×

NMB BANK
NIC ASIA

नुनमा आयोडिनको मात्राबारे बहस : साल्ट ट्रेडिङ भन्छ– 'सरकारी नीतिअनुसार नै मिसाएका हौं'

पोषण महाशाखाको दाबी– नुन प्रयोग गर्न डराउनुपर्ने आवश्यकता छैन

असार ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 केही दिनअघि नेपालीको भान्छामा प्रयोग गरिने नुनमा आयोडिनको मात्रा बढी भएको खबर सनसनीपूर्ण रूपमा चर्चामा आयो ।

Muktinath Bank

नेपाली वैज्ञानिकहरूले गरेको एक अध्ययनमा नेपालीको भान्सामा प्रयोग गरिने नुनमा आयोडिनको मात्रा बढी पाइएको उल्लेख गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं इन्स्टिच्यूट अफ एप्लाइड साइन्सका निर्देशक वरिष्ठ वैज्ञानिक डा. वसन्त गिरीको टोलीले गरेको अनुसन्धान बारेको लेख अमेरिकाको द न्यूयोर्क एकेडेमी अफ साइन्सको जर्नल एनल्समा प्रकाशन गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सो अध्ययनमा ९८ प्रतिशत घरमा आयोडिनयुक्त नुन प्रयोग गर्ने गरेको पाइएको उल्लेख छ । 

Vianet communication
Laxmi Bank

यस्तै ८४ प्रतिशत नुनको नमूनामा अत्याधिक आयोडिन पाइएको उल्लेख छ । 

सो अध्यययनमा २ हजार ११७ नुनका नमूना संकलन गरेर आयोडिनको मात्रा विश्लेषण गरिएको बताइएको छ । 

सोही जर्नलमा लेख प्रकाशित भएपछि नेपालमा आयोडिन बढी मात्रामा खाइरहेको र यसले शरीरलाई हानी भइरहेको भन्दै चिन्ता व्यक्त हुन थाल्यो ।

उपभोक्ता तथा उपभोक्ताको हकहितका लागि काम गर्ने अभियन्ता तथा अधिकारकर्मीहरूले सरकारले आयोडिनको मात्रालाई लेभलमा ल्याउनुपर्ने बताउन थाले । 

यस्तो छ नेपालमा आयोडिनको प्रयोगको इतिहास

नेपालमा सन् १९६५ भन्दा अघि प्रत्यक्ष रूपमा आयोडिन प्रयोगमा ल्याइएको थिएन ।

खासगरी समुद्री खानामा बढीमात्रामा पाइने आयोडिन नेपालीले सहजै प्रयोग गर्न सक्ने पहुँचको पनि विकास भएको थिएन । जसका कारण आयोडिनको अभावबाट हुने रोग अथवा समस्याहरू नेपालीमा व्याप्त थियो । गलगाँडा, लुलो, अपांगता, सुस्तमनस्थिति, गर्भ तुहिनेजस्ता समस्याले नेपालीहरू ग्रस्त थिए । 

त्यसपछि सन् १९६५ मा नेपाल सरकारले भारत सरकार र विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा एक अध्ययन गर्‍यो । सो अध्ययनमा नेपालमा आयोडिनको कमीबाट ५५ प्रतिशत जनतालाई गलगाँडको समस्या भएको पाइएको थियो । 

समयक्रमसँगै सन् १९७९/८२, १९८५/८८ र १९९८ मा विभिन्न किसिमका अध्ययन भए । ती अध्ययनहरूमा नेपालीहरूमा आयोडिनको अभावबाट केही न केही समस्या देखिएको थियो ।

त्यसपछि नेपाल सरकारले औपचारिक रूपमा सन् १९९८ बाट नुनको प्याकेटमा आयोडिन मिसाएर मुलुकभर बिक्री वितरण गर्न शुरू गरेको थियो । जुन अहिलेसम्म पनि साल्ट ट्रेडिङ कर्पोरेसनले विक्री गर्दै आएको छ । 

नुनमार्फत आयोडिन हरेक नेपालीको भान्सामा पुर्‍याउन थालिएसँगै आयोडिनको अभावमा हुने शारीरिक तथा मानसिक समस्याहरू शुन्यप्रायः जस्तै भएको अध्ययनहरूले देखाएका छन् । 

सन् २०१६ को एक अध्ययनअनुसार नेपालमा ९४.५ प्रतिशत नेपालीको घरमा आयोडिनयुक्त नुनको प्रयोग गरिएको छ । सोही अध्ययनले नेपाली नागरिकमा आयोडिनको अभावबाट हुने समस्याहरू नरहेको समेत देखाएको छ । 

आयोडिनको मात्रा कति आवश्यक ?

