×

Dabur
Nic Asia
Marvel

अफगानिस्तानमा भूकम्पबाट हजारभन्दा बढीको मृत्यु

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी उनीहरूको मृत्यु भएको हो । 

morang Auto yamaha

खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समय अनुसार विहान १.३० बजेतिर भूकम्प आएको हो । 

घटनास्थलबाट गम्भीर घाइते भएकाहरूलाई वा जटिल अवस्थामा पुरिएका वा थुनिएकाहरूलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौ उद्धारकर्ता पनि परिचालित छन् । 

Vianet communication
Maruti inside

भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । सो संस्थाका अनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो । 

तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पिडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । 

Mega
TATA Below
NLIC
असार १८, २०७९

भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण दर रफ्तारमा बढेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा कोरोनाका थप १ हजार ७९७ संक्रमित फेला परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संक्रमण दर बढेर ८.१८ प्रतिशत पुगे...

असार १९, २०७९

आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट  जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ । विमानमा रहेका सबै य...

असार १७, २०७९

इरानमा सन् २०२२ को पहिलो छ महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा मृत्युदण्ड दोब्बरभन्दा बढी पुगेको ईरानको एक गैरसरकारी संस्थाले शुक्रबार जानकारी गराएको छ । फाँसीको बढोत्तरी हुनुमा विरोधीहरूलाई त्रास सिर्ज...

असार १८, २०७९

अमेरिकी पुरुषहरू यतिबेला धमाधम स्थायी गर्भनिरोधको विधिको खोजीमा लागेका छन् । अमेरिकाको सर्वाेच्च अदालतले गर्भपतन सम्बन्धी कानून उल्ट्याएपछि पुरुषहरू गर्भनिरोधको खोजीमा लागेका हुन् । महिलाले चाहेको बेला गर्भप...

असार १८, २०७९

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप २९ संक्रमितको मृत्यु भएको छ । भारतको स्वास्थ्य विभागका अनुसार २४ घण्टामा थप १७ हजार ९२ जनामा कोरोना पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनयता संक्रमितको...

असार १७, २०७९

अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्कीपक्स सङ्क्रमण फैलिएको छ । जसमा एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ । अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x