×

NMB BANK
NIC ASIA

भैरहवामा यात्रुसँगै विमानको पनि चाप बढ्दो

जजिराले भरिभराउ यात्रु पाएपछि रोजाइमा गौतमबुद्ध विमानस्थल, थप ३ विदेशी कम्पनीले उडान थाल्ने

असार १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सञ्चालनमा आएको छोटो समयमा रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) विदेशी विमान कम्पनी र यात्रुको  रोजाइमा परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

२०७९ जेठ २ गते (बुद्ध पूर्णिमा) देखि विमानस्थलले व्यावसायिक उडान शुरू गरेको हो । सोही दिनदेखि विमानस्थलमा कुवेतको जजिरा एयरले नियमित उडान शुरू गरेको थियो ।
 
अबको २ हप्ताभित्र साउदी अरबको एयर अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबईले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्दैछन् । गौतमबुद्ध विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले आगामी जुलाईदेखि एयर अरेबिया र फ्लाई दुबई भैरहवा विमानस्थलबाट उडान शुरू गर्ने तयारीमा रहेका बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी भदौ १५ पछि हंगेरीको विज एयरले पनि भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । विजले हंगेरीबाट विश्वका विभिन्न ३५ देशका शहरमा उडान गरिरहेको छ । ‘अल्ट्रा लो कस्ट’ वायु सेवाले भैरहवाबाट यूएईको आबुधाबी शहरमा उडान भर्ने तयारी गरेको छ । विज एयरले एयर बसको ३२१ ‘निओ सिरिज’को जहाज सञ्चालनमा ल्याउने योजना बनाएको शाहले बताए ।


Advertisment
Nabil box
Kumari

अहिले जजिराले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजान लगायत कुवेत ‘हब’ बनाएर उडान सञ्चालन गरिरहेका सबै गन्तव्यमा उडान सेवा लिँदै आएको छ । जजिराले हप्तामा ३ दिन सोमवार, बुधवार र शनिवार उडान भर्दै आएको छ ।

Vianet communication
Laxmi Bank

प्रवक्ता शाहले लोकान्तरसँग भने, ‘जजिराले अहिले हप्तामा ३ दिन उडान गर्दै आएको छ । जुलाईबाट हप्तामा सातै दिन उडान गर्दैछ । यसले के देखिन्छ भने गौतमबुद्ध विमानस्थल अब यात्रु र अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूको रोजाइमा पर्न थालिसकेको छ ।’

भैरहवाबाट उडान भर्दा काठमाडौंभन्दा भाडादर पनि सस्तो छ । कुवेतको जजिराले काठमाडौं–कुवेतभन्दा भैरहवा–कुवेत हवाई भाडा प्रतियात्रु ८ हजार रुपैयाँ सस्तो लिने गरेको छ ।
 
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई आकर्षित गर्न विमान ल्याण्डिङ, पार्किङ लगायतका शुल्कमा सरकारले छुट दिएको छ ।

भैरहवा हुँदै जजिरा एयरमार्फत वैदेशिक रोजगारीमा जाने पूर्व मोरङदेखि पश्चिम कञ्चनपुरसम्मका यात्रु भैरहवा आउन थालेका छन् । भैरहवाबाट अहिले ३५० सिट क्षमताको विमानमा २५० भन्दा बढी यात्रु प्रायः गइरहेका छन् । विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले धेरै अन्तर्राष्ट्रिय विमान कम्पनी भैरहवाबाट उडान भर्न आतुर देखिएको बताए । 

‘सञ्चालनमा आएको २ महिना नपुग्दै विश्वका ३५ शहरमा पुग्ने ४–५ वटा विमान कम्पनीहरूको रोजाइमा पर्नु सानो कुरा होइन,’ दाहालले भने, ‘श्रम कार्यालय भैरहवामा सञ्चालनमा आएको छ । विदेश जानेहरूका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृतिका काम भैरहवामा भइरहेको छ । यससँगै श्रम स्वीकृतिका लागि काठमाडौं धाइरहनुपर्ने बाध्यता हटेको छ । यसले नेपालको हवाई पूर्वाधारमा ठूलो फड्को मारेको देखिन्छ ।’

