×

NMB BANK
NIC ASIA

नेपाल प्रज्ञा प्रतिष्ठान ६६ औँ वर्ष प्रवेश

असार ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको छ ।

Muktinath Bank

विसं २०१४ असार ९ गते प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट ‘नेपाल एकेडेमी ऐन, २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा भएको थियो । विसं २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा पुनः अर्काे ऐनद्वारा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो । नेपालमा गणतन्त्रको स्थापना भएपछि साविक राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत, नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिष्ठानले हाल भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शन शास्त्र विधामा प्राज्ञिक कार्य गर्ने उत्तरदायित्व बोकेको छ । नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिको सिर्जना एवं प्रकाशन गर्ने, गराउने काम प्रतिष्ठानले गर्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

आवश्यकताअनुसार विदेशी भाषाबाट नेपालका सबै भाषा र नेपालका भाषाबाट विदेशी भाषामा उच्चस्तरीय कृतिको अनुवाद एवं प्रकाशन गर्ने, गराउने कार्य पनि भइरहेको छ । प्रतिष्ठान नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान् एवं प्रतिभाको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न स्थापित एक राष्ट्रिय प्रतिष्ठित संस्था हो ।  

Vianet communication
Laxmi Bank

प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, प्रदर्शनी आदि गर्ने, गराउने गरेको छ । भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न विषयमा हुने अन्तर्राष्ट्रिय सम्मेलन, प्रवचन, गोष्ठी, विचारविमर्श, प्रदर्शनी आदिमा सहभागी गर्ने, गराउने कामको नेतृत्व पनि प्रतिष्ठानले गर्ने गरेको छ ।

  भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सम्बन्ध राख्ने, भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न विषयमा उल्लेखनीय योगदान दिने स्वदेशी तथा विदेशी व्यक्तिलाई कदर, सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने दायित्व पनि प्रतिष्ठानकै हो । 

भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको विकासको निमित्त सम्बन्धित विषयका विद्वान् साहित्यकार एवं सामाजिकशास्त्रीको प्रतिभा विकसित हुने वातावरणका लागि सहयोग, सद्भावना र समन्वय अभिवृद्धि गर्ने कामलाई पनि प्रतिष्ठानले प्राथमिकता दिएको छ । नेपालका विभिन्न जाति तथा समुदायका साहित्य, लिपि, संस्कृति तथा लोकोक्तिको सम्वद्र्धन र संरक्षण गर्ने, नेपाली लोक साहित्यको अध्ययन, अनुसन्धान, सम्वद्र्धन र संरक्षण गर्ने, नेपालका सबै भाषा, विभिन्न विदेशी भाषा र नेपालमा बोलिने भाषामा विश्वकोश तथा शब्दकोश तयार गरी प्रकाशन गर्ने तथा नेपालका सबै भाषालाई समृद्ध र वैभवशाली बनाउन विभिन्न शब्द तथा शब्दावलीको सृजना गरी प्रचलनमा ल्याउने जिम्मेवारी पनि प्रतिष्ठानकै हो ।

भाषा, साहित्य संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विषयमा योगदान दिने स्थानीय लेखक, साहित्यकार, सामाजिक शास्त्रीे, संस्कृतिविद् तथा सम्बन्धित अन्य संस्थाको विकासमा सहयोग पु¥याउने, नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको विषयमा अध्ययन तथा अनुसन्धानको लागि विद्वत्वृत्तिको व्यवस्था गर्ने काम पनि प्रतिष्ठानले गर्दै आएको छ । 

नेपालका सबै भाषा तथा साहित्यलाई विश्व साहित्य समक्ष पहिचान गराउने, नेपालका विभिन्न जातजातिका लोपोन्मुख भाषा र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न प्राथमिकता दिने दायित्व पनि प्रतिष्ठानले निर्वाह गर्दै आएको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले बताए ।

 प्रतिष्ठान स्थापना दिवसको अवसर पारेर विसं २०२२ देखि राष्ट्रिय कविता महोत्सव आयोजना हुँदै आएको छ । महोत्सव विभिन्न कारणले बीचमा केही वर्ष रोकिए पनि अनुकूल समयमा निरन्तरता दिइएको प्रतिष्ठानको सञ्चार संयोजकसमेत रहेकी प्राज्ञसभा सदस्य शशी लुमुम्बूले जानकारी दिइन् ।

 यस वर्ष पनि महोत्सवलाई निरन्तरता दिइएको छ । महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव विसं २०४६ सम्म निरन्तर चलेको थियो । विसं २०४७ मा विशेष कारणवश रोकिएको जनाइएको छ । विसं २०६३ देखि २०६६ सालसम्म प्राज्ञ परिषद् गठन नभएका कारण कविता महोत्सव आयोजना हुन सकेन । विसं २०६७ देखि महोत्सव निरन्तररूपमा आयोजना भइरहेको छ ।

कोरोना महामारी सुरु भएपछिको कविता महोत्सव २०७७ मा प्रतिष्ठानले जुम माध्यमबाट यसलाई निरन्तरता दिएको थियो । गत वर्ष भने भौतिकरूपमै कार्यक्रम गरिएको जनाइएको छ । यसपटक कविता महोत्सवको ५३ औँ शृङ्खला आयोजना हुँदैछ । रासस


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x