×

NMB BANK
NIC ASIA

पहुँचको दुरुपयोग

राजनीतिक आडमा खोला र कुलो मिचेर ३ रिसोर्ट सञ्चालन, उल्टै डराउँछ स्थानीय सरकार !

असार ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पहुँच हुँदा जे गरे पनि हुन्छ भन्ने उदाहरण बनेका छन् मोरङका ३ रिसोर्ट । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यसहित करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएका रिसोर्टहरू खोला र पैनी (कुलो) मिचेर बनाइएका छन् ।

Muktinath Bank

सरकारी मापदण्ड नै मिचेर बनाए पनि सम्बन्धित निकाय मौन छन् । त्रिवेणी रिसोर्ट, गोकुलम र गोकर्ण रिसोर्टले खोलाको जग्गा नै हडपेर संरचना बनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोलाको जग्गा नै हडपेर संरचना बनाए पनि संरचना पास भएका छैनन् ।


Advertisment
Nabil box
Kumari

गोकर्ण रिसोर्टले कुलोकै माथि संरचना बनाएको छ, रिसोर्टको बीच भागबाट कुलो बग्ने गर्छ । नयाँ नगरपालिका बन्नुभन्दा अगाडि निर्माण गरिएको भनेर साविकको सुन्दरदुलारी नगरपालिकामा अभिलेखीकरण गरिएको छ तर संरचनाहरू नगरपालिका बनेपछि मात्रै निर्माण भएका छन् ।

Vianet communication
Laxmi Bank

गोकर्ण रिसोर्टका सञ्चालक रमेश आचार्यले कुलोको जग्गा मिचेर रिसोर्ट बनाएको स्वीकार गरेका छन् । आफ्नै ठाउँको पर्यटन प्रवद्र्धन गर्नका लागि कुलो मिचेको उनले बताए । आफू सामाजिक व्यक्ति समेत भएकाले कसैले विरोध समेत नगरेको उनले बताए । 

गोकर्ण रिसोर्टले २०७३ कात्तिक ४ गते २१९१.४६ वर्गफिटको पहिलो चरणको निर्माणको प्रमाणपत्र लिएको थियो । दोस्रो चरणमा २०७४ जेठ १६ गते इजाजत लिएको छ । सुन्दरदुलारी नगरपालिका हुँदा नै पहिलो र दोस्रो चरणको इजाजत दिइएको सुन्दरहरैचाको घर नक्सा शाखाले जनाएको छ । अन्तिम चरणमा भने नगरपालिकाले इजाजत दिएको छैन ।

नगरपालिकाका एक कर्मचारीले भने, ‘पहिला कसरी २ चरणको इजाजत पाएका रहेछन् भनेर हामी नै अन्योलमा परेका छौं ।’

पहिलो र दोस्रो चरणमा इजाजत पाएको भन्दै विभिन्न नेताहरू लगाएर निर्माण सम्पन्नताको इजाजत दिन दबाब दिने गरिएको ती कर्मचारीले बताए । सम्पन्नताको इजाजत नदिँदा दबाब धान्न नसकिने अवस्था आएको कर्मचारीहरू बताउँछन् । 

रिसोर्टका सञ्चालक रमेश आचार्य कांग्रेस निकटका हुन् । सुन्दरहरैचाका निवर्तमान मेयर शिवप्रसाद ढकालसँग नजिक भएकै कारण उनले आफ्नो व्यवसायलाई राम्ररी चलाएका थिए । उनी आफू सामाजिक व्यक्तित्व भएको बताउँछन् । उनले कुलो मिचेको स्वीकार पनि गरेका छन् ।

आचार्यले भने, ‘म सामाजिक व्यक्तित्व पनि हो, सुन्दरहरैचामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मेरो ठूलो भूमिका छ ।’ 

गोकुलम रिसोर्टले सुनसरी र मोरङको सीमा भएर बग्ने बुढीखोलाकै जग्गा ओगटेर संरचना बनाएको छ । खोलाबाट फुटेर आएको भंगालो गोकुलमको मुख्य आम्दानी हो । त्यही भंगालोलाई थुनेर पोखरी बनाइएको छ । पोखरीको बीचमा पर्यटकहरूले खाजा नास्ता खाने गरी डुंगाको आकारको घर नै निर्माण गरिएको छ । त्यो घरसम्म पुग्नका लागि डुंगाको प्रयोग गरेर पर्यटक पुग्ने गर्छन् । सबैभन्दा बढी लगानी पनि गोकुलममै भएको देखिन्छ ।

गोकुलममा पुगेर खोला अतिक्रमणको विषयमा सञ्चालक रमेश कार्कीसँग भेटेर प्रतिक्रिया लिन खोज्दा कर्मचारीले ‘सरले कसैसँग भेट्ने समय नमिलाउनु भन्नुभएको छ’ भनेर भेट गर्ननै दिएनन् ।

