×

NMB BANK
NIC ASIA

भेरी बबईमा भएन लक्ष्यअनुसारको प्रगति

असार ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी कोभिड–१९ महामारीका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्नुपर्ने दोस्रो चरण तथा चालु आव २०७८/०७९ मा सम्पन्न गर्नुपर्ने तेस्रो चरण कार्यहरु कोरोना महामारीलगायतका कारणले प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ । दोस्रो चरणमा बाँध, सर्ज साफ्ट, विद्युत्गृह निर्माण तथा तेस्रो चरणमा हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम) सम्बन्धी कार्य पर्दछन् । 

Sagarmatha Cement
Muktinath Bank

पहिलो चरणअन्तर्गत टनेल (सुरुङ) निर्माण कार्य भने निर्धारित समयअगावै सम्पन्न भइसकेको थियो । दोस्रो चरणका सिभिल संरचना निर्माण जारी छन् । आयोजनाले तेस्रो चरणका हाइड्रोमेकानिकल–इलेक्ट्रोमेकानिकलसम्बन्धी निर्माण एवं जडान कार्य सुरु गरेको छैन । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनियर लेखनाथ सुवेदीले कोभिड–१९ को असर, नदीमा पानीको बहावको प्रतिकूलता, स्थानीय निर्वाचनलगायतका कारण समयमै सम्पन्न हुनुपर्ने कार्यको दायित्व पछिल्लो समय सरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“कोरोना महामारीको पहिलो र दोस्रो लहरका कारण धेरै काम प्रभावित हुन पुग्यो, दोस्रो चरणका काम र तेस्रो चरणका काम सँगसँगै अघि बढाएका छौँ”, उनले भने, “खरिद प्रक्रियासँग सम्बन्धित कानूनी जटिलताका कारण पनि तेस्रो चरणको निर्माण एवं जडान कार्यमा ढिलाइ हुन पुगेको छ ।”


Advertisment
Nabil box
Kumari

हाइड्रोमेकानिकलअन्तर्गत गेट तथा पेनस्टक पाइप तथा इलेक्ट्रोमेकानिकलअन्तर्गत टर्वाइन, जेनेरेटर, स्विचार्ड निर्माण कार्य पर्दछन् । आयोजनाका सूचना अधिकारी सुवेदीका अनुसार गेट तथा पेनस्टक पाइप निर्माण कार्यको बोलपत्र आह्वानबाट प्राप्त बोलपत्रको प्राविधिक मूल्याङ्कन स्वीकृत हुन बाँकी छ । 

Vianet communication
Laxmi Bank

त्यस्तै हाइड्रोमेकानिकल कार्यका लागि चिनियाँ इञ्जिनियरिङ कम्पनीलाई परिचालन गरिएको छ । इलेक्ट्रोमेकानिकलसम्बन्धी निर्माण कार्यका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ । गत आव २०७७/०७८ मा उक्त दुवै कार्यको खरिद व्यवस्थापन सम्पन्न गर्ने लक्ष्य थियो तर विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरसमेतका कारण प्रभावित हुन पुगेको बताइएको छ । 

आयोजनाको सुरुदेखि २०७९ वैशाख मसान्तसम्म कूल वित्तीय प्रगति ४०.७२ प्रतिशत तथा भौतिक प्रगति ५५.६० प्रतिशत हासिल भएको जनाइएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ । उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगङ्गा नगरपालिकाको वडा नं ११ हात्तीखालमा प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई बबई नदीमा खसालिनेछ । जहाँ ४६.८ मेगावाट क्षमताको विद्युत् उत्पादनको तयारी छ । 

सङ्घीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । यस आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x