कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा बिहीवार आयोजित एक समारोहमा उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को असार १३ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय (सचिवस्तरको) असार १४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा इन्जिनियरिङतर्फका २ जना गरी ३९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरू सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका थिए ।
समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले पदोन्नति भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए । उनले दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक भई सकारात्मक सोच र इमान्दारिताका साथ निर्वाहमा लाग्न निर्देशन दिए ।
उनले संगठन सशस्त्र प्रहरी कर्मचारीहरूको सरुवा बढुवा तथा वृत्तिविकास समय सापेक्ष र वैज्ञानिक ढंगले न्यायोचित हुने गरी पद्धति विकास गर्दै कार्यान्वयनमा लागेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूले आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्दै आफू मातहतका कर्मचारीहरूलाई प्रशिक्षित गर्दै विपद् उद्धारलगायत राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा अझ बढी इमान्दार, वफादार र कटिबद्ध रहँदै परिचालित भई उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका साथै सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...