२६ जेठ २०८३, मंगलबार

सात नेपाली स्टार्टअपले पाए २४ करोड रुपैयाँ लगानी

सात नेपाली स्टार्टअपले पाए २४ करोड रुपैयाँ लगानी

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले शनिवार आयोजना गरेको नेपाल स्टार्ट-अप फेस्ट २०२२ मा  सातवटा नेपाली स्टार्टअपले  २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् । 

नेपाली स्टार्ट-अप इको सिस्टम बलियो बनाउन र स्टार्ट-अप्सलाई प्रवर्द्धन गर्नका लागि आयोजना गरिएको  फेस्टमा देशभरबाट तीनसय भन्दा बढी स्टार्ट-अपहरूबाटले सहभागिता जनाएका थिए। फेस्टमा सहभागी हुन मञ्चले स्टार्ट-अपहरूलाई आफ्नो व्यवसायिक परियोजनाका साथ लगानी प्रस्ताब आह्वान गरेको थियो। 

त्यस अनुसार प्राप्त तीनसय प्रस्तावहरूबाट अन्तिम छनौटमा परेका स्टार्ट-अपहरूलाई लगानीकर्ताहरूको समक्ष लगानीको लागि पिचिङ गर्ने मौका पाएका थिए।

जसमध्ये भक्सक्रो (कम्युनिकेशन सोल्युसन प्रदायक)ले अध्ययन्ता भेन्चरबाट १ करोड रुपैयाँ, होम इन्सपेक्सन प्रदायक सर्भिस स्किल सेवाले टीम भेन्चर, टेलि भेन्चर, अध्ययन्ता र ग्लोबल इक्विटी फण्डबाट संयुक्तरुपमा साढे ८ करोड रुपैयाँ लगानी प्राप्त गरेका छन्। 

त्यस्तै डक्टर्स अन कलले पनि २ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेको छ।  उनीहरूले हिमालयन क्यापिटल, टीम भेन्चर, र ग्लोबल इक्विटीबाट संयुक्तरुपमा लगानी प्राप्त गरेका हुन् ।

त्यसै गरि कृषि क्षेत्रमा काम गरिरहेको खेतीले पनि  टीभ भेन्चर र  ग्लोबल इक्वीटीले संयुक्तरुपमा दुई करोड रुपैयाँ लगानी गरेको हो । त्यस्तै भेदाले (स्कूल म्यानेजमेन्ट एप) टीम भेन्चर, हिमालयन क्यापिटल र ग्लोबल इक्वीटीले संयुक्तरुपमा ८.५ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । 

यसैगरी डिजिटल एज नेपाल स्टार्टअप कम्पनीले १ करोड रुपैयाँ लगानी पाएका छन्। उनीहरूले अध्ययन्ता र मिालयन क्यापिटललसँग  सम्झौता गरेका छन् । डार्क म्याटर्स प्रोडक्सन कम्पनीमा ग्लोबल इक्वीटी, टीम भेन्चर र अध्ययताबाट  १.५ करोड रुपैयाँ लगानी पाएका छन् ।

यी स्टार्टअपहरुसँग लगानीकर्ताहरूको लगानीको प्रारम्भिक सम्झौता भएको हो। 

salt training

कमेन्ट गर्नुहोस्