
बहुचर्चित बूढीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना सरकारले स्वदेशी लगानीमा बनाउने भएको छ ।
मंगलवारको मन्त्रिपरिषद् बैठकले कम्पनी खडा गरेर उक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको हो ।
सरकारको नीति तथा कार्यक्रममा पनि बूढीगण्डकी जलविद्युत आयोजना नेपाल सरकारकै लगानीमा बनाउने घोषणा गरिएको थियो ।