असार १७, २०७९
सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्यांकले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा करिब रु २० अर्बको चामल आयात भएको थियो । १० वर्षपछि अर्थात् चालु आव...
काठमाडाैं | असार ८, २०७९
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीचको विवाद मंगलवार उत्कर्षमा पुगेर मत्थर भएको छ । मंगलवार दिउँसो वायुसेवा संघ र प्राधिकरणले पत्रकार सम्मेलन गरेरै आ–आफ्नो धारणा सार्वजनिक गरे ।
वायुसेवा कम्पनीहरूले प्राधिकरणबाट विनातयारी नियम लाद्न खोजेको भन्दै विरोध गरे । वायुसेवा कम्पनीहरूले आफ्नो माग पूरा गराउन बुधवारदेखि उडान ठप्प पार्ने घोषणा नै गरे ।
यसका लागि मंगलवार दिउँसो साढे १ बजेदेखि नै हवाइ टिकट बूकिङ बन्द गरिदिए । जसका कारण बुधवार बिहानभर प्रमुख वायुसेवा कम्पनीकै आन्तरिक हवाइ उडान प्रभावित भयो ।
प्राधिकरणले पनि सेवाप्रदायकले नियम पालना नगरे वायुसेवा कम्पनीको उडान अनुमति खारेज गरिदिने, अत्यावश्यक सेवा अवरुद्ध गरे पक्राउ गरेर कारवाही गर्ने चेतावनी दियो ।
प्राधिकरण र वायुसेवा बीचको टसललाई मत्थर गर्न मंगलवार राति नै वार्ता भयो । वार्तापछि दुवै पक्ष लचक भएर भद्र सहमति गर्दै बुधवार बिहान ११ बजेदेखि औपचारिकरूपमा उडान गर्ने सहमति जुट्यो ।
यो सहमतिलाई मूर्तरूप दिन आज बुधवार पनि वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच अनौपचारिक वार्ता भयो । उक्त वार्ता भने हिजो मंगलवारै भएको समझदारीलाई अन्तिम रूप दिने भन्नेमा मात्रै सीमित भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कंडेलले बताए ।
कुनै औपचारिक सहमति नै नगरी प्राधिकरणले लचकता अपनायो भने वायुसेवा कम्पनी माग पूरा गराउन सफल भएको भन्दै नियमित उडान अवरुद्ध नगर्ने निष्कर्षमा पुग्यो ।
कँडेलले भने, ‘वायुसेवा कम्पनीले उठाएका एजेन्डामा बुँदागत रूपमा सम्बोधन गर्दै जाने सहमति भएको छ । प्राधिकरणले ल्याएको नियम पनि क्रमिक रूपमा पालना गर्ने विषयमा अनौपचारिक सहमति भएको छ ।’
पछिल्लो समय देखिएको विवाद भने उड्डयन प्राधिकरणले हेलिकोप्टरलाई ८ असार र फिक्स विङ्स (नियमित उडानका वायुसेवा)लाई १३ असारदेखि काठमाडौं बाहिरकै विमानस्थलमा बस्नुपर्ने नियम ल्याएपछि भएको हो ।
आवश्यक पूर्वाधार नभएको, पूर्व तयारीका लागि समय नदिएको र हतारमा निर्णय गरिएकाले विरोध गर्नुपरेको कँडेलले बताए । उनले भने, ‘कार्यालय व्यवस्थित, प्राविधिकरूपमा भएर कर्मचारी तयार हुने र त्यसपछि मात्रै चरणबद्धरूपमा प्राधिकरणको नियम कार्यान्वयन गर्ने सहमति भएको हो ।’
आजको भोलि नै प्राविधिक काम हुन नसक्ने वायु सेवा कम्पनीहरूको जिकिर छ ।
रात्रि उडान गर्न सकिने ८ विमानस्थलमा राति जहाज पार्किङ गर्न सकिने भएपनि बर्सेनि विमानस्थल डुबानमा पर्ने, जनावरको आक्रमण हुने र बेलाबेलामा जहाजसँग जनावर ठोक्किन आइपुग्नेसहितका जोखिम छन् । यस्ता जोखिमकै बीच प्राधिकरणले जवरजस्ती काठमाडौंबाहिर पठाउन नहुने तर्क एक निजी वायुसेवा कम्पनीका कर्मचारीले गरे ।
‘वायुसेवाले नियामकका नियम नै नमान्ने भन्ने पनि होइन । व्यवस्थित ढंगबाट पूर्ण तयारीका साथ कार्यान्वयन गर्नुपर्छ भन्ने हो,’ कंडेलले भने ।
प्राधिकरणले ल्याएका अन्य विषय सबैमा आवश्यक परामर्श, सल्लाह र सहमति भएको छ ।
हवाइ उडान सुरक्षामा वायुसेवा सबै कम्पनी जिम्मेवार भएको र अन्य अव्यावहारिक विषयलाई तयारी गरेर मात्रै कार्यान्वयन गर्नुपर्छ भन्ने मात्रै आफूहरूको माग रहेको संघको भनाइ छ ।
