भदौ १, २०७९
हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवा...
बुटवल | असार ९, २०७९
रूपन्देहीमा बालबालिकालाई कोभिड–१९ विरूद्वको फाइजर (बायोएन्टेकको बायोएनटेक) खोप कार्यक्रम आउँदो शनिवारदेखि सञ्चालन हुने भएको छ ।
उमेर ५ देखि ११ वर्षसम्मका १ लाख ४४ हजार ८४४ जना बालकालिकालाई ‘फोइजर’ खोप दिइन लागेको हो ।
स्वास्थ्य कार्यालय रूपन्देहीले विद्यालयमै बालबालिकालाई खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । स्वाथ्य कार्यालय रूपन्देहीका खोप अधिकृत भेषराज शर्माले ११–१८ गतेसम्म १६ वटै पालिकामा खोप लगाइसक्ने जानकारी दिए ।
‘खोप कार्यक्रम विद्यालय केन्द्रित हुनेछ,’ शर्माले भने, ‘९६६ केन्द्रबाट खोप लगाइन्छ । त्यसका लागि १ हजार ५२ खोप कार्यकता तयारी अवस्थामा रहेका छन् । विद्यालय पहुँचबाहिर भएकाहरूलाई पत्ता लागेसम्म खोजेर पनि खोप लगाउँछौं ।’
फाइजर खोपको पनि दुवै मात्र लगाउनुपर्ने हुन्छ । दोस्रो डोज साउन ११ गतेदेखि सञ्चालनमा आउने स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।
रूपन्देहीका १२ वर्षमाथिका सबै नागरिकले कोभिड विरुद्धको पूर्ण मात्रा लगाइसकेका छन् । अझै अतिरिक्त डोज (बुस्टर) पनि ३ लाख नागरिकले लगाइसकेका छन् ।
रुपन्देहीका ७ पालिकाले कोरोना विरुद्धको पूर्ण खोप घोषणा गरिसकेका छन् भने बाँकीले असार मसान्तभित्र गर्ने तयारीमा रहेका छन् । खोपबारे स्वास्थ्य कार्यालयले बिहीवार बुटवलमा पत्रकारसँग अभिमुखीकरण कार्यक्रम राखेको थियो ।
हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवा...
धादिङको धुनिवेशी नगरपालिका–१ का ३ दलले बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका छन् । आइतवार तीन दलका स्थानीय नेतृत्वले संयुक्तरूपमा विज्ञप्ति जारी गरेर काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्था...
पछिल्लो २४ घण्टामा मुलुकभर ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३७ नमूना परीक्षण गर्दा ८८८ जना नयाँ संक्रमित पुष्टि भएको हो । ...
उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपाल...
सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब रु २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै रु पाँच अर्ब भुक्तानी गर्न बाँकी छ । ...
बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...