×

X
Nic Asia
Dabur
Marvel

विवादै–विवादले पछ्याएको विमला वलीको राजनीतिक यात्रा : मन्त्री बन्दादेखि राजीनामासम्म

बुटवल | असार १५, २०७९

TVS INSIDE

सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवार प्रदेश सभामा जानकारी गराएका छन् ।

IME BANK INNEWS

वलीले नैतिकता र मर्यादाभन्दा बाहिर पुगेर उत्पात मच्चाएकी थिइन् । आफूलाई प्रेममा धोका दिएको भन्दै दाङको तुलसीपुरका वाइसीएल कार्यकर्ता एकराज बस्नेतलाई खोज्दै घरमा गएकी वलीले उनकी पत्नी मीना भण्डारी र ३ वर्षकी छोरीलाई कुटपिट गरेकी थिइन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गुण्डगर्दी व्यवहार देखाएकी उनलाई सर्वसाधारणले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए पनि मुख्यमन्त्री केसीको दबाबले रातारात बुटवल ल्याएर बिरामी भएको भन्दै अस्पतालमा भर्ना गरिएको थियो । राज्यमन्त्रीको उदण्ड व्यवहारको चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री केसीको दबाबमै वलीले राजीनामा दिएको बुझिएको छ तर मुख्यमन्त्री केसीले घटनाको सहजताका लागि पदबाट राजीनामा दिएको सदनलाई जानकारी गराए ।

वाइसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा जेठ ३१ गते बिहानै लु१झ ५३७ नम्बरको गाडीमा निजी सुरक्षाकर्मी (पीएसओ) सहित पुगेर उनकी पत्नी मीना भण्डारी र छोरीलाई वलीले कुटपिट गरेकी थिइन् ।


Advertisment
mahindra Box
Saurya island

कुटपिटपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तत्कालीन नेकपाबाट निर्वाचित उनले पार्टी विभाजन भएपछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन् । महिला राज्यमन्त्रीले महिला र बालिकालाई नै कुटपिट गरेपछि राजीनामा दिनुपर्ने अवस्था आएको यो पहिलो घटना हो ।

त्यसो त विमला पटक–पटक विवादमा तानिएकी पात्र हुन् । एमाले सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचनबाट प्रदेश सभामा प्रवेश गरेपछि उनी धेरै पटक विवादमा फसिककेकी छन् । 

Vianet communication
Maruti inside

कतिपय विवादमा सम्बन्धित क्षेत्रका मानिसको चासो मात्र रह्यो, धेरै विवाद सबैको जानकारीमा छन् ।

तत्कालीन नेकपाबाट दाङ क्षेत्र नम्बर ३(२) बाट वली निर्वाचित भएकी हुन् । नेकपा विभाजन भएर शंकर पोखरेल नेतृत्वको सरकार अप्ठ्यारोमा पर्न थालेपछि उनी नेकपा माओवादी प्रवेश गरेकी थिइन् । गत वर्ष साउन दोस्रो हप्ता जोडघटाउ गर्दा उनको मत निर्णायक थियो । त्यसैबेला तत्कालीन मुख्यमन्त्री पोखरेलले आफूलाई बन्धक बनाएको दाबी गर्दै प्रदेश सभामै पत्रकार सम्मेलन गरेकी थिइन् उनले । माओवादी प्रवेश नगर्दै नेकपा एमालेले उनलाई माओवादीले अपहरण गरेर सम्पर्कविहीन बनाएको समेत बताएको थियो ।

माओवादी रोजेपछि वलीले सूर्य चिह्नबाट चुनाव जितेको भन्दै उनलाई पदमुक्त गर्न नेकपा एमालेले प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई पत्राचार गरेको थियो । सभामुखले उनलाई पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

राज्यमन्त्री बनेपछि उनी बिरलै भेटिन्थिन् । १७ सदस्यीय लुम्बिनीको जम्बो क्याबिनेटमा उनी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री हुन् । उनले लुम्बिनी प्रदेशमा विवादित सांसदको परिचय बनाएकी छन् । चर्चामा आइरहने विमला सार्वजनिक रूपमा कहीँकतै कहिल्यै बोलिनन्, मिडियासँग उनी सधैं टाढा रहिन् ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सुदर्शन बरालले विमला वलीले राज्यमन्त्री पदबाट राजीनामा दिएको बताए । ‘राज्यमन्त्री पदबाट उहाँले राजीनामा दिनुभएको छ,’ उनले भने, ‘उहाँ संलग्न घटनाको छानबिन गर्न गठिन समितिले छिट्टै मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाउला ।’ 

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल असार १ गते बनाइएको छ । समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी छन् । कार्यदलका सदस्य सुवेदीले समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको बताए । उनले १–२ दिनै प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने बताए । 

सुवेदीले छानबिनको सहजताका लागि वलीले राजीनामा दिएको कुरा आफूले पनि जानकारी पाएको बताए । वलीले एकराजसँग आर्थिक लेनदेनको हिसाब रहेको र लामो समयदेखि सम्पर्कविहीन भएर बसेकाले घरमै भेट्ने उद्देश्यले गएका बेला आफूलाई षड्यन्त्र गरेर फसाउने प्रयास गरिएको बताउँदै आएकी छन् । 

TATA Below
NLIC
साउन ३१, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् । सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा...

साउन ३१, २०७९

 नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।  कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समे...

साउन ३१, २०७९

गत स्थानीय चुनावको खर्च विवरण पेश नगर्ने देशभरका १ लाख २३ हजार ७८३ उम्मेदवारलाई कारवाही गर्न निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाएको छ । निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन प...

भदौ १, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ८ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा चुनाव केन्द्रित विषयमा छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ । य...

साउन ३१, २०७९

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नबनाएपछि कांग्रेस नेतृ पार्वता डीसी चौधरीले पार्टी छाड्ने घोषणा गरेकी छन् । देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्य बनाएलगत्तै उनले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्न...

भदौ १, २०७९

रवि  लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ ।  बुधवार एक भिडियो सन्देश जारी गर्दै सभापति लामिछानेले प्रदेश सभाको निर्वाचनमा भाग नलिन निर्वाचन आ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x