×

NMB BANK
NIC ASIA

झापाको रोचक चुनावी दौडधूप

झापाको चुनावी जोडघटाउ : विश्वप्रकाश मत सर्वेक्षणमा लाग्दा ओलीलाई चुनौती दिने को ?

सिटौला–लिङ्देनलाई मार्सीको चुनौती, २ मा उम्मेदवार छान्न एमालेलाई सकस

असार ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कात्तिक वा मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि टिकट सुरक्षित गर्न झापामा नेताहरूको दौडधूप शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रमुख दलका शीर्ष र प्रभावशाली नेताहरूको गृहजिल्ला झापामा टिकटको भागबण्डा लगाउन दलहरूलाई सकस छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झापा संसद्को सबभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला हो ।


Advertisment
Nabil box
Kumari

ओलीले भक्तपुरबाट मतदान गरेपनि उनी चुनाव भने झापाबाट लड्दै आएका छन् । 

Vianet communication
Laxmi Bank

स्थानीय तह निर्वाचनमा आएको नतिजाका कारण नेताहरूले निर्वाचन क्षेत्र अदलबदल गर्ने समेत चर्चा छ । अहिलेसम्म दलहरूबीच चुनावी तालमेलको खाका बनिसकेको छैन ।

गठबन्धन बन्दा या नबन्दा झापामा पूर्वपञ्चहरूको पार्टी राप्रपा निर्णायक बन्ने देखिन्छ । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेसँग एक सीट लिएर गठबन्धन गरेको राप्रपाले यसपटक दुई सीटमा दाबी गर्ने नेताहरूले बताएका छन् ।

लिङ्देनको गृहजिल्ला झापामा राप्रपाको प्रभाव कति छ भने भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा कचनकवलमा राप्रपाविरुद्ध कांग्रेस र एमालेले चुनावी तालमेल गरेका थिए । 

ओलीका अतिरिक्त ‘मार्सी’ उपनामले चिनिने विवादित मेडिकल व्यापारी दुर्गा प्रसाईं पनि चुनाव लड्न खोज्दैछन् । केपी ओली दोस्रोपटक प्रधानमन्त्री बन्दा महान्यायाधिवक्ता बनेका अग्नि खरेल पनि चुनाव लड्ने तयारी गर्दैछन् । 

झापाबाट प्रत्यक्ष चुनाव लड्ने भन्दै खरेलले बीचमै महान्यायाधिवक्ताबाट राजीनामा गरेका थिए ।

नेपथ्यमा वामपन्थी गठबन्धनको कसरत भइरहे पनि मंसिरको चुनावमा अहिलेको सत्ता गठबन्धनबीच नै चुनावी तालमेल हुने सम्भावना प्रबल छ । कांग्रेस र माओवादीबीच तालमेलका विभिन्न मोडालिटीमा कुराकानी भइरहेको छ । 

स्थानीय तहमा अपनाएको फर्मुला प्रतिनिधि सभामा लागू हुने सम्भवना छैन । स्थानीय निर्वाचनमा जनमत बदलिएको भन्दै कांग्रेसले पुरानो फर्मुला मान्य नहुने दाबी गरिरहेको छ ।

यसअघि जितेको निर्वाचन क्षेत्र लिएर चुनाव लड्ने मापदण्ड झापाकै कारण लागू गर्न कांग्रेसलाई अप्ठ्यारो छ । कांग्रेससँग चुनावी तालमेल गर्दा माओवादी केन्द्रले झापामा २ सीट दाबी गर्ने तयारी गरेका छ । 

झापा १ मा विश्वप्रकाशको भेट रविन कोइरालासँग 

झापा १ मा नेपाली कांग्रेसका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्मा नै चुनावी मैदानमा उत्रिने लगभग निश्चितजस्तो छ । चुनावको सम्भावित नतिजाबारे शर्माले तीनजनाको टीम बनाएर अनौपचारिक सर्वेक्षण शुरू गरेका छन् ।

जिल्लाका नेताहरूसँगको ब्रिफिङमा शर्माले काठमाडौंबाट तीनजना सर्वेक्षक आएर फिल्डको अवस्थाबारे सुक्ष्म विश्लेषण गरिरहेको बताएका थिए । 

