×

NMB BANK
NIC ASIA

कनकलक्ष्मी सहकारीमा कर्मचारीले गरे ३१ लाख रुपैयाँ हिनामिना

असार १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम कर्मचारीले हिनामिना गरेको खुलेको छ । कर्मचारीले ३१ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ ।

Muktinath Bank

सहकारीको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी विवेक खवासले ३१ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई सञ्चालक समितिले बर्खास्त गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत ५–६ महिनादेखि बचतकर्ताको रकम आफैं नक्कली हस्ताक्षर गरेर ३१ लाख रुपैयाँ हिनामिना गरेको पाइएको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुनराज अधिकारीले बताए । ‘चिनजानका व्यक्तिले रेमिट्यान्सबाट पठाएको पैसा निकालेर खातामा राख्न अह्राउँदा सो पैसा आफैं लग्ने गरेका रहेछन्,’ अधिकारीले भने, ‘सफ्टवेयरको प्रयोगबाट कारोबार हुने गरे पनि उनले सफ्टवेयरको प्रयोग नै नगरी नक्कली कागजात बनाई रकम आफैं लगेका रहेछन् ।’ 


Advertisment
Nabil box
Kumari

बचतकर्ताले आफ्नो बचत लिनका लागि आउँदा बचत रकम आफ्नो खातामा नभएपछि हिनामिनाको घटना बाहिरिएको हो । सहकारीका प्रमुख कार्यकारी अधिकृत नै पुगेको बेला बचतकर्ता आफ्नो बचत झिक्न आएका थिए । बचत गरेको रकम खातामा नभेटिएपछि उनलाई गछिया प्रहरी चौकीमा जिम्मा लगाइएको थियो ।

Vianet communication
Laxmi Bank

प्रहरी चौकीमा पुगेपछि उनले रकम हिनामिना गरेको स्वीकार गरेको अध्यक्ष अधिकारीले बताए । आरोपीले हिनामिना गरेको स्वीकार गरेपछि भदौ १० गतेसम्ममा हिनामिना गरेको रकम तिर्ने सहमति भएको थियो ।

उनले १० लाख रुपैयाँ सहकारीलाई तिरिसकेका प्रमुख कार्यकारी अधिकृत शेखर भट्टराईले बताए । हिनामिना रकम उनले अन्यत्र लगानी गरेको हुनसक्ने सञ्चालक समितिको अनुमान छ ।

७ नम्बर वडाका वडाध्यक्ष भुवनसिंह आले मगर र ३ नम्बर वडाका वडाध्यक्ष विदुर ढुंगानासहित संस्थाका प्रतिनिधि बसेर कर्मचारीले हिनामिना गरेको रकम असूलउपर गर्ने गरी लिखित कागज समेत गरेका छन् । 

शेयर सदस्यहरूले भने एक जना कर्मचारीले मात्रै हिनामिना गर्न आँट नगर्ने बताउँदै नगरपालिकाले नै छानबिन गर्नुपर्ने बताउँदै आएका छन् । 

सञ्चालक समितिका सचिव एमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति समेत बनाइएको छ । समितिको सदस्यमा लेखा समितिका संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोख्रेल छन् । अनियमितताको रकम अझ बढ्नसक्ने अनुमान गरेर छानबिन समिति बनाइएको अधिकारीले बताए । 

रकम हिनामिना गर्ने कर्मचारी गोठगाउँमा रहेको सेवा केन्द्रको काउन्टरमा बस्ने सहायक कर्मचारी हुन् । प्रहरीले जाहेरी नआएकाले थप अनुसन्धान नगरेको जनाएको छ ।

आन्तरिक विषय भएकाले मिलाउने भनेर सञ्चालक समितिले जाहेरी नदिएकाले थप अनुसन्धान नगरेको मोरङ प्रहरीले जनाएको छ ।

संस्थाका ६ वटा सेवा केन्द्र छन् । सहकारीमा ८ हजार शेयर सदस्य छन् । सुन्दरहरैंचामा कार्यक्षेत्र भएका ८ सहकारी संस्था २०७७ असार २९ गते मर्ज भएका थिए । मर्जपछि कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नाममा कारोबार भएको थियो ।

सुन्दरपुर बचत तथा ऋण सहकारी संस्था, गछिया बचत तथा ऋण सहकारी संस्था, गुराँस बचत तथा ऋण सहकारी संस्था, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, न्यु नमूना बचत तथा ऋण सहकारी संस्था, पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था, घरआँगन बचत तथा ऋण सहकारी संस्था र प्रारम्भ बचत तथा ऋण सहकारी संस्था एकआपसमा गाँभिएर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x