कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपंक्तिका सिपाही भएका बताएका छन् ।
एकहत्तरौं मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन चितवनले मंगलवार आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरे ।
एमाले चितवनका जनप्रतिनिधि सहभागी कार्यक्रममा उपमहासचिव ज्ञवालीले लोकतन्त्रको जगमा जनतालाई समृद्ध बनाउनुपर्ने बताए । उनले भने, ‘जनतालाई समृद्ध जीवन दिन सक्छौं कि सक्दैनौं, आज हाम्रा सामुको अग्निपरीक्षा यही हो ।’
जनप्रतिनिधिलाई विकास र समृद्धिको संवाहक बन्न उनले आग्रह गरे ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, प्रभा बराल र कपिल पोखरेल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, फाउन्डेसनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम विष्ट लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
यसअघि उपमहासचिव ज्ञवालीले स्व. भण्डारीको शव प्राप्त भएको भरतपुरको गाँजीपुरमा वृक्षरोपण गर्नुका साथै त्यहाँ रहेको उनको सालिकमा माल्यार्पण गरेका थिए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...