विगतमा दुईपटक पराजय व्यहोरेका शर्माले यसपटक नतिजा उल्टाउने योजना बनाएका छन् । जीत सुनिश्चित हुने भएमात्र उनले उम्मेदवारी घोषणा गर्नेछन् । कांग्रेसको महामन्त्री रहेको र भविष्यमा मन्त्री बन्ने सम्भावना रहेकाले यस क्षेत्रका मतदाताले यसपटक आफूलाई विजयी गराउने शर्माको विश्वास छ । 

२०७४ सालको प्रतिनिधि सभा चुनावमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा माओवादी केन्द्रका सुरेन्द्र कार्की (राम कार्की)सँग पराजित भएका थिए । 

कांग्रेससँग तालमेल भए विश्वप्रकाशको क्षेत्रबाट कार्की विस्थापित हुने सम्भावना ज्यादा छ । विश्वप्रकाश र राम कार्कीमध्ये एकले झापाको कुनै अर्को क्षेत्र रोज्नुपर्नेछ । झापा १ का सडक ‘अफ्रिकन सुन्दरीका गाला जस्तै चिल्लो’ बनाउने चुनावी नारा बनाएका कार्कीले एमालेसँग गठबन्धन हुँदा शर्मालाई पराजित गरेका थिए । 

एमालेसँगको तालमेलका कारण कार्कीले ३६ हजार १ सय ७३ मत पाउँदा विश्वप्रकाशले ३३ हजार ३ सय १० मत पाएका थिए । कथंकदाचित विश्वप्रकाश शर्मा उठेनन् भने यो क्षेत्रबाट उषा गुरुङ उठ्ने सम्भावना छ । उनी यसअघि दुवै संविधान सभामा समानुपातिक सांसद थिइन् । 

चुनावमा उठे भने विश्वप्रकाशको भेट एमालेका रविन कोइरालासँग हुने सम्भावना छ । २०७० सालको चुनावमा कोइरालासँग शर्मा पराजित भएका थिए । कोइराला झापाको मेचीनगर नगरपालिकाका पूर्व मेयर पनि हुन् । देशभर कांग्रेसले राम्रो नतिजा ल्याएको समयमा विश्वप्रकाशको गृहनगरमा भने कांग्रेस पराजित बनेको छ । 

झापा क्षेत्र नम्बर १ मा पर्ने मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामध्ये गाउँपालिकामा मात्र कांग्रेस विजयी भएको छ । मेचीनगरमा कांग्रेसको अवस्था खस्किएको छ । यसअघि १५ मध्ये ७ वडा जितेको कांग्रेस अहिले ३ वटामा खुम्चिएको छ । विश्वप्रकाशको वडा रहेको ९ नम्बरमा कांग्रेसको पराजय भएको छ । बुद्धशान्तिमा पाएको राम्रो मत विश्वप्रकाशको आधार हो । 

वाककला भएका शर्मालाई चुनाव परिचालनको कमाण्डर बनाएर समानुपातिक सूचीको अग्रस्थानमा राख्ने निर्णय भएपनि आश्चर्य मान्नुपर्ने छैन । त्यसो हुँदा राम कार्कीले गठबन्धनको तर्फबाट टिकट पाउने सम्भावना रहन्छ ।

झापा २ मा एमालेभित्र रस्साकस्सी

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा झापा २ बाट एमालेकी पवित्रा निरौला खरेल कांग्रेसका उद्धव थापालाई पराजित गरेर विजयी भएकी थिइन् ।

खरेलले ४५ हजार ८ सय १७ मत प्राप्त गर्दा कांग्रेसका उद्धव थापाले ३१ हजार ५० हजार मत प्राप्त गरेका थिए । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति रहेकी खरेलले माधव नेपालको साथ छाडेर एमाले नै रोजेकी छिन् । तर अग्नि खरेलले समेत यही क्षेत्र रोजेका कारण एमालेले कसलाई उम्मेदवार बनाउँछ भन्ने एकिन छैन ।

