२७ जेठ २०८३, बुधबार

‘रोएर फिल्म चलाएको’ आरोपमा पूजा शर्माको यस्तो जवाफ

‘रोएर फिल्म चलाएको’ आरोपमा पूजा शर्माको यस्तो जवाफ

अभिनयभन्दा अरू कुनै कारणले कोही अभिनेत्रीको चर्चा हुन्छ भने अहिलेको सन्दर्भमा त्यो नाम पूजा शर्मा नै हो । उनी पछिल्ला वर्ष अभिनयभन्दा बाहिर एकपछि अर्को कारण चर्चामा आउने गरेकी छन् । 

राष्ट्रिय टेलिभिजनमा जिल्लाबारे सोधिएको प्रश्नमा दिएको जवाफलाई लिएर उनी लामै समय ‘ट्रोल’को शिकार बनिन् । कहिले अभिनेता आकाश श्रेष्ठसँगको सम्बन्धलाई लिएर त कहिले प्रदीप खड्कासँगको चिसिएको सम्बन्धलाई लिएर उनको चर्चा भइरह्यो । 

‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको समयमा अभिनेता पल शाह नाबालिग बलात्कारको आरोपमा फरार रहँदा पूजा शर्मा पलको फोटो टाँसिएको टिसर्ट लगाएर पल मेरो मुटुमा छ’ भन्दै हल–हल पुगिरहेकी थिइन् । सो समय उनले हलहलमा पुगेर थुप्रै पटक क्यामेराका अगाडि आँसुसमेत झारेकी थिइन् । सोही कारण उनलाई चलचित्र चलाउन रोएको आरोप लाग्ने गरेको छ । यद्यपि पूजाले भने यो आरोपको खण्डन गरेकी छन् ।

शुक्रवार राजधानीमा पूजा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को गीत रिलिज कार्यक्रम राखिएको थियो । सोही कार्यक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘कन्ट्रोभर्सीले फिल्म चलाउने भए यति दुःख किन गर्नुपर्थ्यो । मेहनत गर्नुपर्छ, मेहनतसँगसँगै त्यसलाई कसरी मार्केटमै लैजाने त्यसमा ध्यान दिने हो ।’

पूजाले सञ्चारकर्मीहरूले आफूलाई 'कन्ट्रोभर्सी'मा पार्ने गरेको समेत बताइन् । उनले आफूलाई ठिक लागेका कुराहरू अरूलाई ठिक नलाग्न सक्ने हुँदा कन्ट्रोभर्सी हुने बताइन् ।

यद्यपि चलचित्र चलाउन  कहिल्यै कन्ट्रोभर्सी नगरेको उनको भनाइ थियो । 

भदौ १७ गते रिलिजको तयारीमा रहेको चलचित्र  ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम थोप्देनको शीर्ष भूमिका रहेको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्