२६ जेठ २०८३, मंगलबार

चट्याङ लागेर ४ जनाको मृत्यु

चट्याङ लागेर ४ जनाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

देशका विभिन्न ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । पर्सा, बागलुङ, धादिङ र बाँकेमा एक/एक जनाको मृत्यु भएको हो । 

पर्सा, सखुवा प्रसौनी गाउँपालिका-१ औराहा रेन्ज बस्ने  ३२ वर्षीय हरेन्द्रदास थारुको सोही ठाउँस्थित खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलवार दिउँसो मृत्यु भएको छ ।  

बागलुङ, काठेखोला गाउँपालिका-४ तग्राम फापरखेत बस्ने २८ वर्षीया सुस्मा पुनको आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मंगलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।  चट्याङ लागेर अशक्त भएकी उनको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।  

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-२ बेलगाउँ बस्ने ४२ वर्षीय लिलामान कुमालको आफ्नै गोठमा गाईलाई घाँस हाल्न जाँदा चट्याङ लागेर मंगलवार राति घटनास्थलमै मृत्यु भएको छ । 

बाँके, राप्तीसोनारी गाउँपालिका-३ नारायणपुर बस्ने सुनिता थारुको छोरा ७ वर्षीय अभिषेक थारुको चट्याङ लागेर मंगलवार साँझ मृत्यु भएको छ । 

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ परी घाइते भएका उनको नेपालगञ्ज नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्