×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा चुनावको पूर्व तयारी

प्रचण्डको गृह जिल्लामा रामचन्द्र पौडेलको चर्चा, एमालेले कसलाई उतार्ला मैदानमा ?

असार १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो दशक चुनावी चर्चाको केन्द्रमा रहँदै आएको चितवनमा यसपटक नयाँ ‘हेभीवेट’ उम्मेदवार भित्रिने हल्लाले भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ ।

Muktinath Bank

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला समेत रहेको चितवनमा यसपटक कांग्रेसबाट ‘हेभीवेट’ उम्मेदवार भित्रिने चर्चा चुलिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवनबाट चुनाव लड्ने भनेर चर्चामा रहेका नेता हुन्, रामचन्द्र पौडेल । 


Advertisment
Nabil box
Kumari

अघिल्लोपटक तनहुँ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तत्कालीन एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पराजित भएका पौडेल चितवन जान सक्ने चर्चा भरतपुर र जिल्लाको उत्तरपूर्वी बेल्टमा जोडतोडले चल्न थालेको छ ।

Vianet communication
Laxmi Bank

हल्ला चितवनमा मात्र हैन, तनहुँसम्म पनि पुगिसकेको छ । तर, रामचन्द्र पौडेलसँग एकदमै निकट स्रोत भने पौडेलले तनहुँ– १ छाड्ने कुनै सम्भावना नरहेको जिकिर गर्छ ।

त्यसो त २०७० को संविधान सभा निर्वाचनमा बाँकेबाट जित्नेमा ढुक्क हुन नसकेपछि कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला सुरक्षित क्षेत्र खोज्दै चितवन आएका थिए ।

कोइराला तत्कालीन चितवन– ४ बाट उम्मेदवार बनेर विजयी समेत बने ।

बाँकेमा पनि चुनाव जितेपछि उनले चितवन छाडेका थिए । उपनिर्वाचनमा पनि उक्त क्षेत्रमा कांग्रेसले नै जितेको थियो । निर्वाचन क्षेत्र पुनर्संरचनापछि उक्त भूगोल अहिले चितवन क्षेत्र नम्बर ३ मा पर्छ । 

यो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्दै आएको क्षेत्र हो । कांग्रेस वा एमाले जोसँग गठबन्धन भएपनि प्रचण्डले यो क्षेत्र छाड्ने सम्भावना छैन ।

त्यसो भए, पौडेलले कुन क्षेत्रबाट चुनाव लड्ने सम्भावना छ त ? त्यसबारे चर्चा गर्नुअघि तीनवटै क्षेत्रलाई विस्तृत रूपमा नियालौं ।

चितवन १ मा एमालेबाट पाण्डे वा थपलिया, कांग्रेसमा खनियाँदेखि वाग्लेसम्मको चर्चा

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनाव जित्दै आएको चितवन क्षेत्र नम्बर १ मा यसपटक पनि पाण्डे नै उम्मेदवारका रूपमा दोहोरिन चाहन्छन् ।

टिकट हात पार्नका लागि उनले पार्टीभित्रैबाट जेएन थपलियाको चुनौती सामना गर्नुपर्नेछ ।

जिल्लाका पुराना नेता थपलियालाई उम्मेदवार बनाउनुपर्ने आवाज अघिल्लोपटक नै पार्टी पंक्तिबाट उठेको थियो ।

थपलिया लामो समयदेखि त्यही क्षेत्रलाई आधार बनाएर राजनीति गरेका नेता हुन् । पाण्डे भने २०६४ सालदेखि चितवनबाट चुनाव लड्न थालेका हुन् ।

अघिल्लो चुनावमा पाण्डे ५१ हजार ०८० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए ।

सुरेन्द्र पाण्डे

कांग्रेसबाट भने यसपटक बुर्लाकोटीलाई नयाँ उम्मेदवारले प्रतिस्थापन गर्ने चर्चा छ । चितवन– १ मा कांग्रेसबाट चुनाव लड्ने चर्चा रहेका पहिलो व्यक्ति हुन्, तीर्थ खनियाँ ।

त्रिविका पूर्व उपकुलपति खनियाँ चितवनबाट उम्मेदवार बनेर राजनीतिमा होमिने तयारीमा छन् । सोही क्षेत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेको पनि चर्चा छ ।

‘चितवन– १ मा तीर्थ खनियाँको चर्चा छ,’ कांग्रेस स्रोतले लोकान्तरसँग भन्यो, ‘स्वर्णिम वाग्ले र यसअघिका उम्मेदवार राजेन्द्र बुर्लाकोटी पनि सम्भावित नाम हुन् ।’

