असार १२, २०७९
नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा श...
गजल–१
झरी झरी नभन् एक्दिन त्यही पानीले मार्छ
जोगाउन सकिनस् भने आफ्नै जवानीले मार्छ
मुटु पो दिईस् कलेजो त दिएको छैनस् नि ?
मदिरा-मदिरा नभन् ,साला पिउने बानीले मार्छ
कति चुम्छस् ढुङ्गालाई ? त्यो देवता हैन
याद धेरै गरिस् भने यादकै लगानीले मार्छ
भन्न त ज्योतिषीले भनेका थिए चिना हेराउँदा
जीवनदास तँलाई कालले हैन कहानीले मार्छ
गजल -२
थाहै नपाई दुई मुटुको एउटै आकार भयो
जे भयो ठिकै भयो हामी दुईको प्यार भयो
उनी ढल्दा मैले उठाएँ म ढल्दा उनले उठाइन्
त्यसैले त हाम्रो भेटघाट आजकाल लगातार भयो
देखाउन पनि नमिल्ने, सुनाउन पनि नमिल्ने
जे हुनुथियो चुपचाप भयो तर बारम्बार भयो
पहिलो भेटमा मदहोस् भए दोस्रो भेटमा बेहोस् भए
मदिरा थियो, झरी थियो र त बसाई दमदार भयो
थाहै नपाई दुई मुटुको एउटै आकार भयो
जे भयो ठिकै भयो हामी दुईको प्यार भयो
जिनवदास सुनार , बाग्लुङ
हाल अमेरिका
नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा श...
काठमाडौंको किंग्स् कलेजले विद्यार्थीहरूमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उदेश्यका साथ शिल्पी थियटरमा ‘त्रयम्’ शिर्षकको नाटक मञ्चन गरिरहेको छ । यसै महिनाको २० गतेदेखि प्रदर्शनीमा रहेको उक्त नाट...
कवि राजन सिलवालको दोस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरिएको छ । साहित्यकारहरू देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा सो कृति विमोचन ग...
साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ नामक खण्डकाव्य विमोचित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपाल, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भाग...
समय त्यस्तै २०३२ सालको अन्त्यतिर हुनुपर्छ । बहिनीको विवाहको राति भागेको गोपाल पर्सिपल्ट त्रिशूली बजार पुग्यो । पढ्न हिँडेको थाहा भए पनि कता जाने थाहा थिएन उसलाई । यसो त प्रथम परीक्षा पास गर्नासाथ कथावाचक बन्न...
अच्युत मान सिंह प्रधान 'उत्सुक' नफालौं जथाभावी फोहर यत्रतत्र फालौं कुनै तोकिएको निश्चित स्थानमा मात्र । फोहरलाई छुट्याऔं घरमै दुई किसिमले राखौं एक ठाउँम...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...