साउन ३१, २०७९
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोलटोलमा सालिक बनाउने दिन आउने बताएका छन् । १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बामा आयोजित कार्...
विराटनगर | असार १३, २०७९
मोरङको बेलबारी नगरपालिकाले उपमेयरका लागि गाडी खरिद नगर्ने भएको छ ।
असार १० गते शुक्रवार भएको नगर सभाले गाडी खरिद गर्नका लागि बजेट विनियोजन नगरेको हो ।
नगरपालिकाले बजेट ल्याउनु पूर्व तयार पारेको सिलिङ बजेटमा ८० लाख रूपैयाँ सवारीसाधन खरिद गर्ने शीर्षक राखिएको थियो ।
‘विलासी उपमेयरको नयाँ गाडी चढ्ने सोख’ शीर्षकमा असार १ गते लोकान्तरमा समाचार प्रकाशन भएपछि नगरपालिका गाडी किन्ने निर्णयबाट पछि हटेको हो ।
समाचार प्रकाशनपछि चर्काे विरोध भएको थियो । त्यसपछि सोही रकममा केही रकम थप गरेर नगरपालिकाले नगर बस सञ्चालनका लागि बजेट विनियोजन गरेको छ ।
नगर बस खरिद गर्न एक करोड बजेट नगर सभामा पेश भएको नगरपालिकाका लेखा शाखा प्रमुख धना तामाङले बताइन् । उनले अन्य सवारीसाधन खरिद गर्न भनेर बजेट नछुट्याइएको जानकारी दिइन् ।
यस विषयमा बुझ्न खोज्दा उपमेयर नितु थापा कोइरालाले आफू व्यस्त रहेको र केही बुझ्ने भए मेयरसँग बुझ्न भन्दै टारिन् ।
मेयर दिलप्रसाद राई (डीपी)सँग टेलिफोन सम्पर्क हुन सकेन । पटक–पटक सम्पर्क गर्न प्रयास गर्दा पनि उनले फोन उठाएनन् ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ३७ करोड ५२ लाख ८ हजार ४३३ अनुमानित बजेट प्रस्तुत गरेको छ ।
उपमेयर कोइरालाले आफूले चढ्ने गाडी पुरानो भएको भन्दै बजेट छुट्याउन माग गरेकी थिइन् । जेठ २९ गते आइतवार बसेको कार्यपालिका बैठकले गाडी किन्ने प्रस्ताव नगर सभाबाट पास गर्ने निर्णय गरेको थियो ।
तर, निर्णयको चर्काे विरोध भएपछि मेयर राईले निर्णयमा हस्ताक्षर गरेका थिएनन् ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोलटोलमा सालिक बनाउने दिन आउने बताएका छन् । १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बामा आयोजित कार्...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् । सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा...
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । बुधवार एक भिडियो सन्देश जारी गर्दै सभापति लामिछानेले प्रदेश सभाको निर्वाचनमा भाग नलिन निर्वाचन आ...
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन् । उनले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीत...
चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँटको हिसाबकिताब गरिरहेको छ । संसदीय चुनावको रापताप बढ्दै जाँदा गठबन्धनमा रहेका दलहरूले सकेसम्म धेरै सिटमा उम्मेदवारी दिने गर...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ८ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा चुनाव केन्द्रित विषयमा छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ । य...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...