×

NMB BANK
NIC ASIA

खगेन्द्र निर्देशित पहिलो चलचित्र ‘पानीफोटो’को टिजर रिलिज

असार २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बनेको पहिलो चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ ।

Muktinath Bank

बिहीवार हाइलाइटस् नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक टिजरमा हराएको छोरा खोज्न हिँडेका बुवाआमाको कथा देखाइएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सशस्त्र द्वन्द्वमा बेपत्ता छोराको पर्खाइमा बसेका बाआमाको कथा पेश गर्ने ‘पानीफोटो’ साउन १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । करीब डेढ दशकअघि गुरुकूल थिएटरमा ‘पानीफोटो’ नाटक मञ्चन भएको थियो । आफूले नै लेखेको त्यही चर्चित नाटकलाई खगेन्द्रले चलचित्रको स्वरूपमा ढालेका हुन् ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक टिजरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने अटाएका छन् । टिजर मर्मस्पर्शी लाग्छ । विशेषगरी अनुप र मेनुकाको जीवन्त अभिनय र गेटअप टिजरमा देखिन्छ ।

Vianet communication
Laxmi Bank

चलचित्रमा प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, रमेश अधिकारी, कमलमणि नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्यामकुमार खड्का लगायतका कलाकारको समेत अभिनय छ । 

‘पशुपति प्रसाद’ र ‘धनपती’ जस्ता नेपाली मौलिक स्वादका चलचित्रको निर्माण गरेको टुकी आर्टस् प्रालिले मञ्जुश्री फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा ‘पानीफोटो’ निर्माण गरेको हो । चलचित्रको निर्माता रोजिना सिटौला र रविन्द्र बज्राचार्य हुन् । दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x