नेकपा एमाले प्रदेश १ कमिटी इन्चार्ज समेत रहेका देवराज घिमिरे यही क्षेत्रबाट चुनाव लड्ने तरखरमा छन् । अध्यक्ष ओलीका विश्वासपात्र घिमिरेले टिकट फुत्काउने सम्भावना प्रबल रहेको जिल्लाका एक नेताले बताए । खरेल र घिमिरेका अतिरिक्त चिन्तन पाठकले पनि यही क्षेत्रबाट चुनाव लड्न रुचि देखाएका छन् । 

प्रत्यक्षतर्फ पनि केही क्षेत्रमा महिला उठाउनुपर्ने बाध्यताका कारण एमालेबाट पवित्राले फेरि टिकट पाउने सम्भावना पनि छ । प्रत्यक्ष चुनाव जितेको र महिला भएका कारण उनको टिकट खोस्न एमालेलाई कठिन हुनेछ ।

झापा २ मा नेपाली कांग्रेसका तर्फबाट सरिता प्रसाईं बलियो दाबेदार हुन् । एमालेले खरेल र कांग्रेसले प्रसाईंलाई टिकट दियो भने यो क्षेत्रमा दुई महिलाबीच प्रतिस्पर्धा हुने सम्भावना छ । तर, दुवै महिलाले टिकट पाउने निश्चित भने छैन । 

गुरुराज घिमिरेलाई २ भोटले पराजित गरेर कांग्रेसको प्रदेश १ सभापति बनेका थापा कांग्रेसका तर्फबाट फेरि उम्मेदवार बन्ने सम्भावना पनि छ ।

नेपाली कांग्रेस झापाका एक नेताका अनुसार सुधीर सिवाकोटी र केशवकुमार बुढाथोकी पनि यस क्षेत्रबाट टिकटका आकांक्षी हुन् । 

प्रसाईं यसअघि राष्ट्रिय सभा सदस्य थिइन् भने सुधीर र केशवकुमार यसअघि संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सिटौला–लिङ्देनको क्षेत्रमा मार्सी प्रवेश !

कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरेर २०७४ सालमा झापा ३ बाट राजेन्द्र लिङ्देन उदाएका थिए ।

प्रतिनिधि सभामा राप्रपाको बिउ जोगाएका लिङ्देन गत मंसिरमा सम्पन्न महाधिवेशनबाट राप्रपाको अध्यक्ष बने । पूर्वपञ्चको पार्टीका अध्यक्ष लिङ्देन समकालीन नेताहरूका सम्बन्धमा बोलेको एउटा डायलगका कारण अहिले निकै चर्चित छन् । कांग्रेस महाधिवेशन उद्घाटनका क्रममा लिङ्देनले नेतालाई गाउँमा चोर आयो भनेर भन्ने गरेको भन्दै भाषण गरेका थिए । 

झापामा चुनाव जित्नका लागि कांग्रेस या एमाले दुवैले राप्रपाको मुख हेरेका छन् । कांग्रेसले माओवादीसँग तालमेल गर्ने सम्भावना ज्यादा रहेकाले राप्रपासँग एमालेले तालमेल गर्ने सम्भावना छ । 

२०७४ सालमा ४४ हजार ६ सय १६ मत पाएर लिङ्देन विजयी भएका थिए । कांग्रेसका कृष्ण सिटौलाले ३१ हजार १ सय ७१ मत पाएका थिए । 

कांग्रेस र राप्रपा दुवैले आफ्नो अवस्था सुदृढ बनेको दाबी गरेका छन् । स्थानीय तह चुनावमा झापामा अनौठो तालमेल भएको थियो । कचनकवलमा राप्रपालाई हराउन कांग्रेस र एमाले मिलेका थिए भने ओलीको क्षेत्रमा एमाले हराउन राप्रपा र कांग्रेस मिलेका थिए । स्मरणीय छ, चितवनको भरतपुरमा एमाले र राप्रपा मिलेका थिए । 

यही क्षेत्रमा दुर्गा प्रसाईंले पनि आँखा गाडेका छन् । झापामा बी एण्ड सी मेडिकल कलेज स्थापना गरेका प्रसाईंले लामो समयदेखि चुनावको तयारी गरिरहेका छन् । प्रसाईंका अतिरिक्त हरि राजवंशीले पनि यो क्षेत्रबाट चुनाव लड्ने आकांक्षा देखाएका छन् । प्रसाईंले भने अनौपचारिक रूपमा चुनावको प्रचारप्रसार नै शुरू गरेका छन् । 

झापा ४ मा को बन्ला उम्मेदवार ?