अघिल्लोपटक चितवन– २ बाट उम्मेदवार बनेका शेषनाथ अधिकारीको गृहक्षेत्र पनि यही हो । 

चितवन– १ मा रत्ननगर, खैरहनी र राप्ती नगरपालिका पर्छन् । 

यही वैशाखमा भएको स्थानीय निर्वाचनमा रत्ननगर र खैरहनीमा कांग्रेस तथा राप्तीमा एकीकृत समाजवादीले चुनाव जितेका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावमा होमिएका थिए ।

यो क्षेत्रमा एकीकृत समाजवादीले पनि दाबी गर्ने सम्भावना छ । तर, गठबन्धन हुँदा एकीकृत समाजवादीले चितवनबाट संघमा भाग पाउने सम्भावना न्युन छ ।

माओवादीले भने संघमा क्षेत्र नम्बर ३ बाहेक अन्यत्र दाबी गर्ने सम्भावना छैन ।

चितवन २ मा रामचन्द्र पौडेलदेखि उमेश श्रेष्ठसम्मको चर्चा

चितवन क्षेत्र नम्बर २ बाट २०७४ मा वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल विजयी भएका थिए । पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए ।

चितवन २ मा भरतपुर महानगरपालिकाका १० वटा वडा (१, २, ३, ४, ५, ७, १०, ११, १२ र २९), कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् । गएको स्थानीय निर्वाचनमा कालिका र इच्छाकामनामा एमाले विजयी भएको थियो भने भरतपुरका १, २, ४, ५, १० र २९ मा कांग्रेस, ३, ११ र १२ मा एमाले तथा ७ नम्बर वडामा एकीकृत समाजवादी विजयी भएका थिए । स्थानीय निर्वाचनमा वडा तहमा पनि गठबन्धन भएको थियो ।

यही क्षेत्रबाट नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने चर्चा चलेको हो । तनहुँबाट चितवन झरेका रामचन्द्रका दाजुभाइ तथा आफन्तहरू पनि यही क्षेत्रमा छन् ।

‘यसपटक रामचन्द्र पौडेल चितवन– २ बाट उम्मेदवार बन्ने चर्चा हामीले सुनेका छौं,’ लोकान्तरको सम्पर्कमा आएका चितवनका फरक–फरक दुई स्रोतले लोकान्तरसँग भने ।

गोविन्दराज जोशी फ्याक्टर, तनहुँ– १ बाटै चुनाव लड्ने केन्द्रीय सदस्य शंकर भण्डारीको जोडबल आदि कारणले पनि पौडेलले विकल्प रोज्नुपर्ने बाध्यता आएको तनहुँका एक कांग्रेस कार्यकर्ताले स्वीकारे ।  

‘रामचन्द्र दाइलाई तनहुँको विषय एकदमै चुनौतीपूर्ण बनेको छ । ०७० मा शंकर भण्डारीले चुनाव जितेको भूगोल अहिले तनहुँ– १ मा पर्छ । अघिल्लोपटक क्षेत्र नम्बर २ बाट लडे पनि यसपटक भण्डारीले क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्न लबिङ गरिरहनुभएको छ,’ ती कार्यकर्ताले भने, ‘सोही कारण रामचन्द्र दाइ चितवन जान सक्ने कुरा गाइँगुइँ सुनिन्छ ।’

रामचन्द्र पौडेल

त्यसो त अघिल्लोपटक एमालेबाट चुनाव जितेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ अहिले एकीकृत समाजवादीमा छन् ।

एकीकृत समाजवादीसँग गठबन्धन हुँदा उसले आफूले जितेको क्षेत्र भनेर तनहुँ– १ दाबी गर्ने सम्भावना पनि प्रबल छ ।

अघिल्लोपटक श्रेष्ठले ३४ हजार ४९२ मत ल्याएर चुनाव जित्दा पौडेलले २७ हजार ६९० मत पाएका थिए । तनहुँ २ मा वाम गठबन्धनका एमाले उम्मेदवार केदार सिग्देल ३२ हजार ९२४ मत ल्याएर विजयी हुँदा कांग्रेसका शंकर भण्डारीले २९ हजार ६४५ मत ल्याएका थिए ।

यदि शंकर भण्डारी तनहुँ– १ मा गएको खण्डमा प्रदीप पौडेल २ बाट उम्मेदवार बन्न सक्ने चर्चा छ । प्रदीप अघिल्लोपटक प्रदेश सभा सदस्यमा माओवादीकी आशा कोइरालासँग १ मतले पराजित भएका थिए । उनी कांग्रेस महामन्त्रीको समेत उम्मेदवार बनेपछि अहिले चर्चामा छन् ।

