×

NMB BANK
NIC ASIA

गगनको अभिव्यक्तिले ल्याएको तरंग

गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जान तयार होला कांग्रेस ?

असार ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेसको १४ औं महाधिवेशन सकिएलगत्तै गत पुस ९ मैले महामन्त्री निर्वाचित गगन थापासँग अन्तवार्ता लिने अवसर पाएको थिएँ । महामन्त्री निर्वाचित भइसकेपछि अब उनको ध्यान देशको कार्यकारी कि पार्टीको सभापति हुनेछ ? 

Muktinath Bank

त्यो बेला उनले अलि घुमाउरो जवाफ दिएका थिए । गगनले भनेका थिए– 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो बारेमा यतिमात्र सोचेको छु, केही वर्षपछि जब सक्रिय राजनीतिबाट म विश्राम लिन्छु, त्यतिबेला म अहिले जस्तै नागरिक पंक्तिबाट माया गरिने, विश्वास गरिने नेता रहन सकूँ । जतिखेर मसँग कुनै शक्ति हुन्न, मसँग कुनै आशा हुन्न, त्यसपछि म न मन्त्री हुने, न प्रधानमन्त्री हुने, त्यो बेलामा पनि यसले हाम्रो जीवन सुधार्न केही गरेर आएको हो भनेर माया गर्दिने मान्छे होऊन्, मेरो भोक त्यतिमा मात्र छ । कसैले भन्छ भने त्यो भोक र लोभ मसँग छ । यो कुरालाई मैले बाँकी राख्छु । यो तत्वलाई मर्न दिन्नँ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

मैले जति कोट्याउँदा पनि उनले म प्रधानमन्त्री बन्छु भनेका थिएनन् । किनभने महाधिवेशनको मतगणना सकिँदै थियो, उनीहरूले औपचारिक प्रमाणपत्र लिएका थिएनन् । अर्थात्, भर्खरै महामन्त्री निर्वाचित भएको व्यक्तिले भावी प्रधानमन्त्री बन्छु भन्न हतारो पनि हुन्थ्यो होला शायद । तर सो अन्तर्वार्तामा गगनले केही नयाँ कुरा अवश्य गरेका थिए । 

हालैका दिनमा गगनले मंसिरमा हुने चुनावपछि प्रधानमन्त्रीका लागि एटेम्ट (प्रयास) गर्ने बताएका छन्– एक टेलिभिजन कार्यक्रममा । गगनको साक्षी बसेकी थिइन्, रामकुमारी झाँक्री । शब्द चयनमा माहिर गगनले प्रधानमन्त्रीका लागि एटेम्ट गर्ने कुरा टङ स्लीप भएर भनेका होइनन् । ‘प्रधानमन्त्री एटेम्ट गर्छु’ भन्ने गगनको भनाइलाई लिएर नै यो टिप्पणी लेख्नुपरेको हो । 

समकालीन पुस्तामा गगन अत्यन्त डायनामिक नेता हुन् । प्रतिस्पर्धी दल नेकपा एमाले वा नेकपा माओवादी केन्द्रमा गगनलाई चुनौती दिने समकालीन नेता अहिले तयार भएको देखिन्न चाहे वक्‍तृत्व क्षमता होस्, या नेतृत्वमा दाबी सम्बन्धमा । युवा भनिएका नेताहरू नेतृत्वको दास बनेर बसिरहेका छन् । 

गगनले यो पनि भनेका छन्, अब मंसिरको चुनावपछि पूर्वप्रधानमन्त्री भइसकेकाले फेरि प्रधानमन्त्रीको दाबी नगर्नुहोला । नयाँ पुस्ताले त्यसमा दाबी गर्ने छौं, सकेसम्म देशलाई निकास दिनेछौं । अर्थात्, उनले सुझबुझपूर्ण र योजनाबद्ध ढंगले नै प्रधानमन्त्री बन्ने कुरा गरेका हुन् ।

राजनीतिमा जसरी उनको उदय भएको छ र व्यक्तिगत स्वभावका कारण पनि उनी धेरै धैर्य गर्ने पक्षमा छैनन् । उनले भनिसकेका छन्, एउटा निश्चित समयपछि उनले राजनीतिबाट अवकाश लिनेछन् ।

