असार १९, २०७९
होटल सङ्घ पोखराले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नयाँ मौद्रिक नीतिका सन्दर्भमा सो बैंकलाई सुझाव प्रद...
सर्लाहीका २० वटै स्थानीय तह बजेट निर्माणमा जुटेका छन् ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा समुदायको योजना समावेश गर्ने प्रयाससहित जिल्लाका स्थानीय तह बजेट निर्माणमा जुटेका हुन् ।
चालू आव २०७८/७९ को बजेट कार्यान्वयनको अन्तिम चरण चलिरहेको समयमा आगामी आवका लागि बजेट बनाउने काम पनि भइरहेको छ । नेपालको संविधानले असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने अनिवार्य गरेको छ ।
जिल्लामा रहेका ११ नगरपालिका र ९ गाउँपालिका आगामी आवका लागि बजेट बनाउने काममा व्यस्त छन् । जिल्लाको कविलासी, बरहथवा, बलरा, बागमती, लालबन्दी, हरिपुर, हरिपुर्वा, हरिवन, मलङ्गवा, गोडैता र ईश्वरपुर नगरपालिकाका साथै कौडेना, चक्रघट्टा, चन्द्रनगर, धनकौल, पर्सा, बसबरिया, ब्रम्हपुरी, रामनगर, विष्णु गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारी थालेका हुन् ।
सुरुमा नीति, कार्यक्रम ल्याएर बजेट सार्वजनिक गर्ने योजना स्थानीय निकायले बनाएका छन् । प्राथमिकता निर्धारण गरेर आवश्यकताका आधारमा बजेट तर्जुमा गर्ने गरी काम भइरहेको हरिवन नगर प्रमुख रमेश बुढाथोकी (कमल)ले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बनाउँदैछ । आर्थिक अवस्था कमजोर र दुर्गम क्षेत्र रहेका कारण धेरै बालबालिका विद्यालय जान नसक्ने समस्या नगरपालिकाका विभिन्न वडामा रहेको छ ।
हरिवन नगरपालिकाले आगामी आवदेखि माध्यमिक तहको शिक्षामा निकै सुधार ल्याउने बताएको छ भने स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको व्यावस्था गरी नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्ने योजना बनाएको छ ।
प्रदेश सरकारले आगामी असार १० गते आ–आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्दैछन् । यसपछि असार १५ गते देशभरका सबै पालिकाले आ–आफ्नो गाउँ तथा नगरसभामा पालिकाको बजेट प्रस्तुत गर्ने छन् । पालिकाहरूले संघीय र प्रदेश सरकारबाट विनियोजन भएको बजेटमा आन्तरिक आम्दानीको आकलन गरी बजेट ल्याउने छन् ।
होटल सङ्घ पोखराले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नयाँ मौद्रिक नीतिका सन्दर्भमा सो बैंकलाई सुझाव प्रद...
र भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्ष...
मुलुकको व्यापार घाटा दिनानुदिन बढिरहेका बेला सरकारकी एकमन्त्रीले यसलाई न्यूनीकरण गर्ने उपाय सुझाएकी छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकि...
सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्यांकले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा करिब रु २० अर्बको चामल आयात भएको थियो । १० वर्षपछि अर्थात् चालु आव...
नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजंगलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ । नेपा...
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबीच सम्झौता भएको छ । दुई संस्साबीच आइएमईका ग्राहकहरूलाई ग्यालेक्सी क्लिनिकमा उपचारका क्रममा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।&...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...