×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

काठमाडौंमा हैजा पुष्टि भएकामध्ये ८ जना निको, खानेपानी प्रदूषित हुँदा संक्रमण फैलियो

असार १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती दिएर उपस्थित भएका छौँ–
काठमाडौं उपत्यकामा हैजा पुष्टि भएकामध्ये ८ जना निको भएका छन् । केही दिनयता काठमाडौंका विभिन्न स्थानमा हैजाका बिरामी देखिएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार संक्रमित १२ मध्ये ८ जना निको भएर घर फर्केका हुन् । अन्य चार जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचार भइरहेको छ । 
 गत  असार ५ गते राजधानीको बागबजारमा यसवर्ष पहिलो पटक काठमाडौंमा हैजाको बिरामी पुष्टि भएको थियो । 
००००
उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए । 

Muktinath Bank

महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उनले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताए । उनका अनुसार वागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा  परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उनले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 यस्तै बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । नगरपालिकाले जार, ढुङ्गेधारा, बोरिङको पानी परीक्षण गरेको थियो । यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमूना परीक्षण गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

महाशाखाका निर्देशक डा दासले बल्खु र कोटेश्वरको पानीको सातवटा नमूना लिई परीक्षण भइरहेको जानकारी दिए ।  महाशाखा र काठमाडौँ उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताए । 
००००
यसैगरी काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले सोमबारदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ ।  
नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिन सक्ने बताइएको छ । हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ ।
००००
नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नव नियुक्त मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराएका हुन् । 
नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । त्यसैगरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् ।
राष्ट्रपति  भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा आइतबार हेरफेर गरेकी हुन् । शपथसँगै सबै मन्त्रीले पदभार सम्हालेका छन् ।
००००
राष्ट्रियसभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको बैठकको बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो । विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा एमालेका सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए ।
००००पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

Vianet communication
Laxmi Bank

मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय सङ्क्रमित छन् । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४०९ पुगेको छ । सङ्क्रमितमध्ये सङ्क्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
००००
काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।  
घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसूरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको छ । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।
००००
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने बताएका छन् ।सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताए । उनले नेताहरूले समाजवादको कुरा गरे पनि व्यवहार भने त्यसअनुसार नभएको बताए । उनले पार्टीहरूले सरकारमा मन्त्री पठाएर ४ दिन काम गर्न नपाई सबैलाई पालो र्पुयाउन मन्त्री परिर्वतन गर्नु पार्टी प्रणाली नभएको बताए ।
००००
सोही अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्था बिग्रनुको कारण पूर्ववर्ती केपी ओली सरकार भएको आरोप लगाएका छन् । 
 प्रचण्डले देशको सोधनान्तर घाटाको प्रणेता ओली सरकार र युवराज खतिवडा भएको आरोप लगाएका हुन् । ‘शंकरजी कमसेकम हामीहरूका अगाडि यसरी नबोल्नुस् न, देशको सोधनान्तर घाटाको प्रणेता केपी ओली सरकार र युवराज खतिवडा हो,’ प्रचण्डले भने ।
००००
यसैगरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने एमालेप्रति घृणाको राजनीतिले समाजवाद नआउने टिप्पणी गरे । गठबन्धनको राजनीतिको दृष्टान्त एमालेलाई घेराबन्दीमा पार्न भएको उनले दाबी गरे ।  
००००
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने नेपाली कांग्रेसलाई समाजवादको यात्रातर्फ आउन आग्रह गरे । नेता खनालले नेपाली कांग्रेसलाई वामपन्थीहरूसँग मिलेर समाजवादको यात्रातर्फ आउन आग्रह गरे ।
००००
सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले शुक्रवार सरकारको नाममा अन्तरिम आदेश गरेको हो ।
००००
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयुक्त राज्य अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउन नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णय नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।  रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट संघीय संसद् राष्ट्रिय सभामा जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले एसपीपी अघि नबढाउन सरकारले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिए ।
००००
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दा सोमवार हेर्दाहेर्दैमा राखिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल सहितले दिएको रिटमाथि सर्वोच्च अदालतमा सोमवार सुनुवाइ भएको थियो ।
००००
घुस डील प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको सूचना नेपाल राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बित भएका हुन् ।
००००
शेयर बजारमा आइतवार देखिएको उत्साह एक दिन पनि टिकेन । आइतवार लामो समयपछि ९४.९२ अंकले बढेको शेयर बजार सोमवार भने २३.८५ अंकले घटेको छ । आइतवार एकै दिन २१ कम्पनीमा सकारात्मक सर्किट लागेको र थप ३१ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको भए पनि सोमवार भने शेयर बजार पुनः ओरालो लाग्न थालेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x