×

NMB BANK
NIC ASIA

नेपालबाट साइबर ह्याकिङ प्रकरणः ८० अमेरिकी नागरिकको पैसा चोरिएको खुल्यो

असार १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालबाट ह्याकिङ गर्ने गिरोहले ८० भन्दा धेरै अमेरिकी नागरिकको पैसा चोरी गरेको खुलेको छ । 

Muktinath Bank

साइबर ब्यूरोले असार ६ गते २ भारतीय नागरिकसहित १३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेसम्मको अनुसन्धानमा त्यो गिरोहले ८० जना भन्दा धेरैको पैसा चोरी गरेको खुलेको ब्यूरोले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

ब्यूरोका अनुसार कति पैसा चोरी भयो ? भन्ने कुरा इन्टरपोलमार्फत र कूटनीतिक च्यानलमार्फत पत्ता लगाउने काम भइरहेको छ ।

Vianet communication
Laxmi Bank

‘हामी एम्बेसीमार्फत र इन्टरपोलमार्फत कति पैसा चोरी भयो र कहाँ गयो भन्ने कुरा पत्ता लगाउने प्रयासमा छौं,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धानमा यति भेटिएको हो, धेरै मानिसहरू ठगिएका हुन सक्छन् ।’

प्रहरी पत्ता लगाएका व्यक्तिहरूको नाम, विगतको पेसा, घरको ठेगाना र मोबाइल नम्बर समेत प्राप्त गरेको छ । कूटनीतिक च्यानलमार्फत थप सत्य तथ्य पत्ता लगाउने प्रयास भइरहेको ब्यूरोले जनाएको छ । 

ब्यूरोले काठमाडौं महानरपालिका–४ धुम्बाराहीमा रहेको अर्बिट नेसक्सस प्रालिका सञ्चालक विजय श्रेष्ठ, भारत महाराष्ट्र नाला सोपारा थाने ताकिरोडका ३२ वर्षीय निसान गैरे र उत्तर प्रदेश अञ्जारौली फैजावाद ग्रामका २४ वर्षीय मनिष तिवारीलाई काठमाडौंबाट पक्राउ गरेको थियो । 

मुख्य नाइके श्रेष्ठले भारतबाट गैरे र तिवारीलाई हायर गरेर काठमाडौंको फ्ल्याटमा राखेर ह्याकिङमार्फत ठगी गर्दै आएको तथ्य खुलेको थियो । 

श्रेष्ठले २ महिनाअगाडि कम्पनी खोलेर कलबाइपास मार्फत साइबर हमला गरिरहेका थिए ।

कल सेन्टरमा काम गर्ने लमजुङ नाल्मा गाउँपालिका– ५ का २२ वर्षीय करण गुरुङ, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– ३ का ३५ वर्षीय अनोज लामा, उदयपुर चौदण्डीगढी नगरपालिका– १ की २० वर्षीया आरुषी राई, नुवाकोट किस्पाङ गाउँपालिका– २ की २१ वर्षीया युविना तामाङ, काठमाडौं महानरपालिका– २९ की २३ वर्षीय आसर तुलाधर, दोलखा भीमेश्वर नगरपालिका– ५ की २६ वर्षीय समपना मग्राती, झापा भद्रपुर नगरपालिका– ४ का १९ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो । 

कसरी हुन्थ्यो नेपालबाट अमेरिकामा बैंक खातामा एक्सेस ? 

भारतमा रहेका कल सेन्टरमा साइबर हमला गर्ने ग्रुपले अमेरिकामा रहेका व्यक्तिको कम्प्युटर ह्याक गरी माइक्रोसफ्टको सूचना जस्तै बनाएर ‘तपाईंको कम्प्युटरमा समस्या आयो’ अथवा ‘तपाईंको कम्प्युटरमा प्रोनोग्राफीले एक्सेस लिएको छ’, समाधान गर्न परे १८८८२००५५३२ नम्बरमा सम्पर्क गर्नुहोस् भन्ने म्यासेज देखाइदिन्थे ।

त्यो समस्या समाधान गर्नका लागि फोन गर्दा त्यो फोन भारत हुँदै नेपालमा ट्रान्सफर हुन्थ्यो । त्यसपछि विभिन्न चरण पार गर्दै जानुपर्छ भन्दै उनीहरूको व्यक्तिगत विवरणमा पहुँच पुर्‍याउँथे । उनीहरूको कम्प्युटर टीम भ्युअरको माध्यमबाट आफ्नो नियन्त्रणमा लिन्थे । 

‘उनीहरूले ती व्यक्तिहरूको बैंक खाता नम्बर, ठेगानालगायतका सबैको तथ्याङ्क राख्ने गरेको खुलेको छ,’ एसएसपी अर्यालले भने, ‘यतिसम्म कि उनीहरूको बैंकको पर्सनल कोड नम्बरसम्म आफ्नो एक्सेसमा ल्याएको देखिन्छ ।’ ती सबै आइसकेपछि उनीहरूले पैसा चोरी गर्ने गरेको खुलेको छ । 

प्रहरीले उनीहरूले कति पैसा बैकिङ ट्रान्सफर गरे ? त्यो पैसा कहाँ–कहाँ ट्रान्सफर भयो ? भन्ने विषयमा अनुसन्धान गरिरहेको ब्यूरोले बताएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x