सबैको हितमा आउने नियम नमान्ने भन्न पाइँदँन– प्राधिकरण
प्राधिकरणले भने सबैको हितमा आउने नियम मान्दिनँ भन्न नपाइने बताएको छ ।
प्राधिकरणले पछिल्लो समय गरेका निर्णय चरणबद्धरूपमा कार्यान्वयन गर्ने विषयमा कुनै दुविधा नभएकाले सबै कार्यान्वयन हुने पनि प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
प्राधिकरणले आन्तरिक वायुसेवालाई जहाँ पार्किङ अनुमति लिइएको हो, त्यहीँ जानुस् भनेको हो । यो विषयमा आवश्यक तयारी गरेर र अनुकूलताअनुसार बाहिर जहाज राख्ने भएका छन् ।
प्राधिकरणले ल्याएको नियमलाई नमान्नु भनेको परिवर्तनलाई सहजै स्वीकार नगरेको भन्ने देखियो । वायुसेवा कम्पनीहरूले आफैं काठमाडौं विमानस्थलमा भीड बढी भयो । जहाज उडान बाहिरबाट गर्ने भन्ने प्रस्ताव आउनुपर्ने थियो ।
अहिले उपत्यकाबाहिर पोखरा, विराटनगर, भैरहवा, जनकपुर, सिमरा, नेपालगञ्ज, चन्द्रगढी र धनगढीमा रात्रि उडान सुविधा छ । यी विमानस्थलमा जति उडान गर्न पनि सकिन्छ ।
आन्तरिक विमानस्थल दैनिक १८ घण्टा खुला हुन्छ ।
वायुसेवा कम्पनीले चाहेकै बेलामा उडान अवतरण हुन सक्ने उड्डयन प्राधिकरणको भनाइ छ । काठमाडौंबाहिर पार्किङ गर्नुले सम्बन्धित कम्पनीलाई नै लाभ हुने प्राधिकरणका निरौलाले बताए ।
पार्किङ व्यवस्थित हुन नसक्दा जोखिम बढ्ने र हवाइ सुरक्षालाई नै चुनौती दिने भएकाले पनि प्राधिकरणले सहजीकरण मात्रै गरिदिएको निरौला बताउँछन् ।
यसरी शुरू भएको थियो प्राधिकरण–वायुसेवा विवाद
प्राधिकरण र वायुसेवा कम्पनीबीच विवाद शुरू भएको १६ जेठदेखि हो ।
१५ जेठमा तारा एयरको विमान मौसमको खराबीका कारण मुस्ताङमा दुर्घटना भएपछि प्राधिकरणले हवाइ उडानको रुटमा मौसम पूर्ण खुला नभएसम्म उडान गर्न नपाउने निर्णय गर्यो ।
उक्त निर्णय वायुसेवा कम्पनी र मौसम विभागसँग समन्वय नै नगरी आएको थियो । सो निर्णयपछि १७ र १८ जेठमा दुर्गम क्षेत्रका आन्तरिक उडान प्रभावित भए । त्यसपछि मौसम विभाग इनरुटको मौसमबारे जानकारी दिन नसक्ने र जनशक्ति नभएको भन्दै पन्छिएपछि प्राधिकरणको निर्णयमा ठेस पुग्यो ।
सोही दिन हेलिकोप्टरमा २ जना पाइलट अनिवार्य गराउने निर्णय भएको थियो । यो निर्णयको वायुसेवाले विरोध गरेपछि अध्ययन गरेर मात्रै कार्यान्वयनमा जाने भनियो ।
अध्ययनपछि प्राधिकरणले पुनः ५ असारमा भीआईपी उडानमा दुईजना पाइलट राखेर हेलिकोप्टर उडाउनुपर्ने नियम जारी गर्यो । यो निर्णयमा पनि हेलिकोप्टर कम्पनीहरूको सहमति थिएन ।
सोही दिन आन्तरिक उडानका जहाजले १३ जेठदेखि र हेलिकोप्टरले ८ जेठदेखि काठमाडौं बाहिरै बस्नुपर्ने नियम ल्यायो । प्राधिकरणसँग असन्तुष्ट बन्दै आएका वायुसेवा कम्पनी यही विषयलाई निहुँ बनाएर आन्दोलित भए ।
प्राधिकरणको पछिल्लो निर्देशनले विमान कम्पनीहरूले उडान सञ्चालन अनुमति (एनओसी) लिँदा जुन विमानस्थलमा गएर रात बस्ने भनेको हो, त्यहीँ जानुपर्छ ।
प्राधिकरणको यही नियमविरुद्ध वायुसेवा कम्पनीले विरोध गरेका हुन् ।
वायुसेवा कम्पनीले भने बराबर अधिकार पाउनुपर्ने र जहाजको संख्या मूल्यांकन गरेर राति बिसान दिनुपर्ने माग राखेका छन् । यस्तो सुविधा नयाँ र पुराना सबै वायुसेवाले समान रूपमा पाउनुपर्छ भन्ने माग छ ।
वायुसेवा कम्पनीहरूले प्राधिकरणको निर्णय नमान्ने भन्दै निहुँ खोज्नुअघि सरकारले २६ जेठमै हवाइ सेवामा हड्ताल गर्न नपाउने व्यवस्था गर्यो ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार हवाई सेवामा हड्ताल निषेध गरिएको थियो ।
