×

NMB BANK
NIC ASIA

माधव नेपालको पार्टीमा भाँडभैलो

स्थापनाको एक वर्ष नपुग्दै गम्भीर संकटमा नेकपा एस, १० सांसदद्वारा विद्रोहको धम्की

असार १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थापनाको एक वर्ष नपुग्दै नेकपा एकीकृत समाजवादी पार्टी गम्भीर संकटमा फसेको छ ।

Muktinath Bank

सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णयलाई लिएर नेकपा एसभित्र विवाद उत्कर्षमा पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेठ २२ गते सरकारबाट फिर्ता बोलाइएका चार मन्त्रीसहित १० सांसदले संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधव नेपाललाई हस्ताक्षर बुझाएका छन् । 


Advertisment
Nabil box
Kumari

पार्टी सचिव समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठसहित १० सांसदले संसदीय दलको बैठक बोलाउन माग गर्दै संसदीय दलका नेतालाई हस्ताक्षर बुझाएका हुन् ।

Vianet communication
Laxmi Bank

संसदीय दलको बैठक माग गर्नेमा माधव नेपालनिकट मानिने सांसद कृष्णलाल महर्जन, पूर्व राज्यमन्त्री धनबहादुर बुढालगायत छन् ।

गोपालबहादुर बम, विना बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ र निरा जैरुले पनि हस्ताक्षर गरेका छन् ।

नेकपा एमालेबाट विद्रोह गरी माधव नेपालसहित २३ सांसदले गत वर्षको भदौमा नेकपा एस गठन गरेका थिए । तर पार्टी गठनको एक वर्ष नपुग्दै चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णयले नेकपा एस गम्भीर अवस्थामा पुगेको हो ।

फिर्ता बोलाइएका एक मन्त्रीले आफूहरूलाई अपराधीको जस्तो व्यवहार गरिएकाले हस्ताक्षर सहितको पत्र बुझाइएको बताए ।

‘पार्टीको निर्णयबाट सरकारमा सहभागी मन्त्रीलाई छापामार शैलीमा फिर्ता बोलाउने निर्णय भयो, अपराधीलाई जस्तो व्यवहार गरिएकाले संसदीय दलको बैठक माग गरेका हौं,’ हस्ताक्षर गरेका एक मन्त्रीले लोकान्तरसँग भने ।

नयाँ सिफारिश गरिएका मन्त्री समावेशी नभएको, महिला र भूगोल नसमेटिएकोमा अन्य सांसद पनि असन्तुष्ट रहेका छन् । 

हेर्नुहोस्, ध्यानाकर्षण पत्र :


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x