×

NMB BANK
NIC ASIA

बागलुङका सबै पालिकाले ल्याए बजेट

असार ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङका दसवटै स्थानीय तहले आव २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिपय पालिकाले उद्यमशीलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन् । अधिकांशले पुरानै योजनालाई निरन्तरता दिइएपनि केही नवीन र सिर्जनात्मक कार्यक्रमलाई पनि बजेटमा समावेश गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सबैभन्दा ठूलो बजेट बागलुङ नगरपालिकाको छ । उपप्रमुख राजु खड्काले रु. एक अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँको बजेट शुक्रबार नगरसभामा प्रस्तुत गरेका हुन् । बागलुङले गत आवको भन्दा २५ करोड बढीको बजेट ल्याएको छ। गत आवमा रु. एक अर्ब पाँच करोडको बजेट प्रस्तुत गरिएको थियो ।

Vianet communication
Laxmi Bank

आगामी आवमा चालुतर्फ रु. ८४ करोड ५२ लाख, पूँजीगततर्फ रु४५ करोड ३७ लाख र वित्तिय व्यस्थातर्फ रु. एक करोड २२ लाख विनियोजन गरिएको छ । उद्यमशीलता प्रवद्र्धन र श्रम बैंक स्थापनाका लागि रु. ४१ लाख बजेट छुट्टाइएको छ ।

कृषिलाई रु. ५२ लाख २५ हजार र पशुपालनमा रु. २१ लाख ५० हजार विनियोजन गरिएको छ । सबैभन्दा बढी पूर्वाधारतर्फ रु. १६ करोड ३८ लाख बजेट छुट्टाइएको छ । 

बजेटको ठूलो हिस्सा शिक्षा र स्वास्थ्य क्षेत्रले पनि ओगटेको छ । शिक्षा क्षेत्रका लागि रु. दुई करोड ६७ लाख ७२ हजार र स्वास्थ्यतर्फ रु. दुई करोड ११ लाख ६८ हजार बजेट छ ।

यस्तै गलकोट नगरपालिकाले रु. ६८ करोड ७५ लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ । गलकोटले कृषि, बागबानी र पशुपंक्षी विकासलाई प्राथमिकता दिएको छ । जस्मा रु. दुई करोड ३० लाख ५० बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा रु. सात करोड ६६ लाख, आर्थिक विकासतर्फ रु. दुई करोड ४९ लाख, सामाजिक विकासमा रु. चार करोड ८२ लाख ३९ हजार बजेट छुट्टाइएको नगरउपप्रमुख फमलाल निउरेले जानकारी दिनुभयो । गलकोटले स्थानीय उत्पादनको बजारीकरणदेखि ज्येष्ठ नागरिकलाई चाडपर्व भत्ता दिनेसम्मका कार्यक्रम ल्याएको छ ।

काठेखोला गाउँपालिकाले रु. ५४ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट तथा कार्यक्रम शुक्रबार गाउँसभामा प्रस्तुत गरेको छ । उक्त गाउँपालिकाले सामाजिक विकासतर्फ रु. दुई करोड २६ लाख ५० हजार, आर्थिक विकासमा रु. एक करोड ६८ लाख र पूर्वाधारतर्फ रु. ५७ लाख बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपालनका लागि रु. ७२ लाख छुट्याइएको छ भने शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले उल्लेख गर्नुभयो । 

बरेङ गाउँपालिकाको बजेट रु. ४० करोड ३३ लाख ५६ हजारको छ । उक्त गाउँपालिकाले  पनि कृषि र पशुपालनमा बढी जोड दिएको देखिन्छ । ‘बरेङमा समृद्धि, कृषिमा लगानी’ कार्यक्रमका लागि रु. ६३ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ भने पशुपालनतर्फ रु. ६९ लाख बजेट छ । अभिभावकविहीन बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क पढाउन अलग्गै कोषसमेत स्थपाना गरिएको गाउँपालिकाले जनाएको छ ।

ताराखोला गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजारको बजेट ल्याएको छ । उक्त गाउँपालिकाले पनि कृषि र पशुपंक्षीको उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित बजेट बजेट ल्याएको हो । गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाका अनुसार कृषि विकासतर्फ रु. एक करोड ५६ लाख २५ हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै पशुपंक्षीमा रु. एक करोड १९ लाख ६० हजार बजेट छुट्टाइएको छ । दुग्ध सङ्कलन केन्द्र स्थापना, दुग्धजन्य पदार्थको उत्पादन, भण्डारण, विविधिकरण र बजारीकरणका लागि रु. ८० लाख बजेट छुट्याइएको छ । व्यावसायिक कृषितर्फ किसानलाई आकर्षण गर्न आर्थिक सहायताका साथै कृषि बीमामा अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।

बाँझो जग्गालाई भाडामा लिई खेती गर्ने किसानलाई प्रतिरोपनी वार्षिक रु. दुई हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने भएको छ । कृषि औजार, उपकरण र प्रविधि हस्तान्तराणमा पनि ताराखोलाले जोड दिएको छ । कृषि उपजको सङ्कलन केन्द्र स्थापना र बजारीकरणका लागि रु. ९० लाख बजेट विनियोजन गरिएको छ । 

ताराखोलाले सामाजिक विकासमा रु. दुई करोड ३६ लाख ३२ हजार, पूर्वाधारतर्फ रु. पाँच करोड १२ लाख २० हजार र आर्थिक विकासतर्फ रु. तीन करोड ९२ लाख ५० हजार बजेट विनीयोजन गरेको छ । 

तमानखोला गाउँपालिकाले रु. ३१ करोडको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा केन्द्रित छ । 

ढोरपाटन नगरपालिकाले रु. ५१ करोड ४० लाख र जैमिनी नगरपालिकाले रु. ७० करोड ७३ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ । निसीखोला गाउँपालिकाले रु. ४९ करोड ५२ को बजेट ल्याएको छ । उक्त गाउँपालिकाले  निःशुल्क स्वास्थ्य बीमा, एम्बुलेन्स सेवा सञ्चालनजस्ता स्वास्थ्य सेवाको सुधारका साथै पूर्वाधार, कृषि र पर्यटनमा पनि प्राथमिकता दिइएको छ ।

बडिगाड गाउँपालिकाले रु. ६७ करोड ६७ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ रु. ४४ करोड ४८ लाख र पुँजीगततर्फ रु. २३ करोड १९ लाख बजेट विनियोजन गरिएको हो ।

गाउँपालिकाले खरका छाना हटाउन रु. एक करोड बजेट छुट्टाएको छ । खानेपानी आयोजनाका लागि रु. दुई करोड ८५ लाख ५७ हजार छुट्याएको छ । सडक पूर्वाधार, शिक्षा, कृषि, पर्यटन, फोहोरमैला व्यवस्थापनलगायत क्षेत्र बजेट तथा कार्यक्रममा समेटिएका छन् ।

कानुनद्वारा तोकिएको सयमसीमाभित्र नीति, कार्यक्रम र बजेट ल्याएका स्थानीय तहले गाउँ÷नगरसभामा आवश्यक छलफलपछि असार २५ भित्र बजेट पारित गर्ने भएका छन् ।  रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x