नेपालमा भौगोलिक विविधताका कारण नुनको प्रयोग घटबढ भइरहेको पाइन्छ । 

कुनै भेगमा अलि कडा नुन खाने त कुनै भेगमा केही कम खाने प्रवृत्ति नेपालमा पाइन्छ ।

अध्ययनहरूले नेपालमा एक व्यक्तिले दैनिक ६ ग्रामदेखि ९ ग्रामसम्म नुन खाने गरेको पाइएको देखाएका छन् । 

कतिपय अवस्थामा फरक किसिमका खानपानले पनि यसको मात्रा थपघट बनाउँछ । 

सन् २००१ मा विश्व स्वास्थ्य संगठन, आईसीसीआईडी र युनिसेफले आयोडिनको कमीका कारण आइपर्ने समस्याको पहिचान र त्यसको समाधानबारे एक घोषणापत्र तयार पारेका छन् । 

जसमा आयोडिनको मात्रा कुन अवस्थामा कति हुनुपर्छ भन्नेबारे उल्लेख गरिएको छ । 

विश्व स्वास्थ्य संगठनसहितका ती संस्थाहरूले प्याकेजिङ गर्दा ५० देखि ६० पीपीएम, पसलमा २०–३० पीपीएम र भान्सामा पुग्दा कम्तिमा १५ पीपीएम आयोडिन हुनै पर्ने बताएका छन् । 

सरकारले नेपालमा पनि विश्व स्वास्थ्य संगठन लगायतकै सुझावस्वरुप प्याकेजिङमा कम्तिमा ५० पीपीएम आयोडिन हुनुपर्ने भनेको छ । यस्तै पसलसम्म पुग्दा २०–३० पीपीएम र भान्सामा कम्तिमा १५ पीपीएम आयोडिन पुग्नुपर्ने भनेको छ । 

यो अवस्थामा नष्ट हुन्छन् आयोडिन    

आयोडिन समयक्रमसँगै नष्ट भएर जाने हुन्छ । खाना पकाउने तरिका र नुनको प्रयोगमा पनि आयोडिन कति उपभोग हुन्छ भन्ने निर्भर हुने सरोकारवालाहरू बताउँछन् । 

खाना उसिनेर वा पकाएर माथिबाट नुन छर्किएको अवस्थामा ५० पीपीएम आयोडिन आवश्यक हुँदैन । तरकारी पकाउँदा शुरूमै नुन हालेमा त्यसमा भएको आयोडिन नस्ट हुन्छ । 

अध्ययनहरूले भनेका छन् कि तरकारी पकाउने क्रममा ३० देखि ७० प्रतिशत आयोडिन नष्ट हुने भारतमा गरिएको एक अध्ययनले पुष्टि गरेको छ । 

तरकारी पाउँदा कागती वा गोलभेँडा निचोरेर हालेको अवस्थामा अत्यधिक मात्रामा आयोडिन नष्ट हुने विज्ञहरू बताउँछन् ।  

अध्ययनमा साल्ट ट्रेडिङको आपत्ति

नेपालमा नुनको बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आफूहरूले जनमानसको स्वास्थ्यमा हानी हुने काम नगरेको दाबी गरेको छ । 

सार्वजनिक भएको प्रतिवेदनले सामान्यमात्रै जानकारी राखेको र कम अध्ययन गरेको भन्दै आफूहरूले सरकारको नीतिभित्र रहेर जनस्वास्थ्यलाई लाभ हुने गरी नै नुनको बिक्री वितरण गरिरहेको कर्पोरेसनका प्रबन्धक ब्रजेश झाले लोकान्तरलाई बताए । 

