×

NMB BANK
NIC ASIA

काभ्रेका स्थानीय तहको बजेट : जिपलाइनदेखि केबुलकारसम्मका योजना

असार १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेका स्थानीय तहले नगर÷गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । अधिकांश तहले कार्यक्रमसहित अनुमानित बजेटसमेत सार्वजनिक गरेका छन् भने केहीले बजेट निर्माणबारे छलफलको चरणमै रहेको जनाएका छन् । 

Muktinath Bank

अधिकांश स्थानीय तहले पुरानै कार्यक्रम स्वास्थ्य, शिक्षा, युवा, महिला तथा बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशीतातर्फसँगै पूर्वाधारअन्तर्गत खानेपानी तथा सरसफाइ, सडक, भवन आवास तथा सहरी, पर्यटन, कृषि, पशु, सहकारी, वन वातावरण तथा विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण तथा रोजगारी तथा उद्यम विकास, सूचना, सञ्चार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राजस्व परिचालन र सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलगायतका विषयमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । केही तहले पूर्वाधार निर्माणमा फड्को मार्ने खालका कार्यक्रम सार्वजनिक गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मण्डनदेउपुर नगरपालिकाले आगामी आवमा पर्यटनतर्फ साहसिक खेलपर्यटन जिपलाइन निर्माण गर्ने जनाएको छ । नगरप्रमुख टोकबहादुर वाइवाद्वारा शुक्रबार प्रस्तुत कार्यक्रममा नगरको उच्च भागमा रहेको पर्यटकीयस्थल नगरकोटलगायत सुलिकोट, बह्मायणी, देवीस्थान, ठूलीचौर र चुरीथुम्कामा क्रमशः जिपलाइन निर्माण गर्ने नीति, कार्यक्रममा उल्लेख गरिएको छ । नगरले आगामी आवका लागि रु एक अर्ब एक करोड ९३ लाख ७२ हजार २३५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी बेथानचोक गाउँपालिकाले भने काभ्रेपलाञ्चोककै उच्चस्थान बेथानचोक नारायणस्थान मन्दिरस्थित डाँडासम्म केबुलकार सञ्चालन गर्ने आफ्नो नीति, कार्यक्रममा उल्लेख गरेको छ । यसका लागि आगामी आर्थिक वर्षको सुरुआतमै सम्भाव्यता अध्ययन गर्ने अध्यक्ष भगवान अधिकारीले बताए । गाउँपालिकाले आगामी आवका लागि रु ५९ करोड ११ लाख ३९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

Vianet communication
Laxmi Bank

चौँरीदेउराली गाउँपालिकाले भने आगामी आवदेखि सशस्त्र जनयुद्ध र जनआन्दोलनका शहीद तथा बेपत्ता पारिएका परिवारलाई मासिक रु तीन हजार नगद दिने भएको छ । शुक्रबार गाउँपालिकाको दशौँ गाउँसभामा अध्यक्ष रेणुका चौलागाईँद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उक्त सहयोग उल्लेख गरिएको छ । पालिकाले यसअघि मासिक रु दुई हजार दिँदै आएको थियो । उसले बजेट निर्माणको चरणमै रहेकाले बुधबार सार्वजनिक गर्ने जनाएको छ । 

यस्तै बनेपा नगरले आफ्नो नीति तथा कार्यक्रममा स्वामित्वको बसपार्कमा नगर विकास कोषसँगको लागत सहभागितामा बहुतले सवारी पार्किङस्थल निर्माण गरी पार्किङ व्यवस्थापन गर्ने जनाएको छ । नगरप्रमुख शान्तिरत्न शाक्यद्वारा प्रस्तुत कार्यक्रममा नगरको आय अभिवृद्धि गर्ने, आन्तरिक आयको दिगो अभिवृद्धिका लागि नगरको स्वामित्वमा रहेका सम्पत्ति बहालमा वा लिजमा दिनेलगायत आन्तरिक आयलाई प्रभावकारी बनाउन उद्योग वाणिज्य सङ्घ, सहकारी संस्था तथा अन्य सरोकारवाला व्यावसायिक क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने नीतिमा उल्लेख गरिएको छ । नगरले आगामी आवका लागि कूल रु एक अर्ब ५५ करोड २४ लाखको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

नमोबुद्ध नगरले बर्सेनि अभाव हुने रासायनिक मलको आपूर्तिलाई सुनिश्चित गर्न आगामी आवमा कृषि सहकारीसँगको समन्वयमा ‘मल बैंक’को स्थापना गर्ने नीति, कार्यक्रममा जनाएको छ । भम्लु गाउँपालिकाले पुराना कार्यक्रमलाई निरन्तरता दिँदै कृषि क्षेत्रलाई प्राथमिकता राखी रासायनिक मलको अभावलाई व्यवस्थापन गर्न प्राङ्गारिक खेती प्रणालीमा जैविक विषादीप्रति आकर्षणको प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

 त्यस्तै गाउँमा नै ‘मिनरल वाटर’को उद्योग सञ्चालन गर्ने, स्थानीय उत्पादनको उद्योग पकेट क्षेत्र निर्धारण गर्ने तथा ब्राण्डिङ गर्ने साथै स्थानीय मदिरालाई ब्राण्डिङ गरेर बजारको पहुँचसम्म पु¥याउनेलगायतको योजना नीति, कार्यक्रममा समावेश गरेको छ । 

काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । छ नगरले नीति, कार्यक्रमसँगै बजेट पनि सार्वजनक गरेका छन् । सात गाउँपालिकामध्ये तीन तेमाल, भुम्लु र चौँरीदेउरालीले बजेट निर्माणबारे छलफल भइरहेको जनाएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x