखाउनुभएको छैन, नत्र हाम्रो तर्फबाट उहाँ पनि एकजना दाबेदार हुनुहुन्थ्यो,’ माओवादी गुल्मीका एक नेताले लोकान्तरसँग भने ।

स्थानीय तहको चुनावमा माओवादीका उम्मेदवार यदु ज्ञवालीलाई जिताउन उनी खुलेर लागेका थिए । 

माओवादी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले पनि पौडेलले चुनाव लड्नेबारे अहिलेसम्म पार्टीमा रुचि नदेखाएको बताए ।

‘स्थानीय तहको चुनावमा लीलामणि सरले आफ्नो क्षेत्रमा माओवादीलाई जिताउनु भयो । आगामी चुनावमा पनि उहाँ माओवादीका उम्मेदवार जिताउन पक्कै लाग्नुहुन्छ,’ बरालले लोकान्तरसँग भने, ‘उहाँले आफैँ चुनाव लड्ने रुचि पार्टीमा देखाउनुभएको छैन । चुनाव लड्छु भन्नुभयो भने पार्टीले केही निर्णय गर्ला ।’ 

यस अतिरिक्त अन्तरिम व्यवस्थापिका संसद् र संविधान सभामा प्रत्यक्ष निर्वाचित भएर दुईपटक केन्द्रको संसदमा प्रतिनिधित्व गरिसकेका सुदर्शन पनि क्षेत्र नम्बर १ का बलिया उम्मेदवार हुन् । ३ वटा निर्वाचन क्षेत्र हुँदा अहिले २ बनेको साबिकको क्षेत्र नम्बर १ मा उनी बलिया उम्मेदवार हुन् । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रीको रूपमा गरेको कामका कारण उनले आफ्नो प्रभाव बढाएका छन् । माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका बराल पनि सम्भावित उम्मेदवार हुन् । 

स्रोतका अनुसार बराल प्रदेशको मुख्यमन्त्री बन्नेगरी फेरि पनि प्रदेश सभामा चुनाव लड्ने तयारीमा छन् । 

‘संघीयता कार्यान्वयनका लागि प्रदेश कमिटी बलियो बनाउनुपर्ने भएकाले उहाँलाई अरू एककाल प्रदेश सभामा ल्याउने तयारी छ,’ माओवादीका एक नेताले लोकान्तरसँग भने, ‘लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्रीको एकजना सशक्त उम्मेदवारको रूपमा उहाँ चुनाव लड्नुहुन्छ ।’

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १४, २०८०

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका सन्दर्भमा आइतबार राजनीतिक र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुसँग परामर्श गर्ने भएका छन् ।  जेठ १७ देखि भारत भ्रमण गर्न लागेका प्रचण्डले भारतसँग उठाउने एजेण्डालगायतका विषयमा सिं...

जेठ १४, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– पशुपतिको जलहरी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड...

जेठ १३, २०८०

 अमेरिकी सरकारले धर्म र धर्मान्तरणका  बारेमा हालै निकालेको रिपोर्टबारे चासो राख्दै सरकारले अमेरिकालाई एक नोट पठाएको छ । प्रधानमन्त्री प्रचण्डले शनिबार संसदमा बोल्दै नेपालस्थित अमेरिकी दूतावासमार्...

जेठ १४, २०८०

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट जोगिन र हुनसक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरो...

जेठ १४, २०८०

विराटनगरमा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो । विराट...

जेठ १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायत विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसेकाे छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठक मुख्यत प्रधानमन्त्रीको भारत...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

ad
x