असार १९, २०७९
शेयर बजारमा सुधारको संकेत देखिएको छ । साताको पहिलो दिन आइतवार शेयर बजार मापक नेप्से परिसूचक ६५.६५ अंकले बढेको छ । शुक्रवार ८.८७ अंकले घटेको नेप्से आइतवार भने २.८४ प्रतिशतले बढेर २०८६.४२ बिन्दुमा प...
काठमाडाैं | असार ९, २०७९
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई उनीहरूको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ ।
बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो ।
यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ ।
कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफुलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् । ग्राहकहरूसंग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरू समेत उपलब्ध हुनेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना सार्वजनिक गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
शेयर बजारमा सुधारको संकेत देखिएको छ । साताको पहिलो दिन आइतवार शेयर बजार मापक नेप्से परिसूचक ६५.६५ अंकले बढेको छ । शुक्रवार ८.८७ अंकले घटेको नेप्से आइतवार भने २.८४ प्रतिशतले बढेर २०८६.४२ बिन्दुमा प...
एनआइसी एसिया बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ। योसँगै अब एनआइसी एसिया बैंकको मोबाइल एप, वेबसाइट तथा इन्टरनेट बैंकिङ निःशुल्क चलाउन सकिने छ। यसअघि एनसेल नेटवर्कमा पनि पनि एनआइसी एसिया बैंक...
अमेरिकी डलरको भाउ बढ्ने क्रम जारी छ । यसैक्रममा आइतबार एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७६ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोही दिन युरो एकको खर...
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले ‘फोनपे डाइरेक्टमार्फत् पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान शुरू गरेको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबार...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकाका थप ३ स्थानमा शाखा विस्तार गरेको छ । १५ वर्षदेखि सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंकले काठमाडांैको ठूलो भ¥याङ, थली र बूढानी...
सानिमा बैंक लिमिटेडले तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र यस बैंकका संचालक ग...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...