यी सबै कारणले पौडेल चितवन जाने चर्चा दुवै जिल्लामा चलेको हो ।

तर, रामचन्द्र पौडेल निकट स्रोत भने पौडेल तनहुँ– १ बाटै चुनाव लड्ने दाबी गर्छ । 

‘चितवन त के उहाँ तनहुँ– २ मा पनि जानुहुन्न,’ पौडेल निकट स्रोतले भन्यो, ‘उहाँले तनहुँ– १ बाटै चुनाव लड्ने गरी तयारी अगाडि बढाइसक्नुभएको छ ।’

तनहुँको प्रसंग यहीँ छाडौं । चितवन २ मा पौडेलका अलावा कांग्रेसबाट प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको पनि चर्चा छ ।

स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णय कार्यान्वयन गराउन र मेयर उम्मेदवार रेनु दाहाललाई जिताउन श्रेष्ठ निकै खटेका थिए ।

यो क्षेत्रमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल र पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ पनि आकांक्षी छन् । बाहिरबाट हेभीवेट उम्मेदवार नभित्रिएको खण्डमा यी दुईमध्ये एक जना उम्मेदवार बन्न सक्ने कांग्रेस स्रोतले बतायो ।

कांग्रेस चितवनका अर्का नेता एवं बाग्मती प्रदेश कार्य सम्पादन समिति सदस्य कैलाश कोइरालाले पनि आफूले चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने गरी तयारी अगाडि बढाएको बताए । ‘चितवन २ बाट संघको एमपीमा मेरो पनि दाबी हो । उम्मेदवारी दिने गरी तयारी अगाडि बढाएको छु,’ कोइरालाले लोकान्तरसँग भने ।

हेभीवेट उम्मेदवार भित्रिएको खण्डमा यी नेताहरूलाई प्रदेशसभातर्फ व्यवस्थापन गर्ने सम्भावना छ ।

एमालेबाट भने चितवन– २ मा कृष्णभक्त पोखरेल र देवी ज्ञवालीमध्ये एक उम्मेदवार बन्ने सम्भावना छ ।

पोखरेल बहालवाला सा‌ंसद हुन् । ज्ञवाली भने पार्टीको पोलिटब्युरो सदस्य छन् । ज्ञवाली स्थानीय तहको अघिल्लो निर्वाचन (२०७४)मा भरतपुर महानगरपालिकाको मेयरमा झिनो मतले पराजित भएका थिए ।

चितवन क्षेत्र नम्बर ३ मा प्रचण्ड पक्का जस्तै, एमालेबाट न्यौपानेको सम्भावना

चितवन क्षेत्र नम्बर ३ मा अघिल्लोपटक वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।

प्रचण्डले ४८ हजार २ सय ६९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९४२ मत पाएका थिए । पाण्डेलाई कांग्रेसले पनि समर्थन गरेको थियो ।

यसपटक पनि चितवन– ३ बाट प्रचण्ड उम्मेदवार बन्ने पक्कापक्की छ । कांग्रेस नेताहरू समेत गठबन्धन कायम रहेमा चितवन ३ बाट प्रचण्ड नै उम्मेदवार बन्ने सम्भावना देख्छन् ।

क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्छ ।

भरतपुरमा कांग्रेससँगको गठबन्धनमा माओवादीकी रेनु दाहाल विजयी भएकी थिइन् भने माडी यसपटक एमालेले जितेको छ । माडीमा एमाले र राप्रपाबीच गठबन्धन थियो ।

प्रचण्ड

क्षेत्र नम्बर ३ मा पर्ने भरतपुरका अधिकांश वडामा कांग्रेस विजयी भएको छ । सत्ता गठबन्धनले भरतपुरमा वडासम्म नै तालमेल गरेका थिए । मेयर माओवादीको भागमा परेकाले अधिकांश वडाध्यक्ष कांग्रेसले पाएको थियो ।

भरतपुरमा रेनुले प्रभावशाली जीत दर्ता गरेपछि प्रचण्ड चितवन– ३ लाई लिएर ढुक्क रहेको माओवादीका स्थानीय नेता/कार्यकर्ता बताउँछन् ।

यदि माओवादी र कांग्रेसबीच गठबन्धन नहुने अवस्थामा भने चितवन ३ मा कांग्रेसबाट केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइरालामध्ये एक उम्मेदवार बन्न सक्छन् ।

