मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
असार १०, २०७९
लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अर्थतन्त्र धराशायी भइसकेको त्यहाँका प्रधानमन्त्री रनिल विक्रमसिंघेले स्वीकार गरेका छन् ।
बुधवार (२२ जुनमा) त्यहाँको संसदमा बोल्दै विक्रमसिंघेले खाद्यान्न र इन्धनको अभाव भन्दा पनि झन् गम्भीर परिस्थिति निर्माण भएको र देश रसातलमा पुग्न सक्ने बताए । तर विश्वभरिका सहयोगी मुलुक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग लिएर सरकारले अर्थतन्त्रलाई स्थिर बनाउन खोजेको जानकारी पनि उनले दिए ।
श्रीलंका अहिले विदेशी ऋणको भारले थिचिएको छ भने पर्यटन क्षेत्रबाट आउने राजस्व पनि कोरोना महामारी तथा रुस–युक्रेन द्वन्द्वका कारण ठप्प छ । विदेशी मुद्रा सञ्चितिको अभावमा तेल, ग्यास र अत्यावश्यक खाद्यान्न आयात गर्न समेत नसकेर मुलुक टाट पल्टिने स्थितिमा पुगेको छ ।
यस संकटले श्रीलंकाको मध्यमवर्गलाई समेत नकारात्मक असर पार्न थालेको छ । सन् १९८० मा आर्थिक उदारीकरणपछि मध्यमवर्गको वृद्धि भएको हो । अहिले देशको लगभग २० प्रतिशत जनसंख्या मध्यमवर्ग रहेको विश्वास गरिन्छ । निम्नवर्गको त झनै बिजोक स्थिति छ ।
हुँदाहुँदा अत्यधिक श्रीलंकालीहरू छाक कटाउन समेत बाध्य भएका छन् । कुल २ करोड २० लाख जनसंख्या भएको मुलुकमा पाँचमध्ये चारजनाले छाक छोड्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । भयानक मानवीय संकट आउन लागेको उसले चेतावनी दिएको छ ।
गर्भवती महिलाहरूले पनि पर्याप्त खान नपाएपछि विश्व खाद्य कार्यक्रमले उनीहरूलाई खाद्यान्न उपलब्ध गराउन थालेको छ । त्यससँगै राष्ट्रसंघले १० लाखभन्दा बढी अतिविपन्न मानिसको सहायताका लागि चार करोड ७० लाख डलर दिने भएको छ ।
हजारौं मानिस खाना पकाउने ग्यास र पेट्रोलका लागि घन्टौंसम्म लाइनमा उभिनुपरेको छ । प्रहरी अधिकारीहरूका अनुसार, तेलको लामो लाइनमा बस्दा यस साता मात्र ११ जनाको मृत्यु भइसकेको छ ।
रोयटर्स समाचार संस्थाका लागि देवज्योत घोषाल र उदिता जयसिंघेले तयार पारेको रिपोर्टमा उल्लेख भएअनुसार, तीन दिन लाइनमा बस्दा पनि कतिपय मानिसले ग्यास पाएका छैनन् । मोहम्मद शाजली नामक व्यक्तिले अब आफूहरू मर्ने शतप्रतिशत पक्का छ भनी बिलौना गरेका छन् ।
इन्धनको अभाव भएकाले सडकमा गाडी समेत गुड्न छोडेका छन् । सार्वजनिक यातायातमा यात्रु देखिँदैनन् भने निजी गाडी घरबाट निकाल्ने हिम्मत जुटाउन श्रीलंकालीहरूले सकिरहेका छैनन् ।
इन्धन जोगाउनका लागि सरकारी कर्मचारीलाई हप्ताको चार दिन मात्र कार्यालय आउन अनुमति दिने निर्णय लिएको छ । अन्य तीन दिन उनीहरूलाई आफ्नो करेसाबारीमा खाद्यान्न र तरकारी फलाउन भनिएको छ । खाद्यान्न अभावलाई यसमार्फत रोक्न सकिने सरकारको आशा छ ।
श्रीलंकामा यस्तो भयावह स्थिति किन आयो भन्ने विषयमा पंक्तिकारले यसअघि पनि चर्चा गरिसकेको छ ।
पढ्नुहोस् यो पनि :
