×

NMB BANK
NIC ASIA

जिउँदो व्यक्तिको मृत्यु दर्ता बनाएर ७ करोडको जग्गा बिक्री, ५ जना पक्राउ

असार ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जिउँदो व्यक्तिको नक्कली मृत्यु दर्ता गरेर जग्गा बिक्री गर्ने गिरोहलाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । 

Muktinath Bank

जापानमा बस्ने व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर कीर्तिपुर–२ स्थित कित्ता नं. ३४४ को ३६१.९५ वर्गमिटरको जग्गा बिक्री गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्युरोका अनुसार २४ वर्षदेखि जापानमा बसोबास गर्ने शान्तिदेवी लोहनीको जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको हो । लोहनी बेलाबखतमा मात्र नेपाल आउने गर्थिन् । सोहीक्रममा २०६१ माघ १३ गते उनले सो जग्गा खरिद गरेर पुनः जापान गएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

उनी यही जेठ ५ गते नेपाल आइन् । जेठ १३ गते मालपोत कार्यालय कलंकीमा सक्कल पूर्जा देखाएर बायोमेट्रिक प्रणालीमार्फत् अभिलेखन गर्ने क्रममा उनको जग्गा बिक्री भइसकेको खुलेको थियो । 

Vianet communication
Laxmi Bank

गिरोहले उनको मृत्यु भएको भन्दै मृत्यु प्रमाणपत्र पेश गरेर नक्कली तारानिधि लोहनी (श्रीमान) बनेर नामसारी गरेका थिए । नक्कली तारानिधि बनेका व्यक्तिको नामबाट २०७७ फागुन १० गते सुनीता कर्माचार्यको नाममा नामसारी भएको अनुसन्धानका क्रममा खुलेको ब्युरोले जानकारी दिएको छ । ती नक्कली तारानिधि बनेका व्यक्तिले शान्तादेवीको मृत्यु २०७७ भदौ १३ गते कालगतिले भएको र उसको हकवाला आफू श्रीमान भएको भन्दै कीर्ते कागजातहरू बनाएर २०७७ पुस १५ गते मृत्यु नामसारी गराएका थिए । 

त्यसपछि फागुन १० गते सुनीता कर्माचार्यलाई तीन करोड ७० लाख रूपैयाँमा बिक्री गरिएको खुलेको छ । 

वास्तविक जग्गाधनी शान्तादेवीले करीब ७ करोड मूल्य बराबर पर्ने जग्गाको ठगी मुद्दामा अनुसन्धानका लागि ब्युरोमा असार १ गते जाहेरी दिएकी थिइन् । ब्युरोले सो गिरोहलाई काठमाडौंका विभिन्न स्थान र चितवनबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द (नक्कली तारानिधि), सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेशबहादुर खनाल, सोलुखुम्बु घर भई बूढानीलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घर भई वनस्थली बस्ने ममता भन्ने डासीमाया श्रेष्ठ रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x