×

X
Nic Asia
Marvel
Khukuri

चलचित्र

‘ठूलो ब्यानर’को रोजाइमा दशैं, साइत जुराउन अहिल्यैदेखि होडबाजी

‘चलचित्र चल्न पर्व र बिदा चाहिँदैन्, ‘कबड्डी ४’ ज्वलन्त उदाहरण’

काठमाडाैं | असार ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नयाँ वर्ष, तीज, दशैंतिहार चलचित्र रिलिजका लागि राम्रो मान्ने गरिन्छ । बिदा धेरै हुने र दर्शकहरू ‘फेस्टिभ मूड’मा हुने हुँदा यी समयमा चलचित्र रिलिज गर्दा राम्रो व्यापार गर्न सक्ने आशा निर्माताले राखेका हुन्छन् ।

DHARA
LAxmi BAnk

त्यसैले दशैंको समयमा आफ्नो चलचित्र रिलिज गर्न निर्माताबीच अझ बढी तछाडमछाड हुने गर्छ । यद्यपि साना ब्यानरका चलचित्रहरू भने यतिबेला चेपुवामा पर्ने हुँदा प्रदर्शनमा आउन सकिरहेका हुँदैनन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

दशैं प्रायः ठूला ब्यानरका भनिएका चलचित्रको ‘कब्जा’मा हुने गरेको छ । यसवर्ष पनि त्यस्तै हुने देखिएको छ । ३ महिना बाँकी छँदै दशैं आसपासको समयका लागि चलचित्र प्रदर्शन गर्न अहिल्यैदेखि ‘होडबाजी’ देखिएको छ ।

ठूला ब्यानरका केही चलचित्रले प्रदर्शन मिति तोकिसकेका छन् । यस वर्षको दशैंका लागि नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले प्रदर्शन मिति तोकेको छ । चलचित्रले छायांकन शुरू गर्दा नै दशैंलाई प्रदर्शन मिति घोषणा गर्दै शुरू गरेको थियो । नारायण रायमाझी र राजेश वंशल निर्माता रहेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको शीर्ष भूमिका छ । असोज १० वा १४ गते चलचित्र प्रदर्शनमा आउने जनाइएको छ ।


Advertisment
Bizbazar
Saurya island

दीवाकर भट्टराईको निर्देशन रहेको चलचित्र ‘हनीबनी’ले छायांकनमा जानुअघि नै असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । चलचित्रमा बलिउड मोडल अभिमन्यु तोमार, अभिनेत्री जसिता गुरुङ, अभिनेता सलोन बस्नेत, अर्जुन श्रेष्ठ, अभिनेत्री सूर्यमाला खनाल लगायतको अभिनय रहनेछ । चलचित्र दशैंमा प्रदर्शनमा आउँछ/आउँदैन भन्नेमा भने धेरैले शंका गरेका छन् । 

दशैं आसपासका लागि अर्को प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ले पनि प्रदर्शन मिति तोकिसकेको छ । सन्तोष सेनको निर्माण रहेको चलचित्रले असोज ७ गतेका लागि प्रदर्शन मिति तोकेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतका कलाकारको अभिनय छ । यो कोरोना महामारी अघि नै निर्माण सम्पन्न भएको चलचित्र हो । 

Vianet communication
IME BANK INNEWS

दीपकराज गिरीले छायांकनमा जानुअघि नै आफ्नो चलचित्र दशैंमा प्रदर्शनमा आउने बताउँदै आएका छन् । यस वर्ष पनि ‘छक्का पन्जा’ टीमको चलचित्र असोज महिनामा प्रदर्शनमा आउनेछ । दीपकराज गिरी र दीपाश्री निरौलाको टीमले निर्माण गर्ने नयाँ चलचित्रका लागि हेमराज बिसी निर्देशकमा अनुबन्ध भइसकेका छन् । छिट्टै छायांकनमा जाने भनिएको चलचित्रको नाम तय भइसकेको छैन । असोजको कति गते प्रदर्शन हुने भनेर पनि निर्माण टीमले जानकारी दिएको छैन । 

असोजको २८ गतेका लागि अर्को चलचित्र ‘हिजो आजका कुरा’ले पनि प्रदर्शन मिति तोकिसकेको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजोआजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हो । 

नेपाल टेलिभिजनमा प्रसारण भएको हास्य सिरियल ‘हिजोआजका कुरा’को नाम सापटी लिएर चलचित्र निर्माण गरिएको हो । पारिवारिक कथावस्तुमा निर्माण गरिएको चलचित्रमा सिरियलकै मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा छन् । चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्द लामा, रमेश अधिकारी, जेबिका कार्की लगायतको समेत मुख्य भूमिका छ । २०७६ सालमै निर्माण सकिएको यो चलचित्रको पनि कोरोनाका कारण प्रदर्शन रोकिएको थियो । 