समस्याको सबभन्दा ठूलो कारकतत्त्व राजनीतिक भ्रष्टाचार भएको एपी समाचार संस्थाको समाचारमा क्रिशन फ्रान्सिस र इलेन कुर्टनबाख लेख्छन् । भ्रष्टाचारकै कारण देशले सम्पत्ति गुमाएको र आर्थिक उद्धारलाई पनि जटिल बनाएको उनीहरूको तर्क छ ।
शक्तिशाली राजपक्षे परिवारसँग निकट सम्बन्ध राख्ने कैयौंले राज्यकोषको दुरुपयोग गरेका अनेकौं प्रमाणहरू श्रीलंकाली पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
त्यसैले तमिल विद्रोहीहरूलाई दबाएर लामो गृहयुद्ध अन्त्य गर्न सफल राजपक्षे दाजुभाइलाई कुनै बेलामा बहुसंख्यक सिंहालीहरूले नायक बनाएको भए पनि आर्थिक कुव्यवस्थापनका कारण देश अहिले चरम संकटमा पुगेपछि उनीहरूको पुत्ला जलाइन थालेको छ । आम श्रीलंकालीहरूमा रहेको जातीय राष्ट्रवादको धङ्धङी अहिलेको आर्थिक संकटले उतारिदिएको छ ।
अर्थतन्त्र चलायमान बनाउनका लागि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ऋण लिनुपर्ने बाध्यता छ । सोमवार (२० जुनमा) प्रधानमन्त्री विक्रमसिंघेले श्रीलंका पुगेको आईएमएफको एक टोलीसँग कुराकानी गरेका छन् । श्रीलंकाले ६ अर्ब डलरको ऋण सहायताको अपेक्षा आईएमएफबाट गरेको छ । यसमार्फत अन्य मुलुकहरूसँग सहायता लिनका लागि विश्वासको वातावरण बन्ने श्रीलंकाको आशा छ ।
तर आईएमएफको ऋणले मुलुकहरूको सार्वसौमसत्ता संकटमा पार्ने आरोप लाग्ने गरेको छ । कतिपयले आईएमएफको सशर्त ऋणलाई नवउपनिवेशवादको संज्ञा दिएका छन् ।
अनि पाकिस्तान, ग्रीस र जिम्बाब्वेको उदाहरण हेर्दा आईएमएफका कैयौं बेलआउट प्याकेजले पनि त्यहाँको अर्थतन्त्रलाई स्थिर बनाउन नसकेको उदाहरण पाइन्छ । यसैलाई विचार गरेर शायद श्रीलंका सरकारले लामो समयसम्म आईएमएफसँग ऋण लिन अस्वीकार गरेको थियो ।
रणनीतिक रूपमा महत्त्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको मुलुक श्रीलंकाको सार्वभौमसत्ता अमेरिकी नेतृत्वको आईएमएफलाई सुम्पिने स्थिति नआओस् भनी यस क्षेत्रका महाशक्ति राष्ट्र भारत र चीन पनि सचेत छन् । अझ भारत त श्रीलंकाको छिमेकी मुलुक भएकाले श्रीलंकाली आर्थिक संकटका कारण आइलाग्न सक्ने शरणार्थी आप्रवाहबारे संवेदनशील पनि छ ।
भारतीय प्रतिनिधिमण्डलले बिहीवार (२३ जुनमा) श्रीलंकाली प्रधानमन्त्री विक्रमसिंघेलाई भेटेर आर्थिक सहायता जारी राख्ने बताएको छ । गत जनवरी महिनादेखि अहिलेसम्म गरी भारतले श्रीलंकालाई साढे तीन अर्ब डलरभन्दा बढीको सहायता दिइसकेको छ । त्यससँगै विदेशी मुद्रा, खाद्यान्न तथा इन्धन सहयोग पनि भारतले उपलब्ध गराइरहेको छ ।
भारतको यस उदारमना सहयोगलाई चीनले समेत प्रशंसा गरेको छ । दुई साताअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले भारतीय सहयोगको उच्च मूल्यांकन गर्दै भारत तथा बाँकी विश्व समुदायसँग मिलेर श्रीलंका तथा अन्य विकासशील मुलुकहरूलाई संकटबाट निकाल्न चीन पनि सहकार्य गर्न तयार रहेको बताए । चीनले श्रीलंकालाई ५० करोड युआन बराबरको आकस्मिक मानवीय सहायता पनि उपलब्ध गराउने उनको भनाइ छ ।
