२६ जेठ २०८३, मंगलबार

ओमसतियाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेपालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ओमसतियाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेपालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

गरेको कामभन्दा २ लाख ६१ हजार ८५५ रूपैयाँ बढी रकम भुक्तानी गरी अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत नेपालसहित इञ्जिनियर लवकुश चाई, सबइञ्जिनियर सन्तोष भुसाल, उपभोक्ता समिति अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

उक्त गाउँपालिकाको वडा नम्बर ४ स्थित मटेरिया गाउँको मुख्य सडकमा पीसीसी गर्ने कार्यमा लागत अनुमान अनुसारको मोटाइमा ढलान नगरी सोभन्दा कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्