×

X
Dabur
Nic Asia
Marvel

फिनल्यान्ड र स्विडनलाई नेटोमा जोडिनका लागि टर्कीले खोलिदियो बाटो

काठमाडाैं | असार १५, २०७९

TVS INSIDE

टर्कीले फिनल्यान्ड र स्विडनलाई नेटोमा जोडिनका लागि तेर्स्याएको अवरोध खोलिदिएको छ ।

IME BANK INNEWS

हिजोदेखि स्पेनको राजधानी मड्रिडमा शुरू भएको नेटो शिखर सम्मेलनका क्रममा ती दुई मुलुक र टर्कीबीच सहमति बनेको फिनल्यान्डका राष्ट्रपति साउली नीनिस्तोले बताएका छन् । नीनिस्तोले मंगलवार टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआन र स्विडनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनसँग बैठक गरेपछि अवरोध फुकेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उक्त बैठकमा तीन मुलुकले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । त्यसका लागि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले समन्वय गरेका थिए । 

फिनल्यान्ड र स्विडनले सबै प्रकारका आतंकवादलाई निन्दा गर्ने तथा टर्कीले आतंकवादी भनेका संगठनहरूलाई समर्थन नदिने सहमति गरेपछि कुरा मिलेको हो । ती दुई देशमा रहेका कुर्दिश समूह पीकेके र वाईपीजी तथा फेटोलाई टर्कीले आतंकवादी समूह मान्ने गरेको छ ।

Vianet communication
Maruti inside

‘टर्कीले चाहेको कुरा पायो,’ एर्दोआनले सम्झौता घोषणा भएपछि बयान जारी गरेर बताए । 

उक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा स्टोल्टनबर्गले मड्रिड शिखर सम्मेलनमा फिनल्यान्ड र स्विडन पर्यवेक्षकको हैसियतमा सहभागी हुने बताए । समझदारीमा आतंकवाद तथा हतियार निर्यातविरुद्ध लड्ने प्रावधान पनि रहेको स्टोल्टनबर्गले जानकारी दिए । 
 

TATA Below
NLIC
साउन २९, २०७९

इजिप्टको कोप्टिक चर्चमा आइतवार भएको आगलागीमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते छन् ।  इम्बाबाको घना बस्तीमा रहेको अबु सेफेन चर्चमा भयंकर आगलागी भएको हो ।  आगलागीको कारण...

साउन ३०, २०७९

पतिले दोस्रो बिहे गरेपछि एक पत्नीले सञ्चारमाध्यममा घटना सार्वजनिक गरेकी छन्, जसमा परिचय गोप्य राखिएको छ । रेडिट पोस्टका अनुसार ती पतिपत्नीले बिहे गरेको २५ वर्ष भइसक्यो, दुवैबाट ३ बच्चा पनि छन् । तर पतिले बाह...

साउन ३०, २०७९

उनी ४८ बच्चाका बुवा हुन् तर उनले बिहे गर्न जीवन–साथी पाएका छैनन् । उनले शुक्रकिट दान गर्ने भएकाले विभिन्न आमाबाट ४८ बच्चा जन्मिएका छन् । कतिपय महिला शुक्रकिट बैंकमा गएर शुक्रकिट लिन चाहँदैनन्, किनकि आम...

साउन २९, २०७९

युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेको पेस्की शहरमा रुसी सेनाको पूर्ण नियन्त्रण कायम रहेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।  त्यस शहरमा रहेका युक्रेनी सैनिकहरू आफ्नो पोजिसन छोडेर भागेका छन् । उनीहरू नीप्रोपे...

साउन ३१, २०७९

चीन सरकारले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुमा यस वर्षको जुलाईको अन्त्यको तुलनामा अगस्टमा उच्च मूल्य वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार सरकारले अनुगमन गरेका ५० प्रमुख...

साउन २८, २०७९

अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।​ लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइत...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x