२०७४ सालको चुनावमा झापा ४ मा एमालेका लालप्रसाद सावा लिम्बू विजयी भएका थिए ।

लालप्रसादले ४३ हजार ५ सय १५ मत पाउँदा कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका थिए । राई लिम्बूको बाहुल्य रहेको यो क्षेत्रमा जनजाति उम्मेदवार उठाउनुपर्ने दबाब दलहरूलाई छ ।

चुनावी तालमेलमा साटफेर नभए कांग्रेसका तर्फबाट थेवे नै उम्मेदवार बन्ने लगभग निश्चित छ । पार्टीको जिल्ला सभापति रहेका कारण थेबे उम्मेदवार बन्ने पबल सम्भावना छ । 

एमालेमा भने लालप्रसादको विकल्प खोज्न तीब्र दबाब छ । वैदेशिक रोजगार व्यवसायीको पृष्ठभूमि रहेका सावा स्थानीय स्तरमा नभिजेको भन्दै कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।

झापा ४ बाट उठ्नका लागि एमालेको बलियो उम्मेदवार नभएपनि राधाकृष्ण खनाललाई उठाउने चर्चा शुरू भएको छ । 

केपी ओलीसँग भिड्न को आउला ? 

झापा ५ बाट यसपटक पनि ‘हेवी वेट’ उम्मेदवार चुनावी मैदानमा आउँदैछन् । दुईपटक प्रधानमन्त्री बनिसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने पात्रबारे कांग्रेसले अहिलेसम्म टुंगो लगाएको छैन ।

२०७४ सालको चुनावमा ओली ५७ हजार १ सय ३९ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरेका थिए । 

ओली प्रधानमन्त्री रहेको समयमा अधिकारी ओलीसँग फेरि चुनाव लड्ने भन्दै चर्चामा आएका थिए । 

प्रतिनिधि सभा सदस्य महिन्द्र सुब्बा या सुरेश सुब्बा आकांक्षी छन् । तर, ओलीसँग भिडनका लागि प्रभावशाली नेताको खोजी भइरहेको कांग्रेसका एक जिल्ला नेताले लोकान्तरलाई बताए । 

गत प्रतिनिधि सभा चुनावमा कांग्रेस उम्मेदवारसँग झण्डै ३० हजार मतान्तरले विजयी भएपनि अहिले जनमत फेरिएको छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा ओलीको गृहनगरमा एमाले पराजित भएको छ । 

जालझेल र तिकडम गरेर सरकारबाट हाइएपनि मूलढोकाबाट फेरि सिंहदरबार प्रवेश गर्ने ओलीले बताउँदै आएका छन् ।

प्रधानमन्त्रीमा ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका ओलीलाई चुनौती दिनका लागि कांग्रेसका तर्फबाट त्यो स्तरको नेता फेला परेको छैन । सरकारमा रहँदा ओलीले निर्वाचन क्षेत्रमा बजेट खन्याएका थिए । 

सत्ता गठबन्धनबीच चुनावी तालमेल भएमा एमालेले स्थानीय तह निर्वाचनमा जस्तै राप्रपा, राप्रपा नेपाललगायत दलसँग गठबन्धन बनाउने योजना बनाएको छ ।

एमालेको बलियो पकड भएको क्षेत्रमा ओली आफैँ पनि बलिया उम्मेदवार हुन् । राप्रपा, राप्रपा नेपाललगायतको भोट थपिँदा उनलाई जीत निकाल्न सहज हुने जिल्ला नेताहरूको आकलन छ । 

२०६४ सालमा विश्वदीप लिङ्देनले अप्रत्यासित रूपमा पराजित गरेबाहेक ओलीले झापाबाट जीत निकलिरहेका छन् ।

स्थानीय नेताका अनुसार ओलीलाई झापा २ बाट चुनाव लड्न पनि कार्यकर्ताले प्रस्ताव गरेका छन् । तर ओलीले भने ५ बाटै चुनाव लड्ने तयारी गरेको एक जिल्लास्तरीय नेताले लोकान्तर बताए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x