अहिले कांग्रेसको सभापति रहेका शेरबहादुर देउवा २०५२ सालमा ४९ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । आफू ४९ वर्षमा प्रधानमन्त्री बनेका देउवाले तिमी आलोकाँचो भन्न पाउने छैनन् । विचार त्यागे पनि अहिलेसम्म आफूहरूलाई बीपीको अनुयायी दावी गर्ने कांग्रेसीहरूले बिर्सन नमिल्ने कुरा– बीपी ४० वर्षको उमेरमा टेक्दानटेक्दै प्रधानमन्त्री बनेका थिए ।  

समकालीन पुस्ताको डायनामिक नेता 

समकालीन पुस्तामा गगन अत्यन्त डायनामिक नेता हुन् । प्रतिस्पर्धी दल नेकपा एमाले वा नेकपा माओवादी केन्द्रमा गगनलाई चुनौती दिने समकालीन नेता अहिले तयार भएको देखिन्न चाहे वक्‍तृत्व क्षमता होस्, या नेतृत्वमा दाबी सम्बन्धमा । युवा भनिएका नेताहरू नेतृत्वको दास बनेर बसिरहेका छन् । 

विद्यार्थी आन्दोलनबाट खारिएका गगनमा अहिले पनि विद्रोही चेत छ, जुन कुरा उनले आफ्नो पहिचान बनाएका छन् । कांग्रेसले औपचारिक धारणा नै बनाउन नसकेका बेला केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको दिन गगनले बानेश्वरमा गएर खुलेआम चुनौती दिए । अदालतमा न्यायको बलि नहोस् भनेर न्यायाधीशहरूतर्फ पनि औंला ठड्याए । प्रतिनिधि सभाको पहिलो विघटनका बेला कांग्रेसका अरू कुनै पनि नेताले त्यो हिम्मत देखाउन सकेनन् ।

कांग्रेसकै सरकार हुँदा पनि यदाकदा उनले आफूलाई विद्रोही चेत भएको नेताको भूमिकामा प्रस्तुत गरेका हुन्छन् । हालसालैका केही उदाहरण हेरौं । संसद्मा विशेष समय लिएर उनले शेयर लगानीकर्ताको बारेमा बोले । शेयर बजारमा धेरथोर लगानी गरेका लाखौं युवाको मन जित्ने कोशिश गरे ।  

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा खुलेर लागेका गगनलाई अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) भारी पर्न लागेको थियो । एमसीसी पास गरेबापत अमेरिकी सेना आए आफूलाई चारपाटा मुण्डन गरेर थानकोट कटाउनू भनेर गगनले सदनमा भनेका थिए । एसपीपी अगाडि बढाउने कसरत भइरहँदा उनले संसद्मा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा फेरि शेयर हुन थालेका थिए ।

प्रतिपक्षी सांसदहरूले संसद्मा बोल्न थालेका थिए । ती विरोधका स्वरहरूलाई एकैपटक बन्द गर्दै उनले सबैभन्दा पहिला संसद्मा बोलेर एसपीपी खारेजीको माग गरे । अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एसपीपी स्थगित गर्न दबाब दिए । महामन्त्रीद्वयले भेटेकै दिन सरकारले एसपीपीबाट बाहिरिने निर्णय गर्‍यो । 

असार मसान्तमा इम्बोस्ड नम्बर प्लेट लगाउन सरकारले बाध्यकारी सूचना जारी गरेपछि प्रतिपक्षी दलभन्दा पहिला विरोध गरेर गगनले आमजनताको आवाज बोले । 

सत्तारुढ दलकै बेञ्चमा उभिएर गगनले इम्बोस्ड नम्बरप्लेटमा जबरजस्ती गरिए जनअवज्ञा हुने चेतावनी पनि संसद्मा दिए । फलस्वरूप सरकार पूर्ववत् निर्णयबाट पछि हट्यो । उनले बोलेको कुरालाई एमालेका नेता भीम रावलले नामै लिएर समर्थन जनाएका थिए, संसद्मा । अर्थात्, जनताको एजेण्डा मुखरित गर्ने कुरामा उनी अगाडि देखिन्छन् । 

सिसडोलबासीले अवरोध गरेपछि काठमाडौंको फोहोर नउठेर नवनिर्वाचित मेयर बालेन साहको पसिना छुटेको थियो । काठमाडौंका अन्य सांसदहरू मौन बसेको समयमा फोहोर व्यवस्थापनमा उनले बालेनलाई सघाएनन् मात्र संसद्मा पटक–पटक कुरा उठाए । विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले बञ्चरेडाँडामा गरिएका वाचा पूरा गर्न बजेट माग गरे ।

