२७ जेठ २०८३, बुधबार

सफल परिक्षणपछि क्यासिफिकले नेपालमा ब्रोडब्याण्डको पहुँच विस्तार गर्ने

सफल परिक्षणपछि क्यासिफिकले नेपालमा ब्रोडब्याण्डको पहुँच विस्तार गर्ने

 क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस् समुहले आफ्नो क्यासिफिक १ स्याटलाइटमार्फत नेपालमा का (Ka)ब्याण्ड टर्मिनलको सफल परिक्षण गरेको छ ।

नेपालमा गरिने स्याटलाइट ब्रोडब्याण्ड सेवाको यो पहिलो परिक्षणले 'का' ब्रोडब्याण्ड सेवा पूर्णरुपमा संचालनका लागि बाटो खोलेको क्यासिफिकले जानकारी दिएको छ ।

परिक्षणबाट ८० एमबीपीएस डाउन र १६ एमबीपीएस अप गति हासिल गरेको र ओक्ला स्पीडटेस्टमा आधारित नेपालको लागि हालको औसत फिक्स्ड ब्रोडब्याण्ड डाउनलोड स्पीड २४ एमबीपीएस रहेको छ ।

क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइटसले नेपालमा 'का' ब्याण्डको स्पेक्ट्रस प्रयोग गर्न नेपाल दूर सञ्चार प्राधिकरणले अनुमति दिइसकेको क्यासिफिक ब्रोडब्याण्डले जानकारी दिदै नेपालभर व्यवसाय, समुदाय र सरकारी निकायहरूले क्यासिफिक १ बाट सेवाहरू लिन सक्ने भएको उल्लेख गरेको छ ।

देशको पहाडी भूभागमा तारजडित इन्टरनेट सेवा संचालन र पहुँच पुर्याउन नसकिने अवस्थामा ताररहित प्रविधि प्रयोग गरेर दुर्गम र ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउन क्यासिफिकले पहल गर्ने जनाएको छ ।

क्यासिफिकले छिटै नेपालको हिमाली पहाडी क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा संचालन गर्ने जनाएको छ ।

क्यासिफिकका क्षेत्रीय निर्देशक डिबी गुरुङले पहाडी क्षेत्रका दुर्गम ठाउँहरू, दुर्गम क्षेत्रका सरकारी कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरूमा इन्टरनेटको पहुँचका लागि आफुहरूले प्रयास अगाडी बढाउने बताए । साथै गुरुङले सरकारको प्राथमिकतामा परेको डिजिटल नेपालको अभियानलाई सहयोग गर्दै पहाडी क्षेत्रमा पूर्वाधार निर्माणमा देखिएको चुनौतीलाई सम्बोधन गर्ने बताए । 

क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस समुह नेक्स्ड जेनेरेसन ब्राण्डब्याण्ड स्याटलाइट अपरेटर हो । यसले एशिया प्यासिफिकका २५ देशमा किफायती, उच्च गतिको ब्रोडब्याण्ड पहुँच प्रदान गर्दछ ।

क्यासिफिकले व्यवसाय, सरकार र समुदायहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न नवीनतम बहु-बीम अन्तरिक्ष संचार र ग्राउण्ड टेक्नोलोजी प्रयोग गर्दछ ।

क्यासिफिकको उच्च-थ्रुपुट ka ब्याण्ड उपग्रह, क्यासिफिक-१, प्रशान्त र दक्षिण  पूर्वी एशियामा डेलिभर गर्दछ । ग्रामिण र उपनगरीय क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दै क्यासिफिक सेवाहरूले अधिक इन्टरनेट प्रयोगलाई बढावा दिन्छ ।

क्यासिफिकको हेडक्वाटर सिंगापुरमा रहेको छ भने मुख्य अपरेशन भानुआटूबाट गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्