×

NMB BANK
NIC ASIA

रोल्पा कारागार प्रकरणमा बनेको छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

जेठ ३१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गृहमन्त्री बालकृष्ण खाणले कैदी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनका समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन् । 
गृहमन्त्री खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी हरिजनले झुन्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार बुझ्दै घटनामा प्रतिवेदनले दोषी औंल्याएकालाई कानुन अनुरुप कारबाहीको प्रक्रिया सुरु गरिने बताएका हुन् ।  

Muktinath Bank

घटनाबारे छानबिन गर्न सहसचिव सेढाईँको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा ५ सदस्यीय समिति गठन भएको थियो । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तत्कालिन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीहरूले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटी गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको छ । प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागू गर्न सिफारिस गर्दै लागू भएमा कारागार प्रशासन सुध्रन सक्ने संयोजक सेढाईले बताउए । 


Advertisment
Nabil box
Kumari

समितिले २०७७ मंसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदीहरू हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटी तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ । 

Vianet communication
Laxmi Bank

समितिले अनुसन्धानका क्रममा नेपाल सरकारका सम्बद्ध पदाधिकारीहरूको स्वीकृति र सहयोगमा भारत सरकारसँग अनौपचारिक समन्वय गरी भारतको उत्तर प्रदेशको बारबंकी जिल्लामा लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका हरिजनसँग सँगै बाँकेबाट रोल्पा कारागारमा स्थानान्तरण गरिएका शाहसँग पनि सोधपुछ गरेको जनाएको छ । 

त्यो सँगै समितिले घटनाको स्थलगत अध्ययन÷अवलोकन, सूचना संकलन तथा विश्लेषण, सोधपुछ तथा बनाउन, फोन कल विवरण अध्ययन र घटना विवरण विश्लेषण गरेर प्रतिवेदन तयार पारेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x