काठमाडौंमा फ्लाइओभर नबनाएर भएपनि फोहोरको दीर्घकालीन व्यवस्थापनमा जोड दिए । जुन कुरा काठमाडौंका अन्य सांसदले गर्न सकेनन्, गरेनन् । 

देशमा रासायनिक मलको हाहाकार भएको समयमा गगनले संसद्मा सरकारलाई जवाफदेही बनाउने कोशिश गरे । रासायनिक मलको समस्या देखाउने मात्र होइन समाधानको उपाय समेत उनले सुझाएका हुन्छन् । विगतमा संसदीय समितिको सभापति रहेको समयमा उनले नेपालको कृषि क्षेत्रको आधारभूत समस्याको विषयमा अध्ययन गरेका थिए । 

अन्य नेताहरूजस्तो उनी पत्रपत्रिकामा आएको समाचारको आधारमा धारणा बनाएर संसद्मा बोल्दैनन् । पर्याप्त अध्ययन गरेर बोल्ने भएका कारण संसद्को शून्य समयमा (एक मिनेट) बोल्दा पनि ब्यानर न्युजको कन्टेन्ट दिएका हुन्छन् । त्यसैले उनी समकालीन अन्य नेताभन्दा केही फरक छन् । 

भन्नुको तात्पर्य देशको प्रमुख कार्यकारी बन्नका लागि गगनले केही योग्यता, क्षमता देखिइसकेका छ । अपवादबाहेक अहिलेसम्म सिंहदरबारमा बस्नेहरूसँग भिजन शून्य थियो, केबल प्रजातन्त्रका लागि यति वर्ष जेल या जंगलमा बसेको भन्नुबाहेक । 

कांग्रेसले ‘रिकग्नाइज’ नगरेका गगन भर्सेस भावी प्रधानमन्त्री गगन ! 

देशमा गणतन्त्र स्थापनाको डेढ दशक बितिसक्दा पनि नेपाली सेनाका रिटायर्ड सेनापतिहरू देशमा गणतन्त्र स्थापना भएको कुरालाई अझै आत्मसात गर्दैनन् । नेपाली कांग्रेसमा एउटा पुस्ता त्यस्तै छ, जो गगनलाई अहिले पनि नेविसंघको कार्यकर्ता देख्छ । 

गगनले त्रिचन्द्रमा विद्यार्थी राजनीति गर्दा कांग्रेसको केन्द्रीय सदस्य रहेको त्यो पुस्ता अहिले पनि केन्द्रीय सदस्यमै बसिरहेको छ । कांग्रेसमा लागेको त्यो खिया नयाँ पुस्तालाई सकेसम्म अगाडि बढ्न दिँदैन ।

शेरबहादुर देउवा या ७० कटेका नेताको परिक्रमा गरेर राजनीतिको भकारो ओगटेको पुस्ताले गगन विश्वप्रकाशलाई अगाडि बढ्न निश्चय पनि सहयोग गर्दैन । 

२०४८ सालको ह्याङओभर पालेको कांग्रेसको त्यो ब्ल्याक एण्ड ह्वाइट पुस्ता अहिलेका युवाको आवश्यकता र चाहनाबाट पूरै बेखबर छ ।

ठेक्का पट्टाको कमिसनले टिकट फुत्काउने र चुनाव जित्न सकिन्छ भन्ने दिग्भ्रमबाट उनीहरू मुक्त छैनन् । परम्परागत दललाई चुनौती दिने गरी युवा पुस्ता बालेन र रवि लामिछानेप्रति आकर्षित भइरहेकोबारे उनीहरू लगभग बेखबर जस्तै छन् । एउटा पत्रकारले पार्टी खोल्ने घोषणा गर्दा सभागृह मात्र होइन भीड सडकसम्म आइपुग्छ, देशमा हुन लागेको राजनीतिक रुपान्तरणबारे कांग्रेसको त्यो तह बेखबर छ । 

कात्तिक या मंसिरमा हुने निर्वाचनपछि पनि फेरि उनै पुराना अनुहारलाई छैटौंपटक या तेस्रोपटक प्रधानमन्त्री बनाउने एजेन्डालाई जनताले अनुमोदन गर्लान् ? या कांग्रेसले कोही बिकाउ अनुहारलाई अगाडि सार्ला ? प्रधानमन्त्रीका लागि कांग्रेसले अघि सार्ने बिकाउ अनुहार को हो ? तमाम् सबाल अनुत्तरित छन् । 

