असार १८, २०७९
एनआइसी एसिया बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ। योसँगै अब एनआइसी एसिया बैंकको मोबाइल एप, वेबसाइट तथा इन्टरनेट बैंकिङ निःशुल्क चलाउन सकिने छ। यसअघि एनसेल नेटवर्कमा पनि पनि एनआइसी एसिया बैंक...
उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ ।
कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो ।
रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर चन्द, केवलसिंह थारुलगायतले बहस गरेको अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
विपक्षी बीमा कम्पनीको तर्फबाट वरिष्ठ अधिवक्ता इद्रजित तिवारी, भोलासिंह हमाल र अधिवक्ता ईश्वरी ज्ञवालीले बहस गरेका थिए । कोरोना सङ्क्रमणको बीमा गरेका बीमितले बीमा रकम पाउन नसकेको विषयमा नेपालगञ्जका सात अधिवक्ता र अधिकारकर्मीले २०७८ कात्तिक १५ गते उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासमा बीमाको रकम भुक्तानी माग राख्दै परमादेशको रिट दायर गरेका थिए ।
बाँकेमा रहेका राष्ट्रिय बीमा संस्थानलगायतका २० बीमा कम्पनीले कोरोना बीमा गराए पनि सम्झौताअनुसार बीमा रकम उपलब्ध नगराएपछि मर्कामा परेका बीमितको हकमा एडभोकेसी फोरम नेपालका प्रदेश संयोजकसमेत रहेका अधिवक्ता वसन्त गौतम, नेपाल बार एशोसिएशनका निर्वतमान उपाध्यक्ष एवं महिला कानुन र विकास मञ्चका अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, विश्वजित तिवारी, बलबहादुर चन्द र अधिकारकर्मी इन्सेकका भोला महतले संयुक्तरुपमा रिट दायर गरेका थिए ।
कोरोना सङ्क्रमणको सुरुआती अवस्थामा सम्भावित कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर बीमा गरेका बीमितले दाबी गरेको लामो समयसम्म पनि बीमाबापतको रकम पाउन नसकेपछि रिट दायर गरिएको अधिवक्ता सुनिलकुमार श्रेष्ठले जानकारी दिए।
पहिलो कोरोना सङ्क्रमणको बेला बीमा गराएका सीमित बीमितले रकम पाए पनि अधिकांश बीमितले बीमाबापतको रकम पाउन सकेका छैनन् । बीमा कम्पनीको बदमासी र गैरजिम्मेवारी कार्यले सम्झौताअनुसारको बीमा रकम उपलब्ध नगराएपछि नेपालगञ्जका अधिकारकर्मी र कानुन व्यवसायी कानुनी उपचारमा जानुपरेको रिट निवेदक अधिवक्ता लोकबहादुर शाहले बताए ।
बीमा कम्पनीले शर्तबमोजिमको कानुनी दायित्व पूरा नगर्दा बीमित मर्कामा परेका छन् । कोरोना सङ्क्रमणको पुष्टि भएको कागजात, आइसोलेसनमा बसेर उपचार गराएको प्रमाण र बीमा सम्झौताको कागजात पेश गर्दा पनि धेरै बीमितले न्याय नपाएकाले रिट दायर गर्नुपरेको रिट निवेदकले बताएका छन् ।
भुक्तानीका निम्ति माग दाबी गरेको वर्ष दिनभन्दा बढी समय हुँदासमेत बीमा कम्पनीले आलटाल गरी सरकारबाट रकम प्राप्त भएपछि भुक्तानी गरिनेछ भनेर बीमित झुक्याउने कार्य गरेको रिट निवेदनमा उल्लेख गरिएको थियो । रासस
एनआइसी एसिया बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ। योसँगै अब एनआइसी एसिया बैंकको मोबाइल एप, वेबसाइट तथा इन्टरनेट बैंकिङ निःशुल्क चलाउन सकिने छ। यसअघि एनसेल नेटवर्कमा पनि पनि एनआइसी एसिया बैंक...
सिभिल बैंक लिमिटेडले पोखराको लेकसाईडमा नयाँ एटीएम संचालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरे । एटीएम सेवा उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरू अम्...
अमेरिकी डलरको भाउ बढ्ने क्रम जारी छ । यसैक्रममा आइतबार एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७६ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोही दिन युरो एकको खर...
माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ स्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उद्घाटन गरेको हो । १६५ औं उक्त शाखा कार्यालयको नेपाल पेट्...
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले ‘फोनपे डाइरेक्टमार्फत् पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान शुरू गरेको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबार...
हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज (असार १९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा ब...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...