त्यसो त संकटको यस घडीमा समेत श्रीलंकाले आफ्नो सार्वभौम अडानलाई त्यागेको छैन । पश्चिमाहरूको निगाहमा पाइने आईएमएफको ऋण लिनुपर्ने भए पनि श्रीलंकाले पश्चिमाहरूको लहलहैमा लागेर युक्रेन युद्ध शुरू भएपछि रुसलाई निन्दा गर्न मानेको छैन ।
राष्ट्रसंघमा रुसको निन्दा गर्ने दुईवटा प्रस्तावको मतदानमा श्रीलंका अनुपस्थित रह्यो । लगत्तै श्रीलंकाले आफ्नो तेल प्रशोधन केन्द्रलाई पुनः शुरू गर्नका लागि रुससँग ९० हजार मेट्रिक टन कच्चा तेल किनेको खबर आयो ।
प्रधानमन्त्री विक्रमसिंघेले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा रुससँग थप तेल किन्न इच्छुक रहेको बताएका छन् र गहुँ पनि किन्ने संकेत दिएका छन् । रुसविरुद्ध राष्ट्रसंघमा मतदान गरेको भए श्रीलंकाले यो जीवनदायिनी विकल्प प्राप्त गर्ने थिएन ।
संकटको बेलामा समेत रणनीतिक स्वायत्तता तथा सार्वभौमसत्ता कायम राख्दा संकटमुक्तिका विभिन्न विकल्पहरू खोज्न सकिन्छ भन्ने राम्रो उदाहरण श्रीलंकाले प्रस्तुत गरेको विश्लेषक एन्ड्रु कोरीब्को बताउँछन् ।
त्यसो त राष्ट्रसंघले चार महिनामा ४ करोड ८० लाख डलर बराबरको सहयोग पनि श्रीलंकालाई उपलब्ध गराउन लागेको जानकारी पनि विक्रमसिंघेले दिएका छन् । अनि श्रीलंका सरकारले आफ्ना केही प्रतिशत कर्मचारीहरूलाई विदेशमा कमाउन पठाएर देशलाई आवश्यक विदेशी मुद्रा पनि भित्र्याउन खोजिरहेको श्रममन्त्री मानुषा नानायक्कराले बताएका छन् ।
करप्रणालीमा पनि सुधार ल्याउनका लागि सरकारले नयाँ योजना सार्वजनिक गरेको छ । अर्थात्, अर्थतन्त्रलाई पुनः लिगमा ल्याउनका लागि सरकारले भरपूर कोशिश गरिरहेको छ ।
तैपनि विक्रमसिंघेले यस साता संसदमा अर्थतन्त्र धराशायी भइसकेको भनी किन निराश कुरा गरेका हुन् ? आफूले चुनौतीपूर्ण जिम्मेवारी पाएकाले यसको छिटो समाधान खोजिहाल्न नसकिने भनी आलोचकहरूलाई जवाफ दिन विक्रमसिंघेले यस्तो बयान दिएका हुन सक्छन् भनी एपीले लेखेको छ ।
अनि यस्तो बयान दिएर ऋणदाताहरूलाई विक्रमसिंघेले श्रीलंका जस्तो रणनीतिक रूपमा महत्त्वपूर्ण मुलुकलाई कोल्याप्स हुन दिनु नहुने सन्देश दिन खोजेको सेन्टर फर ग्लोबल डिभलपमेन्ट नामक थिंकट्यांक संस्थाका अनित मुखर्जीले बताएका छन् ।
तर राजपक्षे परिवारको भ्रष्टाचार र कुव्यवस्थापनका कारण अहिलेको स्थिति आइलागेकोमा जनताको आक्रोश विस्फोट भएपछि उनीहरूका विश्वासपात्र विक्रमसिंघे प्रधानमन्त्री बनेका हुन् । जनताले अहिले विद्यमान राजनीतिक नेतृत्वमा आमूल परिवर्तन ल्याएर नयाँ अनुहारले मुलुक चलाउनुपर्ने माग राखेका छन् ।
यस्तो स्थितिमा विक्रमसिंघे सरकारले विदेशबाट प्राप्त सहयोगको सदुपयोग गर्न नसकेमा श्रीलंकाको मानवीय संकट गहिरिएर दक्षिण सुडानको जस्तो स्थिति आउन सक्छ । ऋणमाथि ऋण थपिँदै जाँदा त्यसको सुव्यवस्थापन अत्यन्तै सुझबुझपूर्ण तरिकाले गर्नुपर्ने हुन्छ नत्र देशको सार्वभौमसत्ता नै जोखिममा पर्छ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...