२६ जेठ २०८३, मंगलबार

बालेन शाहसँग देउवाले भने–फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान हुन्छ

बालेन शाहसँग देउवाले भने–फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान हुन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर काठमाडौँको फोहर व्यवस्थापनका विषयमा जानकारी लिएका छन्। 

प्रधानमन्त्री देउवाले आज प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले छिट्टै समस्या समाधान हुने विश्वास पनि व्यक्त गरे । 

सो अवसरमा प्रधानमन्त्री देउवाले फोहर व्यवस्थापन हुने स्थल बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्