उनले भने, ‘स्वास्थ्य मन्त्रालयले नुन उत्पादनको समयमा कम्तिमा ५० पीपीएम आयोडिन आवश्यक भनेको छ तर अधिकतम छुट्याएको छैन,’ उनले भने, ‘हामीले मन्त्रालयको लिखित निर्देशन अनुसार नै आयोडिन मिसाएका हौँ, जनस्वास्थ्यको रक्षा गर्न प्रतिबद्ध छौँ ।’

उनले कर्पोरेशनले नेपालका हरेक नागरिकमा नुनको पहुँच पुर्‍याएको भन्दै यसले आयोडिनको अभावबाट सिर्जना हुने समस्याहरू निर्मुल पार्ने अभ्यासमा ठूलो फड्को मारेको उल्लेख गरे । 

‘हामी हाम्रो कर्मप्रति गौरभान्वित छौँ, आज दक्षिण एसियामै आयोडिनको अभावमा हुने समस्या निर्मुल पार्ने अभ्यासमा नेपालले ठूलो फड्को मारेको छ,’ उनले भने । 

अध्ययनको हवाला दिँदै केही व्यक्ति र संस्थाले जनस्वास्थ्यमा धावा बोल्ने काम गरेको भन्दै उनले आपत्ति समेत जनाए । ​

पोषण महाशाखाले भन्यो– नुनको प्रयोगमा डराउनुपर्ने आवश्यकता छैन

स्वास्थ मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गत पोषण महाशाखाले नेपालमा आयोडिनको प्रयोग सही मात्रामा नै भइरहेको बताएको छ ।

महाशाखा प्रमुख लीलाविक्रम थापाले नेपालमा आयोडिनको प्रयोग सही मात्रामै भइरहेको बताउँदै साल्ट ट्रेडिङको काममा शंका गर्नुपर्ने आवश्यकता नरहेको दाबी गरे । 

उनले भने, ‘साल्ट ट्रेडिङले पटक–पटक रिपोर्ट दिइरहेको हुन्छन्, नमूनाहरू अध्ययन गरिरहेका हुन्छन् । त्यो अध्ययनहरू हामीले हेरिरहेका हुन्छौँ, यसकारण उसको काममा शंका गर्नुपर्ने ठाउँ छैन ।’

मन्त्रालयले आयोडिन प्रयोगको अधिकतम रेसियो नतोकिएको भन्दै कम्तिमा ५० पीपीएम पुर्‍याउनैपर्ने र त्यसको आसपास हुँदा फरक नपर्ने बताए । 

माथि उल्लेख गरिएको अध्ययनमा प्याकेजिङमा ५४ पीपीएम आयोडिन रहेको बताइएको थियो । 

‘सन् २०१६ मा पिसाबमा आयोडिनको मात्रा कति गयो भनेर हेर्ने भन्ने विधिबाट ६ देखि ९ कक्षासम्म पढ्ने विद्यार्थीमा पनि हेरियो, प्रजनन महिलाको उमेर समूहमा पनि हेरियो, गर्भवती महिलामा पनि हेरियो,’ महाशाखा प्रमुख थापाले भने, ‘यी सबै समूहमा पिसाबमा गएको आयोडिनको मात्रा हेर्दा डब्ल्यूएचओको मापदण्ड अनुसार अधिकतम ३०० पीपीएम छ । बालबालिकामा गरेको परीक्षणमा भने ३ सय १४ देखिएको छ, अरू सबैमा ३ सयभन्दा कम छ । यो राम्रो हो ।’   

अहिले नेपालमा आयोडिनको उच्चतम मात्रा कति राख्ने भन्ने विषयमा छलफल भइरहेको र छिट्टै निर्णयमा पुगिने समेत उनले जानकारी दिए । 

महाशाखा प्रमुख थापाले अहिले नुनको प्रयोगमा डराउनुपर्ने कुनै अवस्था नरहेको भन्दै निर्धक्क भएर आवश्यक नुन प्रयोग गर्न अपिल समेत गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x