हवाइ उडान अत्यावश्यक सेवाभित्र पर्ने व्यवस्था हुँदाहुँदै पनि वायुसेवाले यात्रुलाई दुःख दिएरै भएपनि बुधवार ११ बजेसम्म उडान गरेनन् । अहिले भने यस विषयमा क्षमा माग्दै वायुसेवा कम्पनीले उडान सुचारु गरेका छन् ।
अझै पाइपलाइनमा ५ वायुसेवा
हाल आन्तरिक उडानमा ९ नियमित उडानका वायुसेवा र १० हेलिकोप्टर कम्पनी छन् ।
वायुसेवा कम्पनीसँग ५२ वटा जहाज छन् भने ३२ वटा हेलिकोप्टर छन् । यी वायुसेवामध्ये १७ वटा नियमित उडानका वायुसेवालाई मात्रै काठमाडौं विमानस्थलमा रात्रि बिसान गर्न पुग्ने क्षमता छ ।
बाँकी ३५ वटा जहाज दैनिक काठमाडौं बाहिरका विमानस्थलमा बस्नुपर्ने अवस्था छ ।
हाल काठमाडौं विमानस्थलको रिमोर्ट पार्किङ (लामो समय थन्काउने वा आवश्यक चेकजाँच गर्नुपर्ने प्रकृतिको जहाज राख्ने क्षेत्र)मा समेत जहाज राति राख्ने गरिएको छ ।
हेली पनि ३२ वटा पुगेको र सबैलाई ठाउँ दिन नसकेकै कारण प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा हेलिकोप्टर पार्किङ बनाइरहेको छ । उक्त पार्किङ पूरा हुन भने अझै एक वर्ष लाग्ने प्राधिकरणकै प्रवक्ता निरौलाले बताए ।
जहाज पार्किङको एजेन्डा र काठमाडौंमा जहाजको चापका कारण बढेको एयर ट्राफिकको समस्या समाधान हुन सकेको छैन । वायुसेवा कम्पनीबीच पछिल्लो समय हवाई भाडामा चर्को प्रतिस्पर्धा हुन थालेको छ ।
त्यसो त यात्रु बढेसँगै नयाँ वायुसेवा आउने क्रम भने रोकिएको छैन ।
प्राधिकरणका हवाई उड्डयन सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठका अनुसार अन्नपूर्ण हेलिकोप्टर नामक नयाँ कम्पनी सञ्चालनमा आउनलाई अन्तिम तयारीमा छ । यो कम्पनीले प्राधिकरणबाट एओसी लिन आवश्यक प्रक्रिया पूरा गर्ने कामलाई अन्तिम चरणमा पुर्याएको छ । यसले हेलिकोप्टर ल्याउन अनुमति पाइसकेको छ । हेलिकोप्टर ल्याएपछि उडान अनुमति पाउने छ ।
यसबाहेक आरएस हेलिकोप्टर, शिवम् एयरलाइन्स, हेली नेपाल र बीबी एयरवेज पर्यटन मन्त्रालयबाट इजाजत पत्र पाएर उडान अनुमतिका लागि प्राधिकरणसमक्ष पुगेका छन् । यी वायुसेवा विभिन्न चरणमा छन् ।
बीबी एयरवेजले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्न आवेदन दिएको हो । यो वायुसेवा एक दशकअगाडि नै सञ्चालनमा आएर तीन महिनामा नै बन्द भएको थियो । यसले पुनः उडान सञ्चालन गर्ने तयारी गरेको छ ।
सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्यांकले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा करिब रु २० अर्बको चामल आयात भएको थियो । १० वर्षपछि अर्थात् चालु आव...
र भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्ष...
मुलुकको व्यापार घाटा दिनानुदिन बढिरहेका बेला सरकारकी एकमन्त्रीले यसलाई न्यूनीकरण गर्ने उपाय सुझाएकी छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकि...
अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक...
नेपालले करिब अढाई करोड रूपैयाँको ‘टुथपिक’ अर्थात् दाँत कोट्याउने सिन्का आयात गरेको छ । भन्सार विभागको पछिल्लो विवरणअनुसार हाम्रै गाउँघरमा पाइने, बाँस प्रयोग गरेर निर्माण गर्न सकिने दाँत कोट्याउने ...
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबीच सम्झौता भएको छ । दुई संस्साबीच आइएमईका ग्राहकहरूलाई ग्यालेक्सी क्लिनिकमा उपचारका क्रममा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।&...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...