असार १९, २०७९
नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्री जनार्दन शर्मालाई विश्वकप फुुटबल हेर्न आउन निम्तो दिएका छन् । आइतवार अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा कतारका राजदूत अल हेलले अर्थमन्त्री...
काठमाडाैं | असार ८, २०७९
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि प्रशिक्षकसँग विवादका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका १० खेलाडीलाई फेरि टिममै फर्काउने निर्णय गरेको छ। एन्फाको नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले खेलाडी र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवादपछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीलाई टिममा सहभागी गराउने निर्णय गरिएको अध्यक्ष पंकज नेम्वाङले जानकारी दिए ।
उनीहरुलाई आगामी क्लोज क्याम्पमा ससम्मान फिर्ता बोलाइनेछ । तर, प्रशिक्षकको हकमा भने अल्मुताइरी र कतार फुटबल संघसँग समन्वय गरेर थप निर्णय गरिनेछ । त्यसका लागि एन्फाको सचिवालयलाई निर्देशन दिने निर्णय भएको नेम्वाङले जानकारी दिए । अब कतार फुटबल संघले चाहेको खण्डमा तथा एन्फा समेत सकारात्मक भएको अवस्थामा मात्रै अल्मुताइरी राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक हुन पाउनेछन् । नत्र उनी बिदा हुनेछन् । उनी पटक पटक विवादमा आएका थिए भने यसअघि नै उनलाई हटाउने बारे छलफल भएपनि एन्फाको चुनावकै कारण यसबारे निर्णय हुन सकेको थिएन ।
बैठकपछि जारी गरिएको ७ बुँदे विज्ञप्तिमा एन्फाको आगामी कार्यकालका लागि महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्ति गर्ने निर्णय भएको छ । बैठकले २१औ साधारण सभा तथा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने निर्वाचन समिति, निर्वाचन अपिल समिति, निवर्तमान कार्यसमिति, जिल्ला फुटबल संघ, क्लबहरू, एन्फा समितिहरु, सुरक्षाकर्मी, एन्फाका
कर्मचारी लगायत सम्पूर्णलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।
बैठकले ३० दिन भित्र श्वेतपत्र जारी गरि संघको वर्तमान आर्थिक तथा प्रशासनिक अवस्थाको बारेमा जानकारी दिने निर्णय पनि पारित गरेको छ ।
यस्तै अखिल नेपाल फुटबल संघमा केही कर्मचारीहरु आवश्यक देखिएकोले पदपूर्तिका लागि आवश्यक प्रक्रिया पुरा गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पारित भएको छ । यही जुलाई २ मा बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय पारित भएको एन्फाले जनाएको छ ।
नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्री जनार्दन शर्मालाई विश्वकप फुुटबल हेर्न आउन निम्तो दिएका छन् । आइतवार अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा कतारका राजदूत अल हेलले अर्थमन्त्री...
बिभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको फाइन...
स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बिहीवार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणको यात्रा तय गरेको छ । दोस्रो वरियत...
पोखरामा आज साँझ सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्न सफल भएका छन् । न...
मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उपाधिसँगै उनले रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ...
स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...