साउन ३१, २०७९
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य...
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले शनिवार आयोजना गरेको नेपाल स्टार्ट-अप फेस्ट २०२२ मा सातवटा नेपाली स्टार्टअपले २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् ।
नेपाली स्टार्ट-अप इको सिस्टम बलियो बनाउन र स्टार्ट-अप्सलाई प्रवर्द्धन गर्नका लागि आयोजना गरिएको फेस्टमा देशभरबाट तीनसय भन्दा बढी स्टार्ट-अपहरूबाटले सहभागिता जनाएका थिए। फेस्टमा सहभागी हुन मञ्चले स्टार्ट-अपहरूलाई आफ्नो व्यवसायिक परियोजनाका साथ लगानी प्रस्ताब आह्वान गरेको थियो।
त्यस अनुसार प्राप्त तीनसय प्रस्तावहरूबाट अन्तिम छनौटमा परेका स्टार्ट-अपहरूलाई लगानीकर्ताहरूको समक्ष लगानीको लागि पिचिङ गर्ने मौका पाएका थिए।
जसमध्ये भक्सक्रो (कम्युनिकेशन सोल्युसन प्रदायक)ले अध्ययन्ता भेन्चरबाट १ करोड रुपैयाँ, होम इन्सपेक्सन प्रदायक सर्भिस स्किल सेवाले टीम भेन्चर, टेलि भेन्चर, अध्ययन्ता र ग्लोबल इक्विटी फण्डबाट संयुक्तरुपमा साढे ८ करोड रुपैयाँ लगानी प्राप्त गरेका छन्।
त्यस्तै डक्टर्स अन कलले पनि २ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेको छ। उनीहरूले हिमालयन क्यापिटल, टीम भेन्चर, र ग्लोबल इक्विटीबाट संयुक्तरुपमा लगानी प्राप्त गरेका हुन् ।
त्यसै गरि कृषि क्षेत्रमा काम गरिरहेको खेतीले पनि टीभ भेन्चर र ग्लोबल इक्वीटीले संयुक्तरुपमा दुई करोड रुपैयाँ लगानी गरेको हो । त्यस्तै भेदाले (स्कूल म्यानेजमेन्ट एप) टीम भेन्चर, हिमालयन क्यापिटल र ग्लोबल इक्वीटीले संयुक्तरुपमा ८.५ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ ।
यसैगरी डिजिटल एज नेपाल स्टार्टअप कम्पनीले १ करोड रुपैयाँ लगानी पाएका छन्। उनीहरूले अध्ययन्ता र मिालयन क्यापिटललसँग सम्झौता गरेका छन् । डार्क म्याटर्स प्रोडक्सन कम्पनीमा ग्लोबल इक्वीटी, टीम भेन्चर र अध्ययताबाट १.५ करोड रुपैयाँ लगानी पाएका छन् ।
यी स्टार्टअपहरुसँग लगानीकर्ताहरूको लगानीको प्रारम्भिक सम्झौता भएको हो।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य...
काठमाडौँ महानगरपालिकाको २ अर्व ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ ९४ पैसा बेरुजु फर्छ्यौट भएको छ । आर्थिक वर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्म ४ बर्षको ४ अर्व ८२ करोड ५७ लाख ९९ हजार रकम बेरुजु कायम थियो ...
उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्...
गत आर्थिक वर्षको साउनदेखि ओरालो लागेको अर्थतन्त्र पुससम्म आइपुग्दा जटिल अवस्था पुगेको थियो । माघ लागेदेखि सामान्य सुधारका संकेत भए पनि आशातित प्रगति भने हुन सकेको थिएन । गत वैशाखमा चुनावी ख...
चालू आर्थिक वर्षमा साउन लागेदेखि निरन्तर घट्दै गएको डलर संचितिमा पछिल्लो समय सुधार भएको देखिएको छ । गत वर्ष २०७७/७८ को असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रुपैयाँ बराबरको विदेशी विनियम गत आव २०७८/...
चितवनको भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । संघसंस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी ब...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...