साउन २५, २०७९
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ ।...
हिमालयन बैंक लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकले लम्कीचुहा–२ स्थित जनसेवा माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।
विद्यार्थीहरूलाई वित्तीय सचेतना अभिवृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा सुदूरपश्चिम प्रदेश कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले जानकारी दिए ।
शुक्रबार सम्पन्न कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरूका लागि आयोजना गरिएको थियो । कार्यक्रममा अभिभावकहरु, शिक्षक–शिक्षिकाहरु, विद्यार्थीहरु लगायत करिब १५० जनाको सहभागिता थियो ।
विद्यालयका प्रधानाध्यापक मित्रलाल चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोेज रेग्मी, लम्की शाखाका शाखा प्रबन्धक युवराज थापाले वित्तीय साक्षरताको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा बैंकले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता सामग्रीसहितको अभ्यास पुस्तिका वितरण गरेको थियो ।
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ ।...
प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिका बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रालि त...
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २४ गते) देखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ निष्काशन गरेको ...
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार विशेष साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट...
बिहीवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२६.९४ रुपैयाँ र बिक्री दर १२७.५४ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । यस द...
शेयर बजारको मापक सूचक नेप्से मंगलवार ४३.४५ अंकले घटेको छ । नेप्से एकैदिन २.०६ प्रतिशतले घटेर २०६२.८० अंकमा झरेको छ । बजारमा पहिरो जाने गरी घटेको दिन हिमालयन हाइड्रोपावर लिमिटेडका लगानीकर्ता भने...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...