साउन ३१, २०७९
नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ । कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समे...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् ।
मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्दार रहेको उनले बताए ।
विप्लवको पार्टी छाडेका केन्द्रीय सदस्यहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले एमालेको मूल नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको बाटोमा हिँडाउन सकिने बताएका हुन् ।
‘केपी ओली एमाले नेतृत्वमा हुँदा प्रतिगमन भयो । त्यो नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको यात्रामा डोर्याउन सकिन्छ । तीन वर्षको अनुभव एमालेभित्रका पनि हजारौँ कार्यकर्ता नेतालाई केन्द्रीकृत गरेर आएका छौं,’ प्रचण्डले भने, ‘त्यहाँ बीउ रोपिएको छ, बीउ रोपेर आएका छौं । केही समयपछि त्यो फुल्छ फल्छ ।’
प्रचण्डले पूर्वमाओवादी घटकका सबै दल मिल्दा अहिले पनि देशको ठूलो शक्ति बन्न सकिने भन्दै मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई ठण्डा दिमागले सोच्न आग्रह गरे ।
‘माओवादीहरू मिल्नु त छँदैछ, केही दिनमा संस्थागत एकता हुन्छ । तर पूर्व माओवादीहरू मिलेर मात्र पुग्दैन कम्युनिस्ट एकता गर्नुपर्छ,’ प्रचण्डले भने ।
नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ । कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समे...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ८ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा चुनाव केन्द्रित विषयमा छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ । य...
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नबनाएपछि कांग्रेस नेतृ पार्वता डीसी चौधरीले पार्टी छाड्ने घोषणा गरेकी छन् । देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्य बनाएलगत्तै उनले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्न...
१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न १ नम्बर प्रदेशस्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । १ नम्बर प्रदेशको धार्मिक तथा सां...
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोलटोलमा सालिक बनाउने दिन आउने बताएका छन् । १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बामा आयोजित कार्...
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन् । उनले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीत...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...