क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश सभा क्षेत्रमा सूर्यकान्त घिमिरेको नाम पनि चर्चामा छ । घिमिरे कृषि तथा वन विश्वविद्यालय रामपुरका प्रोफेसर तथा रजिस्ट्रार समेत भइसकेका व्यक्ति हुन् । 

एमालेबाट भने यसपटक चितवन– ३ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने वा प्रदेश सभा सदस्य कृष्ण भुर्तेलमध्ये एकजना उम्मेदवार बन्ने सम्भावना छ ।

जिल्ला अध्यक्ष भएको नाताले न्यौपाने पहिलो दाबेदार हुन् । केन्द्रमा समेत न्यौपानेको सहज पहुँच छ । न्यौपानेले यसअघि पार्टीको भरतपुर महानगर कमिटी अध्यक्षको रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

पार्टी अध्यक्ष ओलीसँग एमाले चितवनका अध्यक्ष न्यौपाने

भुर्तेल भने बाग्मती प्रदेश सभाका बहालवाला सदस्य हुन् । चितवन ३ (१) मा अघिल्लोपटक उनी कांग्रेसका दिनेश कोइरालालाई पराजित गर्दै विजयी बनेका थिए ।

भुर्तेलले २४ हजार ७ सय ८५ मत पाउँदा कोइरालाले २३ हजार ४५ मत पाए ।

राप्रपाबाट विक्रम पाण्डे नै उम्मेदवार बन्ने सम्भावना छ । एमाले र राप्रपाबीच गठबन्धन हुनसक्ने चर्चा चले पनि एमालेका जिल्ला नेताहरू त्यस्तो सम्भावनालाई नकार्छन् ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आगामी चुनावमा सूर्य चिह्नभन्दा बाहिर मत हाल्ने गरी तालमेलको सम्भावना नरहेको बताए ।

जनताले सूर्य चिह्नमा नै मतदान गर्न पाउने उनको भनाइ छ । कुन क्षेत्रबाट को उम्मेदवार बन्ने भन्ने विषयमा भने औपचारिक छलफल हुनै बाँकी रहेको न्यौपानेले बताए ।

गठबन्धनको मोडालिटी कसरी अगाडि बढ्छ, छलफल गर्दैछौं– राजेश्वर खनाल

नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले चुनावमा गठबन्धनको मोडालिटी कस्तो हुन्छ, त्यस आधारमा निर्णय हुने बताए ।

‘गठबन्धनको मोडालिटी कसरी बन्छ भन्ने विषयमा छलफल गर्दैछौं । जिसस चुनावमा एकीकृत समाजवादीको भूमिका सकारात्मक रहेन, त्यसकारण एकीकृत समाजवादीलाई गठबन्धनमा सामेल गर्ने कि नगर्ने भन्ने विषयमा पनि छलफल हुन्छ,’ खनालले भने, ‘आजसम्मको स्थिति हेर्ने हो भने चितवनमा कांग्रेस र माओवादीबीच चाहिँ तालमेल हुन्छ ।’

जिसस चुनावमा एकीकृत समाजवादीले धोका दिन खोज्दा आफूले शेरबहादुर देउवा, प्रचण्डदेखि माधव नेपालसम्मलाई गुहार्नुपरेको दुखेसो उनले पोखे ।

राजेश्वर खनाल

चितवन– २ बाट रामचन्द्र पौडेलले चुनाव लड्ने सम्भावनाका विषयमा समेत उनले प्रतिक्रिया दिएका छन् ।

‘रामचन्द्र दाइलाई मैले तपाईं चितवन आउन खोज्नुभएको हो भनेर सोधें, उहाँले हैन भन्नुभयो,’ खनालले लोकान्तरसँग भने ।

पौडेल चितवन आउन चाहेमा आफूहरूले स्वागत नै गर्ने उनको भनाइ छ ।

यता नेकपा (माओवादी केन्द्र) चितवनका संयोजक आरसी अधिकारीले उम्मेदवारका विषयमा औपचारिक छलफल नभएको बताए ।

आरसी अधिकारी

‘यस विषयमा अहिलेसम्म औपचारिक छलफल शुरू भएको छैन,’ अधिकारीले भने ।

कांग्रेस र माओवादी दुवै पार्टीका नेताहरू चितवन– ३ बाट प्रचण्ड नै उम्मेदवार बन्ने पक्कापक्की रहेको स्वीकार्छन् ।

संघमा बाँकी दुईवटा क्षेत्र र प्रदेश सभाका ६ क्षेत्रमा भने को उम्मेदवार हुन्छ, अन्तिम टुंगो लाग्न बाँकी छ ।


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x