केही दिनअघि निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालयको उद्घाटन गरेका थिए । 

विमानस्थल राति ३ बजेसम्म खुला हुन्छ । आन्तरिक वायु सेवा कम्पनीहरूले भैरहवा–काठमाडौं उडान रातिमा पनि गर्न थालेको छन् । अहिले भैरहवा–काठमाडौं रूटमा राति ११ बजेसम्म उडान हुँदै आएको छ । अहिले भैरहवामा काठमाडौंबाट बुद्ध, यती, सौर्य, श्री, गुण एयरलाइन्सले उडान गर्दै आएका छन् ।

निजी विमान कम्पनीहरूले भैरहवासँग अन्य प्रदेशका शहरलाई जोड्दै गएका छन् । वायु सेवा कम्पनीहरूले विमानस्थलबाट प्रदेशस्तरीय उडानलाई प्राथमिकता दिइरहेका छन् । कम्पनीहरूले लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै पोखरा, विराटनगर र भरतपुरको उडान विस्तार गर्दै गएका छन् । कम्पनीहरू आन्तरिक उडानलाई आक्रामक रूपमा विस्तार गर्न जुटेका छन् ।

विमान कम्पनीहरूले यसअघिसम्म काठमाडौंबाट भैरहवाका लागि मात्रै उडान गर्दै आएका थिए । निजी विमान कम्पनीहरूले आन्तरिक र बाह्य पर्यटकहरूलाई सुरक्षित महसूस गराएर हवाई सेवा दिन लागेको दाबी गरेका छन् । 

सौर्य एयरले भैरहवा–विराटनगर उडान शुरू गरी लुम्बिनीलाई पूर्वी नेपालसँग जोडेको छ । लुम्बिनी र १ नम्बर प्रदेशबीच सिधा हवाई सम्पर्कले दुवै प्रदेशको पर्यटन, उद्योग र व्यापार विस्तारमा सघाउ पुग्नुका साथै भुटान, पूर्वाेत्तर भारत र बंगलादेशसम्म लुम्बिनीको सहज पहुँच स्थापित हुने देखिएको छ । स्थलमार्ग (गाडीबाट) अहिले रुपन्देहीबाट विराटनगर पुग्न १८ घण्टा समय लाग्ने गरेको छ ।

भैरहवा–पोखरा उडान शुरू गरेको बुद्ध एयरले यात्रुको चाप अत्याधिक भएपछि दैनिक ३ उडान गरी आक्रामक बजार विस्तार गरिरहेको छ ।

बुद्धले बागमती प्रदेशको भरतपुरका लागि पनि भैरहवाबाट उडान गरिरहेको छ । विमान कम्पनीहरूले भैरहवाबाट ठूला शहरबीच सिधा उडान नियमित गर्दा लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको रुपन्देहीका पर्यटन व्यवसायी रामप्रसाद गौतमले बताए । विमानस्थल सञ्चालनसँगै भैरहवा क्षेत्रमा ठूलो लगानीमा खुलेका पाँचतारे होटलहरू धमाधम सञ्चालनमा आइरहेका गौतमको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले विक्रम संवत् २०७१ सालमा शिलान्यास गरेको विमानस्थल ८ वर्षमा निर्माण पूरा भएको थियो । एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विमानस्थल निर्माण गरिएको हो । हालसम्म विमानस्थलको भौतिक संरचना निर्माणमा ६ अर्ब ८० करोड, सञ्चार उपकरण जडानमा ५० करोड र जग्गा मुआब्जामा २३ अर्ब गरी करीब ३० अर्ब रुपैयाँ खर्च भएको छ ।

अब विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण गर्न सरकारले ढिलाइ गर्न नहुने पूर्व अर्थमन्त्री तथा रुपन्देहीका प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले बताए । ७२ वर्षपछि मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनी प्रदेशको पर्यटनको विकासमा ठूलो टेवा पुग्ने भन्दै निजी क्षेत्र उत्साहित छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x