असार १९, २०७९
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच आइतवार भेटवार्ता भएको छ । भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोल...
काठमाडाैं | असार ९, २०७९
नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन् ।
सरकारमा सहभागी ४ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय अलपत्र परेको समयमा नेता नेपालले ४ मन्त्रीसँग बुधवार आफ्नै निवासमा छलफल गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले पार्टी निर्णय कार्यान्वयनमा सघाउने प्रतिबद्धता जनाएका थिए । शहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले भने पार्टी निर्णयमा आपत्ति जनाएका छन् ।
‘हामीले राम्रो काम गरिरहेका छौं, संसदबाट बजेट पारित नहुँदै फिर्ता बोलाउने निर्णय गलत भयो,’ मन्त्री झाँक्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘हामीले के गलत काम गर्यौं र सरकारबाट फिर्ता बोलाउने ? मन्त्री फेर्ने विषय संसदीय दलमा निर्णय गर्ने कि बाहिर ?’
नेता नेपालले भने सरकारमा सहभागी गराउने समयमै ६ महिनाका लागि पठाएको बताएका थिए । ‘अहिले तपाईंहरूले पार्टीको निर्णय मान्नुपर्छ, पार्टी निर्णय नमान्दा पद लोलुपको आरोप लाग्छ,’ नेता नेपालले भनेका थिए ।
उनले पार्टीले निर्णय गरिसकेको अवस्थामा सहज ढंगले सरकार छाड्न आग्रह गरेका नेकपा एसका एक प्रभावशाली नेताले लोकान्तरलाई बताए ।
नेता नेपालले बुधवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि पार्टीले सिफारिश गरेका मन्त्रीलाई शपथ गराउन आग्रह गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टै कुरा गरौ भनेका थिए ।
सोही अनुसार नेता नेपालले बिहीवार देउवालाई भेटेका छन् । मन्त्री फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा पार्टीमा समस्या भएको भन्दै नेपालले सिफारिश गरेका मन्त्रीलाई शपथ गराउन आग्रह गरेका नेकपा एस स्रोतले बतायो ।
नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए । नेकपा एसले गत जेठ २२ गते सरकारका ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
मन्त्रीहरूले सरकार छाड्नका लागि केही शर्त राखेका थिए । ती शर्तबारे बैठकमा छलफल गर्ने नेता नेपालले आश्वासन दिएका छन् । मन्त्री फेर्ने निर्णय कार्यान्वयन नभएकोमा एसका नेता झलनाथ खनालले आक्रोश जनाउँदै आएका छन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच आइतवार भेटवार्ता भएको छ । भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोल...
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्यहरूको बैठक बस्ने गरी नेताहरूले तयारी गरिरहेका छन् । माओवादी केन्द्र र एमाले एकीकृत भएर बनेको नेकपामा ९ सदस्यीय सचिवालय थियो । उक्त सचिवालयको बह...
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधा...
नेकपा एमालेका उपमहासचिव एवं पार्टी प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन सग्लो रहने विश्वास एमालेलाई नभएको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेक...
जसपाका मधेस प्रदेश सांसद निष्काशनमा परेका छन् । गत स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै प्रदेश सांसद कौशल कुमार यादव निष्काशनमा परेका हुन् । महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा स...
नेकपा एमालेले सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षण कामको संयोजक तोकेको छ । प्रदेश १ का लागि वरि...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...