साउन ३०, २०७९
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । करीब ३ घण्टादेखि जारी बैठकमा गठबन्धनमा रहेका दलहरूले आफ्ना पार्टीक...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रविन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताएकी छन् ।
बुधवार ललितपुरमा आयोजित नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा उनले सबै राजनीतिक दलका नेताले व्यक्तिगत आग्रह आकांक्षाभन्दा माथि उठ्ने हो भने समाजवाद सम्भव रहेको बताइन् ।
‘कसैको इच्छाले भएन भने पनि वस्तुगत परिस्थितिले सबैलाई समाजवादमा पुर्याउँछ,’ उनले भनिन्, ‘सबैको सचेत प्रयत्नद्वारा एकीकृत कम्युनिस्ट आन्दोलन, समाजवादको आधार निर्माण र समाजवादको कार्यान्वयन गर्दै साम्यवादसम्म पुग्नुपर्छ ।’
देशको मौलिकता र विशिष्टतामा समाजवादी आन्दोलनलाई अगाडि बढाउन दलहरू सफल भएको स्मरण गर्दै मन्त्री भुसालले वामपन्थी कम्युनिस्ट मात्र होइन लोकतान्त्रिक शक्तिलाई पनि साथ र सहयोगमा लिएर संघीय लोकतन्त्रिक गणतन्त्रसम्म आइपुगिएको बताइन् ।
‘हामीले अबको यात्रा समाजवादको भनेका छौं, त्यो कुनै देशको यान्त्रिक नक्कल हुने छैन, त्यो रुस, चीन, क्युवा र उत्तर कोरिया जस्तो हुने छैन । हाम्रै देशको मौलिक ढंगबाट समाजवादमा पुग्नेछौं,’ उनले भनिन् ।
आर्थिक र सामाजिक विकास, सामाजिक न्यायमा आधारित वितरण प्रणाली र समाजवादको आधार तयार पारेर देशलाई समाजवादमा लैजाने लक्ष्य लिइएको उनको भनाइ छ । सत्तामा रहे वा सत्ता बाहिर रहे पनि नेपाली समाजलाई समाजवादी बाटोमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले वामपन्थी कम्युनिस्ट एउटै पार्टीमा हुनुपर्छ भनी जनताको अभिमत पनि सोही ढंगले प्रकट भएको बताइन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । करीब ३ घण्टादेखि जारी बैठकमा गठबन्धनमा रहेका दलहरूले आफ्ना पार्टीक...
प्रतिनिधि सभाबाट पारित भइसकेको नागरिक सम्बन्धी विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसदमै फिर्ता पठाएपछि विरोध भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताहरूले जनकपुरको जनक ...
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी संघ र प्रदेशको निर्वाचनबाट फेरि एमाले सरकारमा आउने दाबी गरेका छन् । एमालेले जनप्रिय कामहरू गरेकाले फेरि सरकारमा आउने उनले दाबी गरे । प्रेस चौतारी नेपाल ...
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेलबारे निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको छ । सोमवार काठमाडौंमा बसेको राप्रपाको कार्यसम्पादन समितिको ...
डा.चन्द्रप्रकाश (सिके) राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको छ । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा जनम...
सरकारले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविध...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...