गोकुल रिसोर्टले नगरपालिका बन्नुभन्दा अगाडि नै संरचना निर्माण गरिएको भन्दै २०७६ कात्तिक २४ गते भवन अभिलेखीकरण मात्रै गरेको छ । खोलाको जग्गा ओगटेको देखेपछि पास नहुने डरले नगरपालिका बन्नुभन्दा अगाडि नै संरचना बनाएको भनेर अभिलेखीकरण मात्रै गराएको छ । ५ हजार ६४०.६६ वर्गफिटको विभिन्न चरणमा निर्माण गरिएको संरचना भनेर अभिलेखीकरण गरेको नगरपालिकाको तथ्यांकमा रहेको छ । जहाँ स्वीमिङ पुल, कार्यालय सभाहल लगायतका संरचना निर्माण गरिएका छन् ।

२०७६ मंसिर ४ गते ४ हजार ३५६.८० वर्गफिट क्षेत्रफलमा विभिन्न संरचना निर्माण गरिएको अभिलेखीकरण गरिएको छ । नगरपालिका बन्नुभन्दा अगाडि बनेका भवन मात्रै अभिलेखीकरण हुने गरेका छन् । रिसोर्टले नगरपालिका बनेपछि पनि धमाधम संरचना बनाएर अभिलेखीकरण गराउँदै आएको छ ।

२०७८ मंसिर ९ गते ४ हजार ६७२.२१ वर्गफिट क्षेत्रफलमा संरचना निर्माण गरिने भएकाले अनुमति दिन भनेर नगरपालिकाको घरनक्सा शाखामा निवेदन दिएको छ तर उनले अनुमति पाएका छैनन् । कर्मचारीहरू नक्सा पास नगर्दा दबाब थेग्न गाह्रो भएको बताउँछन् । कार्की वामपन्थी निकट मानिए पनि कतै खुलेका छैनन् । 

त्रिवेणी रिसोर्ट पनि खोलाकै किनारमा सञ्चालनमा छ । खोलालाई साँघुरो बनाएर संरचना बनाइएको छ । गछिया खोलाको किनारमा बनाइएको रिसोर्टमा १३ जनाको लगानी छ । विभिन्न दलमा रहेका नेतादेखि नगरपालिकाकै कर्मचारीसम्मको लगानी छ । पहुँचकै भरमा रिसोर्ट सञ्चालन गरिएको छ ।

१३ जनाको संयुक्त लगानीमार्फत सञ्चालन भइरहेको रिसोर्ट ९ बिगाहाभन्दा बढी जग्गामा सञ्चालनमा छ तर निर्माण गरिएका संरचनाको नक्सा पास छैन । सञ्चालकहरू व्यवसायी नेतादेखि नगरपालिकाकै कर्मचारीसम्म छन् । पहुँचकै भरमा संरचना बनाइरहेका छन् तर रिसोर्टका  सञ्चालक राजेन्द्र धमलाले खोला नहडपेको दाबी गरे ।

भवन निर्माण मापदण्डमा खोलाभन्दा ३० मिटर टाढा मात्रै संरचना बनाउनुपर्ने उल्लेख गरिएको छ । गोकर्णका सञ्चालक रमेश आचार्यको लगानी त्रिवेणीमा समेत छ । लगानीकर्तामा तुलसी ढकाल, रमेश आचार्य, प्रेमप्रसाद ढकाल, रविन दाहाल, राजेन्द्र धमला, बेदप्रसाद दंगाल, युवराज दाहाल, डिल्लीराम गिरी, दुर्गाप्रसाद गिरी, पंचुलाल चौधरी, तुलसी भट्टराई, अर्जुन ढुंगाना, उमेश वस्ती लगायत छन् । सञ्चालकहरूले केही लगानीकर्ताका नाम सार्वजनिक गर्न मान्दैनन् । उमेश वस्ती एमाले मोरङका जिल्ला कमिटी सदस्य हुन् भने राजेन्द्र धमला नगर कमिटीमा छन् । 

खोला र कुलोमा बनेका ३ वटै रिसोर्टका सञ्चालकहरू राजनीतिमा जोडिएका कारण पनि भोट घट्ने डरले सम्बन्धित निकाय मौन हुने गर्छ । खोला साँघुरिएकै कारण प्रत्येक वर्ष बर्खामा डुबान हुने गर्छ । डुबान भएर विस्थापित बनेका नागरिकलाई बिस्कुट, चाउचाउ बोकेर सहानुभूति दिन खोज्ने जनप्रतिनिधिहरू डुबान हुनुको कारण खोज्दैनन् ।

इजाजत विना संरचना बनाइएको पाइए भत्काउने वा ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार नगर प्रमुखलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको छ तर पनि भोट घट्ने डरले कानूनले दिएको अधिकार समेत प्रयोग गर्दैनन् । 

सुन्दरहरैचाका मेयर केदारप्रसाद गुरागाईंले यस विषयमा बुझ्ने बताए । निर्वाचित भएर आएलगत्तै नगर सभाको काममा व्यस्त भएकाले बाहिरी कुरा बुझ्न नभ्याएको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x