असार १९, २०७९
श्रीलङ्कामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताएका छन् । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । अधिकांश पेट्रोल पम्पहरू धेरै दिन...
अफगानिस्तानका भूकम्प पीडितका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधवार एक विज्ञप्ति प्रकाशन गरेर सहयोग घोषणाको जानकारी गराएको हो ।
पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएअनुसार ती सहायता सामग्रीमा टेन्ट, लत्ताकपडा, खाद्यान्न र औषधि छन् ।
ती सामग्रीहरू बिहीवार नै अफगानिस्तान पुर्याइने तयारी गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट शहरनजिकै बुधवार बिहान आएको शक्तिशाली भूकम्पमा परी १ हजार जनाभन्दा बढीको मृत्यु भएको हो ।
खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका प्राप्त समाचारमा जनाइएको थियो ।
भूकम्पमा परी हालसम्म १ हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीले जनाएका छन् । भूकम्पका कारण धेरै ठाउँका हजारौं भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् ।
स्थानीय समयअनुसार बिहान १.३० बजेतिर भूकम्प आएको हो ।
घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरूको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौं उद्धारकर्ता पनि परिचालित छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो । तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।
श्रीलङ्कामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताएका छन् । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । अधिकांश पेट्रोल पम्पहरू धेरै दिन...
लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् । रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै सामानमा ...
अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्कीपक्स सङ्क्रमण फैलिएको छ । जसमा एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ । अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद...
आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ । विमानमा रहेका सबै य...
भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण दर रफ्तारमा बढेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा कोरोनाका थप १ हजार ७९७ संक्रमित फेला परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संक्रमण दर बढेर ८.१८ प्रतिशत पुगे...
रुसी सेना र डोनबासका दुई जनगणतन्त्रका लडाकूहरूले युक्रेनको लुगान्स्क क्षेत्रमा रहेको लिसिचान्स्क शहर पूर्ण नियन्त्रणमा लिएका छन् । एक हप्ताको भीषण लडाइँपछि अब रुस डोनबास क्षेत्रमा एकछत्र राज गर्न सफल भएको छ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...