असार १७, २०७९
अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक...
काठमाडौँ महानगरको आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत स्वीकृत भएको छ । प्रमुख बालेन्द्र शाह (बालेन) ले अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति आज बसेको सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।
प्रमुख शाहको अध्यक्षतामा सभा सञ्चालन भएको थियो । उनले पहिलो बैठकमा ४१ बुँदामा आ. व. २०७८÷०७९ को वार्षिक समीक्षा गर्दै १६३ बुँदामा क्षेत्रगत नीति कार्यक्रम पेश गरेका थिए ।
सभामा पेश भएका नीति तथा कार्यक्रमका बारेमा वडा ३२ का अध्यक्ष नबराज पराजुली, वडा २३ का अध्यक्ष मचाराजा महर्जंन, कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनसहित ११ जना नगर सभा सदस्यले धारणा तथा सुझाव राख्नुभएको थियो । यसरी धारणा राख्नेहरुमा वडा ९ का सदस्य टेकराज अधिकारी र श्रीराम राई, वडा २९ का सदस्य सदस्य सन्तोष ढुङ्गेल, वडा २० का सदस्य शोभादेवी मानन्धर, वडा १८ का सदस्य रचना शर्मा, वडा ६ का सदस्य नरेन्द्रकुमार थापा थिए । यस्तै वडा ११ का सदस्य आशा श्रेष्ठ रौनियार र वडा २२ का सदस्य चन्द्रमान तुलाधर थिए ।
उनीहरुले एकीकृत सञ्चार ऐन तर्जुमा गर्नुपर्ने, राजस्व प्रशासन करमैत्री हुनुपर्ने, वडा भवन निर्माण गर्नुपर्ने, सुस्त श्रवणजस्ता समस्या हुनेका लागि दोभासेको व्यवस्था गर्ने, अपाङ्गमैत्री पैदल मार्ग बनाउने, विद्युतीय सवारीमा जोड दिने, रात्रीकालीन जीवनशैलीलाई व्यवस्थापन र सहज बनाउने, पार्किङ व्यवस्थापन गर्ने जस्ता विषयलाई नीतिमा थप गर्नुपर्ने सुझाव दिएका थिए ।
सुझावको उत्तर दिँदै प्रमुख शाहले, सुझावलाई नीतिमा समेटेर लैजाने यदि नीतिमा राख्न उपयुक्त भएन भने कार्यक्रममा समावेश गर्ने बताए ।
अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक...
नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजंगलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ । नेपा...
र भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्ष...
होटल सङ्घ पोखराले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नयाँ मौद्रिक नीतिका सन्दर्भमा सो बैंकलाई सुझाव प्रद...
नेपालले करिब अढाई करोड रूपैयाँको ‘टुथपिक’ अर्थात् दाँत कोट्याउने सिन्का आयात गरेको छ । भन्सार विभागको पछिल्लो विवरणअनुसार हाम्रै गाउँघरमा पाइने, बाँस प्रयोग गरेर निर्माण गर्न सकिने दाँत कोट्याउने ...
सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ ६१ हजार ३५१ ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...