सर्वगुण सम्पन्न नेता गगन पनि होइनन्, अन्य नेताजस्तै उनीमाथि गफाडीको आरोप नलाग्ने होइन । आरोप लगाउनका लागि त कुनै प्रमाण चाहिँदैन ।

यति लेखेबापत गगन थापाबाट पैसा खायो भनेर पनि लेख्दिन्छन् । पश्चिमा राष्ट्र खासगरी अमेरिकाको एजेन्डा बोक्ने गरेको आरोप उनीमाथि थोपरेको देखिन्छ, सामाजिक सञ्जालमा । तर जसले जे जस्तो आरोप लगाए पनि नेपालमा कार्यकारी पदमा पुग्ने सम्भावना भएको र परीक्षण हुन बाँकी नेता गगन हुन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले उल्लेख्य सफलता हासिल गर्नुको पछाडि गगन र विश्वप्रकाशको नामले पनि काम गरेको छ । 

कात्तिक या मंसिरमा हुने निर्वाचनपछि पनि फेरि उनै पुराना अनुहारलाई छैटौंपटक या तेस्रोपटक प्रधानमन्त्री बनाउने एजेन्डालाई जनताले अनुमोदन गर्लान् ? या कांग्रेसले कोही बिकाउ अनुहारलाई अगाडि सार्ला ? प्रधानमन्त्रीका लागि कांग्रेसले अघि सार्ने बिकाउ अनुहार को हो ? तमाम् सबाल अनुत्तरित छन् । 

राप्रपापछि नेपालको दोस्रो कन्जरभेटिभ पार्टी कांग्रेसले गगन जस्तो युवालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर चुनावमा जाने सम्भावना त कम छ, तर ग्राउन्ड बुझ्ने हो भने अगाडि सार्नुपर्ने बाध्यता पनि छ ।

अहिले सत्तामा रहेका मूर्तिलाई देखाएर जनताले पत्याउनेवाला छैनन् । प्रधानमन्त्री एटेम्ट गर्ने घोषणा गरेका गगनलाई कर्नरमा पार्न र निर्वाचनमा पछार्न स्वतन्त्रदेखि पार्टीभित्रकै नेताहरू लाग्ने कुरामा द्विविधा छैन । गगनको उदयले आफ्नो भविष्य अँध्यारोमा परेका नेताहरू यो चुनावमा गगनलाई हराउन सबै ढंगले लाग्नेछन् । 

कांग्रेस त्यो पार्टी हो जसले गगनलाई नेविसंघको सभापति बन्न रोक्यो । २०६४ सालमा चुनाव जितेर आएको माओवादीलाई पाँच महिनासम्म सत्ता हस्तान्तरण गर्न रोक्यो । २०७४ सालमा पनि सत्ता हस्तान्तरणमा किचलो गर्‍यो । यो कन्जरभेटिभ संयन्त्रले राजनीतिमा लाग्न प्रेरित धेरै प्रतिभाहरूलाई उठ्न दिएको छैन । 

देशभर स्वतन्त्र उम्मेदवारको लहर चलिरहेको र काठमाडौंमा तुफान नै चलेका बेला कांग्रेसलाई हुनसक्ने क्षति रोक्नसक्ने पहलकर्ता गगन हुन् । प्रजातन्त्रका लागि लडेको, निरंकुशताविरुद्ध लागि लडेको या ‘कम्युनिस्ट आए भने रुन पनि पाइँदैन’ भन्ने रुन्चे कुरा गरेर अब जनताले कांग्रेसलाई भोट दिने वाला छैनन् । यी कुराको ब्याज कांग्रेसले धरै खाइसकेको छ । ती एजेन्डा भुत्ते भइसकेका छन् ।  

मंसिरको चुनावपछि नेपालको राजनीतिले कोल्टे फेर्छ कि फेरि अर्को दलदलमा फस्छ भन्ने कुरा हेर्न बाँकी नै छ । दलहरूमा रूपान्तरण र पुस्तान्तरण भएन भने मतदातामा आएको चेतनाका कारण ठूला दलको ओरालो यात्रालाई कसैले रोक्ने छैन । २०७९ सालका सचेत जनता २०४६, २०६३ या २०७४ सालका जनताभन्दा धेरै चलाख छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x