यस वर्ष दशैं आसपासका लागि मात्र होइन, तिहार आसपासका लागि पनि चलचित्रको प्रदर्शन तोकिसकिएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको ‘२ नम्बरी’ तिहारको छेको पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा ल्याइने घोषणा गरिएको छ । तिहारको छेको पारेर कात्तिक ६ गतेबाट चलचित्र ‘परस्त्री’ प्रदर्शन गरिने निर्माण टीमले जनाएको छ । 

हेतिहासिक चलचित्र ‘नालापानी’ पनि तिहारमा प्रदर्शन हुने भएको छ । कात्तिक ४ गते चलचित्र प्रदर्शन हुने निर्माण टीमले घोषणा गरेको छ । कोरोना महामारीका कारण अघिल्ला २ वर्षका दशैंतिहार सुक्खा रहे । त्यसैले पनि यस वर्षको दशैंतिहारका लागि अहिलेदेखि नै चलचित्र रिलिजको होडबाजी देखिन थालेको हो ।

एकपछि अर्को प्रतीक्षित भनिएका चलचित्रले दशैं आसपासलाई प्रदर्शन मिति तोक्दा चलचित्रबीच प्रतिस्पर्धा पनि कडा हुने देखिएको छ ।

‘चलचित्र चल्न पर्व र बिदा चाहिँदैन, ‘कबड्डी ४’ ज्वलन्त उदाहरण’

चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष, दशैंतिहार, तीज, जनैपूर्णिमा, माघे संक्रान्ति निर्माताहरूको रोजाइमा पर्ने गर्छ । शनिवारबाहेक अरु एक दिन भए पनि बिदा भयो भने चलचित्रले बम्पर कमाइ गर्छ भन्ने सोच उनीहरूमा रहेको पाइन्छ । कतिपय चलचित्र त एक दिने बिदामा केही रकम कमाएर अरु दिनमा कमजोर बनेका पनि छन् तर चलचित्र ‘कबड्डी ४’ले भने यी सबै भ्रमहरू तोडिदिएको वितरक तथा निर्माता गोविन्द शाही बताउँछन् ।

जेठको १३ गतेबाट रिलिज भएको चलचित्रले ३ हप्तामा २१ करोड माथिको व्यापार गरेको छ । नेपालमा हलिउड, बलिउड एवं अन्य नेपाली चलचित्रले गर्न नसकेको व्यापार गर्दै ‘कबड्डी ४’ले विभिन्न कीर्तिमानी रेकर्डहरू बनाएको छ । ‘कबड्डी ४’का वितरक रहेका शाहीले अहिले पनि चलचित्र हेर्ने दर्शकको उपस्थिति उल्लेख्य रहेको बताए ।

‘जेठ, असार भनेको प्रदर्शनका लागि अफसिजनका रूपमा लिन्छौं तर ‘कबड्डी ४’ले यही समयमा आक्रामक व्यापार गरेको छ,’ वितरक तथा निर्माता शाहीले लोकान्तरसँग भने, ‘राम्रो चलचित्र बन्यो, राम्रो प्रमोसन गर्न सकियो भने त्यो चलचित्रलाई दशैं एवं अन्य पर्व चाहिँदैन । यो कुरा ‘कबड्डी ४’ले प्रमाणित गरिदिएको छ ।’

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ ।  धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरू पनि सञ्चालनको तयारीमा रहेको ...

असोज १४, २०७९

इन्डियन स्टार अभिनेता प्रभास अभिनित ‘आदिपुरुष’ यतिखेर चर्चामा छ ।  ओम राउतले निर्देशन गरेको यो पौराणिक नाटकमा कृति सेनन मुख्य नायिकाको भूमिकामा छिन् । निर्माताहरूले आदिपुरुषको टिजर प...

असोज १२, २०७९

मलयालम अभिनेता श्रीनाथ भासीलाई भारतस्थित मराडु पुलिसले सोमबार पक्राउ गरेको छ । एक अनलाइन मिडियामा काम गर्ने महिला पत्रकारले गत हप्ता एक अन्तर्वार्तामा मौखिक दुर्व्यवहार गरेपछि उनी पक्राउ परेका हुन्...

असोज १२, २०७९

चलचित्र 'पुष्पा'को सफलता पछि अल्लु अर्जुनले पुष्पा २ मा पनि शुटिङ शुरू गर्दैछन् । उनले आगामी अक्टोबरको मध्यबाट पुष्पा २ को शुटिङ शुरू गर्ने तयारि गरेको भारतीय सञ्चारमाध्यामहरूले बताएका छन् ।  ...

असोज १३, २०७९

बलिउडको बहुप्रतिक्षित एक्शन थ्रिलर फिल्म ‘कोड नेम तिरंगा’का निर्माताले फिल्मको ट्रेलर सार्वजनिक गरेका छन् । इन्स्टाग्राममा अभिनेत्री परिणीति चोपडाले ट्रेलर सेयर गरेकी छन् ।  ट्रेलरमा, पर...

असोज ११, २०७९

भुटानी अभिनेत्री उगेन छोदेनले नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छन् । आज  आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको ब...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x