साउन २५, २०७९
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्त...
काठमाडाैं | असार १२, २०७९
लोकगायिका दिलमाया सुनार मृत्यु प्रकरणमा विवाहेतर सम्बन्ध कारण हुन सक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
सुनार शुक्रवार साँझ तारकेश्वर नगरपालिकाको नेपालटारमा रहेको आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।
प्रहरीले उनको मृत्युमा शंकास्पद भूमिका रहेको आशंकामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई नियन्त्रयणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा लोकगायिका सुनार र खिलबहादुर लिभिङ टुगेदरमा बस्दै आएको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरू विगत १५ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए ।
गायिका सुनारले छिमेकीलाई उनी आफ्नो पति भनेर चिनाएकी थिइन् ।
गायिकाले आत्महत्या गरेको भनिएको सल काठमाडौंको महाराजगञ्जस्थित चप्पल कारखानाको एक खोल्सामा भेटिएको छ ।
उनले बोक्दै आएको मोबाइल फोन भने अझै फेला परेको छैन ।
पोस्टमार्टमका लागि उनको शव टिचिङ अस्पतालमा लगिएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्ने खुल्ने प्रहरीले बताएको छ ।
दोहोरी साँझमा चिनजान
भक्तपुरको गोठाटारमा सुन व्यवसाय गर्दै आएका श्रेष्ठ र गायिका सुनारको भेट ३ महिनाअगाडि काठमाडौंको चुच्चेपाटीमा रहेको दर्पण दाहोरीसाँझ (हाल नाम परिर्वन भएको र नाम नखुलेको)मा भएको प्रहरीले पत्ता लगाएको छ ।
दोहोरीसाँझमा भएको चिनजानपछि माया बसेको भनेर श्रेष्ठले बयान दिएका छन् । पूर्वपतिसँग सम्बन्धविच्छेद भएपछि सुनार काठमाडौंमा एक्लै बस्दै आएकी थिइन् ।
उनका एक छोरा समेत छन् । प्रहरीका अनुसार गायिका सुनारले श्रेष्ठसँग आफ्नो करियर र छोराको भविष्यबारे चिन्ता व्यक्त गर्ने गरेको पाइएको छ ।
खिलबहादुर पनि विवाहित पुरुष हुन् । उनका पत्नी र ४ छोराछोरी रहेको खुलेको छ ।
अघिल्लोपटक विष सेवनबाट पनि बाँचेकी थिइन् गायिका
प्रहरीको प्रारम्भिक अनुसन्धानमा लोकगायिका सुनारले यसअघि पनि विष सेवन गरेर आत्महत्या प्रयास गरेको खुलेको छ ।
नियन्त्रणमा लिइएका खिलबहादुरले त्यतिबेला अस्पताल लगेर बचाएको बयान दिएका छन् । उनका अनुसार शुरूमा सामाखुशीमा रहेको ग्रीनसिटी अस्पतालमा लगिएको थियो ।
पैसाको अभावमा त्यहाँ उपचार गर्न नसकिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट निको भएर फर्केपछि सुनारले नियमित औषधि सेवन गर्दै आएकी थिइन् ।
घटना भएको दिन सँगै बसेका थिए बास
घटना घटेको दिन अर्थात शुक्रवार राति खिलबहादुर र दिलमाया पेय पदार्थ र मासु खाएर सँगै बसेको खुलेको छ ।
खिलबहादुरले एक ग्यालेन लोकल रक्सी र खसीको मासु ल्याएका थिए । मासुसँगै खिलबहादुरले रक्सी र दिलमायाले स्प्राइट खाएको पाइएको छ ।
गायिकाको मृत्यु भएपछि बिहान ४ बजे श्रेष्ठ उनले पासो लगाएर आत्महत्या गरेको भनिएको सल लिएर फरार भएका थिए । प्रहरीले श्रेष्ठलाई शनिवार बिहान नियन्त्रणमा लिएको थियो ।
उनकै बयानका आधारमा सल फेला परेको थियो । मोबाइल कहाँ छ ? भन्ने कुरा उनले नबताएकाले फेला नपरेको प्रहरीले बताएको छ ।
मृतक गायिकाका बुवाले छोरीको हत्या भएको भन्दै किटानी जाहेरी दिएका छन् ।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्त...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता सम्बन्धी ऐन राष्ट्रपतिले नरोक्ने बताएका छन् । पाँच दिनको जापान भ्रमण सकेर बुधवार स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा आयोजित पत्रका...
सप्तकोशी नदी गाउँमा पस्दा विस्थापित बनेकाहरू अझै घर फर्कन सकेका छैनन् । उदयपुरको बेलाका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ मंगलवार राति कोशी बस्तीमा पसेपछि विस्थापित बनेका ३ सयभन्दा बढी घर जान...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ठूलो पहिरो गएको छ । पहिरोका कारण बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ दुवै सडक अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसील...
काठमाडौंको बालाजुस्थित एक कारखानामा आगलागी भएको छ । प्रहरीका अनुसार जुत्ता बनाउने कारखानामा बुधवार मध्याह्न आगलागी भएको हो । आगलागीको सूचना पाएसँगै प्रहरी घटनास्थलमा पुगेको छ । निकै टाढाबाट पनि ध...
छिमेकी देश चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी ( ८०० मिलियन आरएमबी) सहयोग गर्ने घोषणा गरेको हो। परराष्ट्र...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...